टोकियो । जङ्गली जनावरसँग मानव मुठभेड भएका घटना बढेपछि जापानको मन्त्रिपरिषद्ले आफ्नो विवेकले भालुलाई गोली हान्न पाउने विधेयक शुक्रबार पारित गरेको छ ।
सन् २०२४ को अप्रिलसम्मको १२ महिनामा देशभर भालुले २१९ जनालाई आक्रमण गरेको र छ भने छ जनाको मृत्यु भएको थियो । जलवायु परिवर्तनले भालुको खाद्य स्रोत र शीत निस्क्रियता (हाइबरनेसन)को समयलाई प्रभावित गर्नुका साथै जन्मदरको कमीले आउने वृद्ध समाजका कारण जनावरहरू आहाराको खोजीमा बारम्बार शहरमा पसी आक्रमण गर्ने क्रम बढेको छ ।
आवश्यक प्रक्रियामा प्रशासनिक झन्झटका कारण हुने ढिलाइले जङ्गली जनावरको आक्रमणबाट मानव जीवन नै जोखिममा पर्ने गरेको व्यापक गुनासोपछि सरकारले संशोधित वन्यजन्तु संरक्षण तथा व्यवस्थापन कानून अन्तर्गत यस्तो जोखिमका समय ‘आपतकालीन गोली हान्ने’ अनुमति दिएको हो ।
वातावरण मन्त्रालयका एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग भने, “वातावरण मन्त्रालयले आगामी महिनाहरूमा विधेयक संसद्मा प्रस्तुत गर्ने र शरद ऋतुअघि नै पारित गर्नेछ ।” हाल आवासीय क्षेत्रमा भालु वा बँदेलजस्ता जनावरलाई गोली हान्न निषेध गरिएको छ ।
जापानमा विद्यमान् कानुनी प्रावधानका कारण जनघनत्व भएको क्षेत्रमा भालु छिर्दा पनि यसलाई प्रतिकार गर्न गोली हान्नका लागि प्रहरीले सर्वसाधारणलाई अनुमति दिँदैन । “प्रहरीले कुनै व्यक्तिमाथि आक्रमण हुन केही सेकेन्ड टाढा रहेको अवस्थामा मात्र यस्तो आदेश जारी गर्न सक्छ,” मन्त्रालयका एक अधिकारीले भने । उनले भने, “हालको नियमअनुसार प्रहरीको स्वीकृति पाउन कोही खतरामा नपरेसम्म पर्खनुपर्ने हुन्छ ।
गत डिसेम्बरमा उत्तरी जापानको एक सुपरमार्केटमा एउटा भालुले दुई दिनसम्म हुलहुज्जत गरेको थियो । यस आक्रमणमा एक ४७ वर्षीय व्यक्ति घाइते भएका थिए । जापानमा सन् २०२४ को अप्रिलसम्मको १२ महिनामा नौ हजारभन्दा बढी भालु मारिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: