सर्लाही । सर्लाहीमा जङ्गली हात्तीको समूहले घर तथा बालीनालीमा क्षति पुर्याउने क्रम रोकिएको छैन । चार दिनसम्म लालबन्दी र ईश्वरपुर नगरपालिकामा आतङ्क मच्चाएका तीन वटा जङ्गली हात्ती पश्चिमी भेगतर्फ लागेका छन् ।
हात्तीको समूहले आइतबार बिहान र शनिबार राति हरिवन तथा बागमती नगरपालिकाको विभिन्न भागमा घरका बेराघेरा भत्काउने र बालीनालीमा क्षति पुर्याएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
हात्तीले आइतबार बिहानपख बागमती नगरपालिका–३, धरहरामा बाबुलाल स्याङतानको घरमा बाँसको टाटीले लगाएको बेरा भत्काएर भित्र राखिएको दुई क्विन्टल धान खाइदिएको छ । हात्तीले स्याङतानको एक कट्ठाको मकै, दुई वटा केराको बोट, रामबहादुर थिङ, धनबहादुर दोङ र लक्ष्मण योन्जनको एक/एक कट्ठामा लगाएको मकै खेती नष्ट गरेको पीडितले बताएका छन् ।
सोही हात्तीको समूहले शनिबार राति हरिवन नगरपालिका–६, चार्ली टोलका डिल्लीप्रसाद उप्रेतीको तीन कट्ठाको मकै र १५ वटा केराको बोट, लक्ष्मीप्रसाद भुर्तेलको तीन कट्ठाको मकैबाली र २० वटा केराको बोट र मीनप्रसाद उप्रेतीको पाँच कट्ठाको मकैबाली र १० वटा केराको बोट नष्ट गरेको छ । यसअघि रातको समयमा मात्रै जङ्गली हात्ती देखा पर्ने गरेकोमा आइतबार भने दिउँसै हात्तीको समूह बस्ती छेउछाउ देखा परेका छन् ।
हरिवन र बागमती नगरपालिकाको जङ्गल नजिकै रहेका बस्तीमा आइतबार दिउँसै तीन वटा माउ जङ्गली हात्ती डुलिरहेकाले स्थानीय बासिन्दालाई सचेत रहन आग्रह गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । जङ्गली हात्तीको यही समूहले बुधबार र बिहीबार राति लालबन्दी नगरपालिका–१७, रानीगन्जका शिवहरि गौतमले यसै वर्षबाट सुरु गरेको व्यावसायिक केरा खेतीमा व्यापक क्षति पुर्याएको थियो ।
गौतमले २५० बढी केराको बोट हात्तीले नष्ट गरेको गुनासो पोखेका छन् । हात्तीले त्यसअघि मङ्गलबार राति ईश्वरपुर नगरपालिका–१३, ढापटोलमा स्थानीय धनमाया तामाङको भान्सा घर भत्काएर घरभित्र रहेको अनाज खाइदिएको थियो ।
जिल्लामा एक सातादेखि यसरी निरन्तर जङ्गली हात्तीले आतङ्क मच्चाइरहँदा स्थानीय त्रसित भएका छन् । डिभिजन वन कार्यालय सर्लाहीले जङ्गली हात्ती आफै पर्सा वनजन्य आरक्षण केन्द्रमा फर्किएर जाने भएकाले जथाभावी नजिस्काउन र जङ्गल नजिकका बस्तीमा बसोवास गर्ने स्थानीयलाई चनाखो रहन अनुरोध गर्दै आइरहेको छ ।
सर्लाहीका डिभिजन वन प्रमुख सन्तोष झाले हात्तीले घर तथा अन्नबालीमा क्षति पुर्याए डिभिजन वन कार्यालयमा प्रक्रिया पुर्याएर निवेदन दिँदा क्षतिपूर्ति प्रदान गरिने बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: