Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

युक्रेनी शान्तिका लागि पद त्याग्न तयार छु: जेलेन्स्की

खबरडबली संवाददाता

युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिस्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् । सोमबारको युरोपेली बैठकलाई उद्धृत गर्दै उनले भने, “यदि युरोपेली देशहरूबीच मतभेद भयो भने त्यो दुःखी परिवारजस्तो हुनेछ ।”

सोमबारदेखि युक्रेनमा हुने युरोपेली नेताहरूको बैठकका सन्दर्भमा सोधिएको एक प्रश्नको जवाफमा उनले त्यहाँ केही कठिन निर्णय गर्न बाँकी रहेको बताए । युक्रेनी अधिकारीका अनुसार नेताहरूले बैठकमा आफ्नो आगामी रणनीतिबारे छलफल गर्नेछन् भने जेलेन्स्कीले युक्रेनको सुरक्षा प्रत्याभूतिको बारेमा पनि कुरा गर्नेछन् । 

जेलेन्स्कीले भने, “यो युद्ध हो, बच्चाको खेल होइन । हामीलाई साझेदारी चाहिएको छ, हामीलाई सहयोग चाहिएको छ, तर हामी हाम्रो स्वतन्त्रता गुमाउन सक्दैनौं र हामी हाम्रो सम्मान गुमाउन सक्दैनौं ।” नयाँ अमेरिकी प्रशासनको चर्को आलोचना खेपिरहेका जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्नुअघि डोनाल्ड ट्रम्पलाई भेट्न चाहेको पनि बताएका छन् ।

जेलेन्स्कीले युद्ध अन्त्यका लागि कुनै पनि सम्झौताअन्तर्गत युक्रेनलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को सदस्यता दिन माग गर्दै आएको छ तर वासिङ्टन नेतृत्वको गठबन्धनले प्रतिबद्धता जनाउन आनाकानी गर्दै आएको छ । “यदि युक्रेनमा शान्ति स्थापना हुन्छ र यसका लागि वास्तवमै मेरो पद छोड्न आवश्यक छ भने, म पद छोड्न तयार छु”, जेलेन्स्कीले किएभमा पत्रकार सम्मेलनमा भने, “म यसलाई नाटोको सदस्यताका लागि त्याग गर्न सक्छु ।”

उनले युक्रेनको स्रोतसाधनमा सम्झौताका लागि अमेरिकासँग छलफल गर्न पनि आफू तयार रहेको बताएका छन् । जेलेन्स्कीले भने, “युक्रेनलाई युरोप र अमेरिका दुवैको समर्थन आवश्यक रहेको बताउनुभयो ।” ट्रम्प–पुटिन वार्ताप्रति जेलेन्स्कीले कडा प्रतिक्रिया दिँदै युक्रेनको सहभागिताबिना कुनै पनि शान्ति सम्झौता बेकार हुने उनले बताए ।

हालै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न साउदी अरबमा रुससँग छलफल गर्ने बताएका थिए । वार्ताका लागि मिति घोषणा गरिएको छैन र अमेरिकाले यसका लागि युक्रेनलाई पनि निमन्त्रणा गरेको छैन । जेलेन्स्कीले युद्ध रोक्ने विषयमा हुने कुनै पनि छलफलमा युक्रेनलाई समावेश गर्न आवश्यक रहेको बताउँदै आएका छन् ।

युक्रेनबाहेक धेरै युरोपेली देशले पनि यस्ता वार्तामा युक्रेनसँगै युरोपलाई पनि सहभागी गराउनुपर्ने बताएका छन् । जेलेन्स्कीले पनि आफ्नो चिन्ता सुरक्षा ग्यारेन्टीको बारेमा रहेको बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending