काठमाडौं । वीरगन्जमा चिनियाँ दुतावासको विरोधमा प्रदर्शन भएको छ । मधेसीलाई अपहेलीत गरेको भन्दै चिनियाँ दुतावासको विरोध प्रदर्शन भएको हो ।
चिनियाँ सहयोगको नाममा पुरानो र कमसल साइकल वितरण गरिएको भन्दै राष्ट्रिय विद्यार्थी परिषद्ले विद्यालयमा विरतरण गरिएको चाइनिज साइकल जलाएको छ । प्रदर्शनकारीहरूले ‘चीनको चलाखी अब चल्दैन, मधेसीलाई अपहेलित गर्न पाइदैन, मधेशलाई सम्मान चाहिन्छ’ जस्ता नाराबाजी गरेका थिए ।
विद्यार्थी परिषद्का नेताहरूले चीनले सहयोगको रुपमा मधेस र मधेसीलाई अपमानित गर्न पुरानो र कमसल साइकल वितरण गरेको अरोप लगाए । विरोध प्ररदर्शनमा आएका एक विद्यार्थी नेताले भने, ‘हामीलाई झूटो, पुरानो दान होइन, सफा नियत चाहिन्छ ,मधेसमा चीनको औपनिवेशिकीकरण चल्दैन, चीनमा फालिएको साइकल मधेशलाई दिएर सहयोग दिएको हो कि बेइज्जत गरेको हो ?’
प्रदर्शनकारी विद्यार्थीहरूले चिनियाँ हस्तक्षेप अस्वीकार्य भएको भन्दै मधेशलाई दानको नाममा फालिएको सामान होइन, सम्मान चाहिएको बताए । आक्रोशित प्रदर्शनकारीहरूले विरगञ्जको नरसिंह माध्यमिक विद्यालयमा चिनिया कन्सुलरले एक महिना पहिला वितरण गरेका कमसल चाइनिज साइकलमध्ये केही प्रदर्शन स्थलमै जलाएका थिए ।
प्रदर्शनमाको क्रममा स्थानीय बासिन्दा समेतको सहभागी भएका थिए । उनीहरूले चिनियाँ सरकारको ‘सहयोग’को नाममा फालिएका सामग्री पठाउने प्रवृत्ति मधेस विरोधी भएको आरोप लगाए । यदि यस्ता अपमानजनक गतिविधिहरू दोहोरियो भने कडा चिनको बिरोधमा अझ शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।
चिनियाँ दुतावासको कन्सुलरले एक महिना अगाडि वीरगन्जमा बिरतण गरेका साइकल पुरानो भएको स्थानिय बिद्यार्थीहरुले खुलासा गरेका थिए । चीनको सिएफआरडिले बिद्यालयको छात्राहरुलाई बितरण गरेको साइकल पुरानो र कमसल भएको आरोप वीरगन्जका बालिकाहरुको रहेको छ । एक महिना अगाडि मधेशको एकमात्र महानगरपालिकाको रुपमा रहेको वीरगन्ज महानगरपालिकामा सिएफआरडीको माध्यमबाट चाइनिज साइकल वितरण गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...
मंसिर २९ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान ...
मंसिर २९ गते, २०८२ - १७:५५
मोरङ । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगा...
मंसिर २९ गते, २०८२ - १७:५२
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ ब...
मंसिर २९ गते, २०८२ - १७:४९
सुर्खेत । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन् । शनिबार सुर्खेतमा...
मंसिर २९ गते, २०८२ - १७:४६
सिराहा । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूको नामावलीमा जिल...




प्रतिकृया लेख्नुहोस्: