रौतहट । जन्मदिनसँग सत्कर्म जोडौं अभियान अन्तर्गत विभिन्न जातको ६ हजार वृक्षरोपण गरिएको छ । प्रेस काउन्सिल नेपालका पूर्वसदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईंले विभिन्न जातको बिरुवा रोपेर आफ्नो ५० औं जन्मोत्सव आइतबार मनाए ।
चौलागाईं अध्यक्ष रहेको संस्था तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा उनको ४९ जन्मोत्सवको अवसर पारेर गत वर्षदेखि 'जन्मदिनलाई सत्कर्मसँग जोडौं' अभियान अन्तर्गत वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरिएको थियो । उनको यस अभियानसँग जोडिएर हालसम्म विभिन्न जातको ६ हजार बिरुवा रोपिएको छ ।
वर्तमान समयमा मानिसले आफ्नो जन्मदिनको अवसरमा ठूला-ठूला होटलमा हजारौं खर्चिनु निरर्थक रहेको तथा एउटा बिरुवा हुर्काउन सके आजीवन जन्मदिनको सम्झना दिने भएकाले वृक्षारोपण गरेर जन्मदिन मनाइएको पत्रकार चौलागाईंले बताए । 'आफ्नो जन्मदिनमा एक-एक बिरुवा रोप्नुपर्ने सन्देश समाजमा फैलाउनु साह्रै नै सकारात्मक कुरा हो । बिरुवा रोपेर मात्र हुँदैन, यसको संरक्षण पनि गरिनु त्यति नै आवश्यक छ,' उनको भनाइ छ ।
नेपाली समाजलाई सभ्यता अनुसार अगाडि बढाउन सत्कर्म आवश्यक रहेको बताउँदै आयोजक संस्थाका अध्यक्ष तथा अभियानका संयोजक चौलागाईंले यो अभियानलाई देशका सम्पूर्ण भागमा पुर्याउनुपर्ने बताएका छन् ।
जन्मदिनलाई सत्कर्मबाट जोडौं अभियानको थालनी भएसँगै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन संसदीय शिक्षा तथा सूचना प्रविधि समितिका सभापति यज्ञबहादुर थापा, पूर्वमन्त्री डा. वंशीधर मिश्र, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी,गोपाल छाङ्छा लगायतले आफ्नो जन्मदिनलाई सत्कर्मबाट जोड्न काठमाडौंमा वृक्षरोपण गरेर मनाएका छन् ।
त्यसैगरी, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, कलाकार दिपाश्री निरौला, केकी अधिकारी, गायक युवराज चौलागाईं, सुनिता दुलाल, गायिका जुनु रिजाल, कुशल प्रशासक कुलमान घिसिङ, वरिष्ठ मुटुरोग विशेषज्ञ ॐ मुर्ति अनिल, काठमाडौं जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतका व्यक्तित्वले काठमाडौं आराध्यदेव पशुपति नाथको मृर्गस्थली वनमा जन्मदिनलाई सतकर्ममा जोडौं भन्दै रौतहटबाट थालिएको अभियानलाई ऐक्यवद्धता जनाउँदै रुद्राक्ष, कपुर र चन्दनको वृक्ष रोपेका थिए ।
आयोजक संस्थाका अध्यक्ष चौलागाईंका अनुसार अभियान सुरू भएयता रौतहट, नुवाकोट, काठमाडौं, ललितपुर, कञ्चनपुरलगायत देशको कैयौं स्थानमा सयौं मानिसहरूले आफ्नो जन्मदिनको अवसरमा ६ हजार बिरुवा रोपेर मनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:४३
ढाका । सुडानको अबियेई क्षेत्रमा रहेको संयुक्त राष्ट्रसङ्घको आधार शिविरमा भएको आक्रमणमा बङ्गलादेशी सेनाका ६ जना शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइ...
मंसिर २९ गते, २०८२ - १७:४१
टोकियो । जापानका हाईस्कुल विद्यार्थीमध्ये करिब १० प्रतिशतले चिकित्सकको सल्लाहविना सेवन हुने औषधि पछिल्लो वर्षमा बारम्बार प्रयोग गरेको बताएका छन् । ...
मंसिर २९ गते, २०८२ - १७:३९
जेरुसलेम । इजरायलले गाजा पट्टीमा शनिबार भएको आक्रमणमा हमासको सैन्य शाखाको हतियार उत्पादन प्रमुखको हत्या गरेको बताएको छ। गाजा शहरको दक्षिणपश्चिममा र...
मंसिर २९ गते, २०८२ - १७:३७
कम्बोडिया । कम्बोडिया र थाइल्यान्डबीच नयाँ सीमा भिडन्त आइतबार दोस्रो हप्तामा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातक लडाई रोक्न युद्...
मंसिर २९ गते, २०८२ - १७:३५
बैङ्कक । थाइल्यान्डको स्वास्थ्य मन्त्रालयले आइतबार कम्बोडियासँगको सीमा भिडन्तमा एक सर्वसाधारणको मृत्यु भएको बताएको छ । थाइल्यान्डको स्वास्थ्य मन्त्...
मंसिर २९ गते, २०८२ - १७:३२
काठमडाैँ । हमास लडाकु समूहसँग हतियार राख्ने ‘वैध अधिकार’ रहेको समूहको गाजा प्रमुख खलील अल–ह्याले आइतबार बताएका छन् । गाजा युद्धविरामको अर्को चरणको ...
मंसिर २९ गते, २०८२ - १७:३१
सङ्खुवासभा । चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुस...
मंसिर २९ गते, २०८२ - १७:२९
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा 'ठुल्दाइ'का उपनामले परिचित अभिनेता शिव श्रेष्ठले नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना रहेको बताएका छन...
मंसिर २९ गते, २०८२ - १७:२७
रसुवा । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ । सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको म...
मंसिर २९ गते, २०८२ - १७:२४
बहुमतको आडमा विधान संशोधन र पार्टी लोकतन्त्रको प्रश्न




प्रतिकृया लेख्नुहोस्: