Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

‘खाद्यान्नमा परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्छ’

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले खाद्यान्नमा रहेको परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा सांसद राजेन्द्र बजगाइँले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरूले यस्तोमा जोड दिएका हुन् ।

बजगाइँले ‘नेपालका ग्रामीण क्षेत्रमा बाँदर र जङ्गली सुँगुर (बँदेल) को आतङ्कबाट खेतीबाली नष्ट भई किसानको सुरक्षामा खतरा पैदा भएकाले समस्याको दीर्घकालीन समाधान गर्दै कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएको’ भन्दै सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद डा अमरेशकुमार सिंहले तराई क्षेत्रमा नील गाईले पनि बाली नष्ट गर्नुका साथै मानवीय क्षतिसमेत गरिरहेको भन्दै ध्यानाकर्षण गराए । सांसद बिराजभक्त श्रेष्ठले बाँदर, बँदेलको आहारा नभएर बस्तीमा पस्ने र बाली क्षति गर्ने गरेको बताउँदै मान्छेलाई केन्द्रमा राखेर समस्या समाधान गरिनुपर्ने बताए । उनले ११ जना पशु चिकित्सकले भारतमा बाँदर, बँदेल व्यवस्थापनसम्बन्धी तालिम लिएर आएको विषयमा पनि धारणा राखे ।

सांसद गणेशप्रसाद पराजुलीले वन र कृषि दुवै मन्त्रालयसँग यो प्रस्ताव सम्बन्धित रहेकाले समस्या समाधान गर्न विज्ञसँग समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । सांसद कुसुमदेवी थापाले वन्यजन्तुका कारण कृषिमा समस्या भइरहेकाले बाँदर, बँदेलजस्ता जन्तुलाई बन्ध्याकरण गर्न कृषि समितिले वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको सुनाए ।

सांसद सीता मिजारले प्रस्तावमा समर्थन गर्दै बाँदर र बँदेलका कारण मानिसले कष्टपूर्ण जीवन बिताएको, धार्मिक स्थलमा क्षति गरेको, पर्यटकलाई दुःख दिएकाले कानुन बनाएर सङ्ख्या घटाउनुपर्ने बताइन् । वन जङ्गलमै फलफूल रोपेर वन्यजन्तु बस्तीमा आउनै नपर्ने वातावरण बनाउन सकिने उनको भनाइ थियो ।

सांसद राजेन्द्रकुमार केसीले ग्रामीण भेगमा बाँदर र बँदेलकै कारण मानिस थातथलो छोड्ने अवस्था आएको भन्दै यी जीवलाई उपयोग गर्ने नीति पनि आवश्यक रहेको बताए । लेलेमा रहेको बाँदर अनुसन्धान केन्द्रले एउटा बाँदर रु २५ हजारमा किन्ने गरेको उनले सुनाए । खाद्यान्नमा परनिर्भरता घटाउन पनि बाँदर र बँदेलको नियन्त्रण आवश्यक रहेको सांसद केसीको भनाइ थियो ।

सांसद रामहरि खतिवडाले विसं २०७० मा संसद्मा तत्कालीन सांसद कमल पँगेनीले कुरा उठाउँदा बाँदरका कुरा पनि गर्ने भनिएको स्मरण गर्दै हाल बाँदरकै कारण धेरैले बसाइसराइ गर्नु परेको सुनाए । सांसद मनिष झाले सर्प र कुकुरको टोकाइबाट विश्वमै धेरै मानिस पीडित हुने गरेको सुनाउँदै तेस्रोमा बाँदरको टोकाइबाट समस्या हुने गरेको बताए । सहरी मन्दिर क्षेत्रमा मानिसले बाँदरलाई खाना खान दिँदा पछि घरतिर आउने गरेको उनको भनाइ थियो । सहर र गाउँमा बाँदर नियन्त्रणको रणनीति फरक रहेकाले त्यसैअनुसार समाधानका उपाय खोजिनुपर्ने झाले बताए ।

सांसद रामकृष्ण यादवले वन, जङ्गल मासिन थालेकाले बाँदर र बँदेल बस्तीमा छिरेको बताउँदै नीलगाईको समस्या पनि यसै प्रस्तावसँग राखेर समाधान गरिनुपर्नेमा जोड दिए । धनुषा, सर्लाहीलगायतका जिल्लामा नीलगाईको समस्या धेरै रहेको उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE