सर्लाही । सर्लाहीमा जङ्गली हात्तीको समूहले घर तथा बालीनालीमा क्षति पुर्याउने क्रम रोकिएको छैन । चार दिनसम्म लालबन्दी र ईश्वरपुर नगरपालिकामा आतङ्क मच्चाएका तीन वटा जङ्गली हात्ती पश्चिमी भेगतर्फ लागेका छन् ।
हात्तीको समूहले आइतबार बिहान र शनिबार राति हरिवन तथा बागमती नगरपालिकाको विभिन्न भागमा घरका बेराघेरा भत्काउने र बालीनालीमा क्षति पुर्याएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
हात्तीले आइतबार बिहानपख बागमती नगरपालिका–३, धरहरामा बाबुलाल स्याङतानको घरमा बाँसको टाटीले लगाएको बेरा भत्काएर भित्र राखिएको दुई क्विन्टल धान खाइदिएको छ । हात्तीले स्याङतानको एक कट्ठाको मकै, दुई वटा केराको बोट, रामबहादुर थिङ, धनबहादुर दोङ र लक्ष्मण योन्जनको एक/एक कट्ठामा लगाएको मकै खेती नष्ट गरेको पीडितले बताएका छन् ।
सोही हात्तीको समूहले शनिबार राति हरिवन नगरपालिका–६, चार्ली टोलका डिल्लीप्रसाद उप्रेतीको तीन कट्ठाको मकै र १५ वटा केराको बोट, लक्ष्मीप्रसाद भुर्तेलको तीन कट्ठाको मकैबाली र २० वटा केराको बोट र मीनप्रसाद उप्रेतीको पाँच कट्ठाको मकैबाली र १० वटा केराको बोट नष्ट गरेको छ । यसअघि रातको समयमा मात्रै जङ्गली हात्ती देखा पर्ने गरेकोमा आइतबार भने दिउँसै हात्तीको समूह बस्ती छेउछाउ देखा परेका छन् ।
हरिवन र बागमती नगरपालिकाको जङ्गल नजिकै रहेका बस्तीमा आइतबार दिउँसै तीन वटा माउ जङ्गली हात्ती डुलिरहेकाले स्थानीय बासिन्दालाई सचेत रहन आग्रह गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । जङ्गली हात्तीको यही समूहले बुधबार र बिहीबार राति लालबन्दी नगरपालिका–१७, रानीगन्जका शिवहरि गौतमले यसै वर्षबाट सुरु गरेको व्यावसायिक केरा खेतीमा व्यापक क्षति पुर्याएको थियो ।
गौतमले २५० बढी केराको बोट हात्तीले नष्ट गरेको गुनासो पोखेका छन् । हात्तीले त्यसअघि मङ्गलबार राति ईश्वरपुर नगरपालिका–१३, ढापटोलमा स्थानीय धनमाया तामाङको भान्सा घर भत्काएर घरभित्र रहेको अनाज खाइदिएको थियो ।
जिल्लामा एक सातादेखि यसरी निरन्तर जङ्गली हात्तीले आतङ्क मच्चाइरहँदा स्थानीय त्रसित भएका छन् । डिभिजन वन कार्यालय सर्लाहीले जङ्गली हात्ती आफै पर्सा वनजन्य आरक्षण केन्द्रमा फर्किएर जाने भएकाले जथाभावी नजिस्काउन र जङ्गल नजिकका बस्तीमा बसोवास गर्ने स्थानीयलाई चनाखो रहन अनुरोध गर्दै आइरहेको छ ।
सर्लाहीका डिभिजन वन प्रमुख सन्तोष झाले हात्तीले घर तथा अन्नबालीमा क्षति पुर्याए डिभिजन वन कार्यालयमा प्रक्रिया पुर्याएर निवेदन दिँदा क्षतिपूर्ति प्रदान गरिने बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: