Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

जर्मनीमा मतदान जारी, चान्सलर स्कोल्जले सत्ता गुमाउने प्रक्षेपण

खबरडबली संवाददाता

काठमाडौं । जर्मनीमा आज आम चुनावको मतदान हुँदैछ । वर्तमान चान्सलरको सामाजिक लोकतान्त्रिक पार्टी (एसपीडी) सर्वेक्षणमा पछाडि परेको छ । चान्सलरको दौडमा विपक्षी क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) का फ्रेडरिक माट्ज अगाडि छन् । यी बाहेक, एलिस वेडेलको कट्टरपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले पनि राम्रो स्थान प्राप्त गर्ने अनुमान गरिएको छ । 

सर्वेक्षण अनुसार, २९ प्रतिशतले फ्रेडरिक माट्जको पार्टीलाई समर्थन गर्छन् भने २१ प्रतिशतले कट्टरपन्थी एलिसको पार्टी एएफडीलाई समर्थन गरेका छन् । तीमध्ये ६० प्रतिशतभन्दा बढी युवाहरू छन् । चान्सलर स्कोल्जको एसपीडी १६ प्रतिशत समर्थनका साथ तेस्रो स्थानमा छ ।

साथै, सत्तारुढ गठबन्धनको हिस्सा रहेको ग्रिन पार्टीले १२ प्रतिशत र फ्री डेमोक्रेटिक पार्टीले ७ प्रतिशत मत पाउन सक्ने अनुमान गरिएको छ । दुवै जना किङ मेकरको भूमिकामा आउन सक्ने पनि पूर्वानुमान गरिएको छ । जर्मनीमा मतदान समय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म (नेपाली समय अनुसार दिउँसो १२:४५ बजेदेखि राति १०:४५ बजेसम्म) हुनेछ । ८.४ करोड जनसंख्या भएको जर्मनीमा ६ करोड जनताले आम चुनावमा मतदान गर्नेछन् ।

मतदान सकिएपछि एक्जिट पोल आउनेछ । यसैबीच, मतगणना पनि सुरु हुनेछ । मतदान सकिएको केही घण्टाभित्रै प्रारम्भिक नतिजा स्पष्ट हुनेछ । नतिजा सोमबार बिहानसम्ममा आधिकारिक रूपमा घोषणा गरिने जर्मनका मिडियाहरुले उल्लेख गरेका छन् ।

अमेरिकी व्यवसायी तथा टेस्ला तथा स्पेसएक्सका मालिक एलन मस्कको संलग्नताले पनि चुनावलाई रोचक बनाएको छ । शनिबार मस्कले फेरि कट्टरपन्थी नेता एलिस वेडेललाई समर्थन व्यक्त गरेका थिए । अर्कोतर्फ, चुनावमा रुसी हस्तक्षेप प्रकाशमा आएको छ । विज्ञहरूका अनुसार 'डोपेलगेन्जर' र 'स्टर्म-१५१६' जस्ता समूहहरूले रुसबाट आएका हजारौं बोट आर्मीहरू मार्फत चुनावलाई प्रभाव पारिरहेको बताइएको छ । यी समूहहरूले सामाजिक सञ्जालमा विशेष गरी एक्समा दैनिक हजारौं भिडियोहरू-नक्कली समाचारहरू पोस्ट गरिरहेका छन् ।

यी पोस्टहरू एएफडीको समर्थनमा बनाइएका छन् र तिनीहरूले एसपीडीलाई प्रमुख निशाना बनाएका छन् । यी बाहेक, रूसका १०० भन्दा बढी नक्कली वेबसाइटहरूबाट नक्कली समाचार फैलिरहेको बताइएको छ । सर्वेक्षणमा माट्जको सीडीयू अगाडि रहेको भए पनि, पार्टीले ५० प्रतिशत भन्दा बढी मत पाउने देखिँदैन । जर्मनीमा, कुनै पनि दललाई सत्तामा आउन ५० प्रतिशत भन्दा बढी समर्थन चाहिन्छ, त्यसैले यहाँ प्रायः गठबन्धन सरकार बन्ने गरेको छ ।

युक्रेन युद्ध, रुस, अर्थतन्त्र र बजेट जस्ता मुद्दाहरू चुनावमा प्रमुख रुपमा उठेका छन् । यद्यपि, अवैध आप्रवासनलाई प्रमुख दलले ठुलो मुद्धा बनाएका छन् । एएफडीले जर्मनीमा हालै भएका आतंकवादी हमलाहरूलाई अवैध आप्रवासनसँग जोडिरहेको छ ।

सीडीयूले सीमाना कडा पार्ने र शरणार्थीहरूको लागि नागरिकता सर्तहरू कडा पार्ने बारेमा कुरा गरिरहेको छ । एसपीडी पनि सीमा कडाइको पक्षमा छ, तर दक्ष आप्रवासीहरूलाई प्रवेश दिने नीतिलाई निरन्तरता दिने बताउदै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE