Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

वीरगन्जमा चिनियाँ दुतावासको विरोधमा प्रदर्शन

खबरडबली संवाददाता

काठमाडौं । वीरगन्जमा चिनियाँ दुतावासको विरोधमा प्रदर्शन भएको छ । मधेसीलाई अपहेलीत गरेको भन्दै चिनियाँ दुतावासको विरोध प्रदर्शन भएको हो । 

चिनियाँ सहयोगको नाममा पुरानो र कमसल साइकल वितरण गरिएको भन्दै राष्ट्रिय विद्यार्थी परिषद्ले विद्यालयमा विरतरण गरिएको चाइनिज साइकल जलाएको छ । प्रदर्शनकारीहरूले ‘चीनको चलाखी अब चल्दैन, मधेसीलाई अपहेलित गर्न पाइदैन, मधेशलाई सम्मान चाहिन्छ’ जस्ता नाराबाजी गरेका थिए । 

विद्यार्थी परिषद्का नेताहरूले चीनले सहयोगको रुपमा मधेस र मधेसीलाई अपमानित गर्न पुरानो र कमसल साइकल वितरण गरेको अरोप लगाए । विरोध प्ररदर्शनमा आएका एक विद्यार्थी नेताले भने, ‘हामीलाई झूटो, पुरानो दान होइन, सफा नियत चाहिन्छ ,मधेसमा चीनको औपनिवेशिकीकरण चल्दैन, चीनमा फालिएको साइकल मधेशलाई दिएर सहयोग दिएको हो कि बेइज्जत गरेको हो ?’

प्रदर्शनकारी विद्यार्थीहरूले चिनियाँ हस्तक्षेप अस्वीकार्य भएको भन्दै मधेशलाई दानको नाममा फालिएको सामान होइन, सम्मान चाहिएको बताए । आक्रोशित प्रदर्शनकारीहरूले विरगञ्जको नरसिंह माध्यमिक विद्यालयमा चिनिया कन्सुलरले एक महिना पहिला वितरण गरेका कमसल चाइनिज साइकलमध्ये केही प्रदर्शन स्थलमै जलाएका थिए ।

प्रदर्शनमाको क्रममा स्थानीय बासिन्दा समेतको सहभागी भएका थिए । उनीहरूले चिनियाँ सरकारको ‘सहयोग’को नाममा फालिएका सामग्री पठाउने प्रवृत्ति मधेस विरोधी भएको आरोप लगाए । यदि यस्ता अपमानजनक गतिविधिहरू दोहोरियो भने कडा चिनको बिरोधमा अझ शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए । 

चिनियाँ दुतावासको कन्सुलरले एक महिना अगाडि वीरगन्जमा बिरतण गरेका साइकल पुरानो भएको स्थानिय बिद्यार्थीहरुले खुलासा गरेका थिए । चीनको सिएफआरडिले बिद्यालयको छात्राहरुलाई बितरण गरेको साइकल पुरानो र कमसल भएको आरोप वीरगन्जका बालिकाहरुको रहेको छ । एक महिना अगाडि मधेशको एकमात्र महानगरपालिकाको रुपमा रहेको वीरगन्ज महानगरपालिकामा सिएफआरडीको माध्यमबाट चाइनिज साइकल वितरण गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE