सिरहा । जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा भारतीय नागरिकलाई नेपाली नागरिकता बनाईदिएको खुलेको छ । सिरहाको नरहा गाउँपालिका ३ का वडा अध्यक्ष रुस्तम अन्सारी र वडा सचिव रामदेव मण्डलले आर्थिक चलखेलगरी भारत, बिहार, मधुबनी जिल्लाको जयनगर ग्राम पञ्चायत देउधाका मोसताक मियाँलाई नेपाली नागरिक्ताको लागि सिफारिस दिएको खुलेको हो ।
वडा अध्यक्ष अन्सारीकै सेटिङमा नक्कली बुवा–आमा खड्डा गरी मियाँलाई नागरिकता दिएको स्थानीयहरुको भनाई रहेको छ ।
सग्लो अक्षर समेत नचिन्ने नरहा गाउँपालिका ३ खोरियाका अमानत मियाँ (नागरिकता नं. १५३०७०/८२) र उनकी पत्नी रजिना खातुन (नागरिकता नं. १५/०१–७६०१३३५) लाई वडा सचिव र वडा अध्यक्ष अन्सारीले नै नक्कली आमा/वुवा बनाई सिफारीमा सनाखत बसेको स्थानियहरु बताउँछन् ।
तर, अमानत मियाँ भने आफूलाई कुनै पैसा नदिएको बताउँछन् । उनी भन्छन, ‘मेरो छोरोको नागरिकता बनाउनको लागि सिफारिस लिन गएको बेला सचिवले यसमा पनि सहि गरिदेउ भनेकाले सहि गरिदिएको थिएँ । उनले मेरै छोरा बनाएको भन्ने मैले पछि मात्र थाहा पाएँ । मलाई सचिवले अलमल्याएर सहि गर्न लगाएका हुन् मोस्ताक मेरो छोरो होइन ।’ एक स्थानीयले भने पैसाको प्रलोभन उनीहरु बुवा आमा बनेका हुन् । सवै तारतम्य मिलाउने वडा अध्यक्ष आफै रहेको दावी गरे ।
नागरिकता सिफारिस र अन्य अन्य तारतम्य मिलाउन अध्यक्ष अन्सारी र सचिव मण्डलले एक लाखभन्दा बढी भारतीय रुपैयाँ लिएको नाम नखोल्ने शर्तमा एक स्थानियले बताए । उनले भने, ‘वडा अध्यक्ष अन्सारीले नै जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई समेत अतिरिक्त रकम दिलाएर नागरीकता बनाईदिएको हो ।’
वडा अध्यक्ष अन्सारीले त्यसदिन कार्यालयमा भिडभाड भएकाले भुलचुकमा त्यस्तो हुन गएको बताए । उनले भने, ‘त्यसदिन कार्यालयमा अलि भिडभाड थियो, सचिवले मलाई कागजदिए, मैले पनि धेरै ख्याल नगरी सहि गरेर पठाईदिएँ। भुलचुकका कारण हुन गएको हो ।’
सचिव मण्डलले भने नागरिकता सिफारिसमा अध्यक्षले लगाएको तोक आदेशको आधारमा कागजपत्र मिलाएको हो । मलाई यहाँ कसको छोरो को हो भन्ने कसरी जानकारी हुन्छ । मेरो यसमा कुनै दोष छैन ।
जिल्ला प्रशासन कार्यालय सिरहाबाट २०८० असार २६ गते मोस्ताकको नाममा जारी १५०१८०–४३६२ नम्वरको नागरिक्ता बनेको करवि दशदिन पछि नै स्थानियहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीमा तत्कालिन प्रशासकीय अधिकृत भवेश झाले नजिकको प्रहरी कार्यालयमा पठाई सत्य तथ्य बुझी आवश्यक कार्यावाही गर्ने भनी तोक आदेश गरेको थियो । तर, आर्थिक प्रभाव र राजनितिक दवावका कारण अहिले सम्म दोषी उपर कुनै प्रकारको कानुनी कार्यवाही अगाडी बढाएको छैन् ।
स्थानीयले जिल्ला प्रशासन कार्यालय सिरहाबाट मोसताक मियाँ नामका भारतीय व्यक्तिलाई नेपाली नागरिकता प्रदान गरिएको बारे जानकारी गराउँदा समेत जिल्ला प्रशासन कार्यालयले हाल सम्म कुनै चासो नदेखाउनुले पनि तलदेखि माथिसम्मको सबै मिलेमतो रहेको पुष्टि गर्छ ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक जिल्ला अधिकारी तेजराज बरालसँग बुझ्दा उनले यो घटना आफ्नो नोटिसमा नरहेको बताए । उनले भने, ‘यो विषय मेरो नोटीसमा छैन, म बुझेर तपाइँलाई जानकारी गराउँला ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: