Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

जसले जन्मदिनलाई सत्कर्मसँग जोड्दै ६ हजार वृक्ष रोपे

खबरडबली संवाददाता

रौतहट । जन्मदिनसँग सत्कर्म जोडौं अभियान अन्तर्गत विभिन्न जातको ६ हजार वृक्षरोपण गरिएको छ । प्रेस काउन्सिल नेपालका पूर्वसदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईंले विभिन्न जातको बिरुवा रोपेर आफ्नो ५० औं जन्मोत्सव आइतबार मनाए । 

चौलागाईं अध्यक्ष रहेको संस्था तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा उनको ४९ जन्मोत्सवको अवसर पारेर गत वर्षदेखि 'जन्मदिनलाई सत्कर्मसँग जोडौं' अभियान अन्तर्गत वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरिएको थियो । उनको यस अभियानसँग जोडिएर हालसम्म विभिन्न जातको ६ हजार बिरुवा रोपिएको छ ।

वर्तमान समयमा मानिसले आफ्नो जन्मदिनको अवसरमा ठूला-ठूला होटलमा हजारौं खर्चिनु निरर्थक रहेको तथा एउटा बिरुवा हुर्काउन सके आजीवन जन्मदिनको सम्झना दिने भएकाले वृक्षारोपण गरेर जन्मदिन मनाइएको पत्रकार चौलागाईंले बताए । 'आफ्नो जन्मदिनमा एक-एक बिरुवा रोप्नुपर्ने सन्देश समाजमा फैलाउनु साह्रै नै सकारात्मक कुरा हो । बिरुवा रोपेर मात्र हुँदैन, यसको संरक्षण पनि गरिनु त्यति नै आवश्यक छ,' उनको भनाइ छ ।

नेपाली समाजलाई सभ्यता अनुसार अगाडि बढाउन सत्कर्म आवश्यक रहेको बताउँदै आयोजक संस्थाका अध्यक्ष तथा अभियानका संयोजक चौलागाईंले यो अभियानलाई देशका सम्पूर्ण भागमा पुर्याउनुपर्ने बताएका छन् ।

जन्मदिनलाई सत्कर्मबाट जोडौं अभियानको थालनी भएसँगै  पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन संसदीय शिक्षा तथा सूचना प्रविधि समितिका सभापति यज्ञबहादुर थापा, पूर्वमन्त्री डा. वंशीधर मिश्र, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी,गोपाल छाङ्छा लगायतले आफ्नो जन्मदिनलाई सत्कर्मबाट जोड्न काठमाडौंमा वृक्षरोपण गरेर मनाएका छन् ।

त्यसैगरी, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, कलाकार दिपाश्री निरौला, केकी अधिकारी, गायक युवराज चौलागाईं, सुनिता दुलाल,  गायिका जुनु रिजाल, कुशल प्रशासक कुलमान घिसिङ, वरिष्ठ मुटुरोग विशेषज्ञ ॐ मुर्ति अनिल, काठमाडौं जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतका व्यक्तित्वले काठमाडौं आराध्यदेव पशुपति नाथको मृर्गस्थली वनमा जन्मदिनलाई सतकर्ममा जोडौं भन्दै रौतहटबाट थालिएको अभियानलाई ऐक्यवद्धता जनाउँदै रुद्राक्ष, कपुर र चन्दनको वृक्ष रोपेका थिए ।

आयोजक संस्थाका अध्यक्ष चौलागाईंका अनुसार अभियान सुरू भएयता रौतहट, नुवाकोट, काठमाडौं, ललितपुर, कञ्चनपुरलगायत देशको कैयौं स्थानमा सयौं मानिसहरूले आफ्नो जन्मदिनको अवसरमा ६ हजार बिरुवा रोपेर मनाएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: