काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले देशमा नकारात्मकताको जरो नै प्रधानमन्त्री केपी ओली भएको आरोप लगाएका छन् । ललितपुरमा शुक्रबारदेखि जारी केन्द्रीय कमिटीको बैठकको बारेमा जानकारी दिँदै खतिवडाले प्रधानमन्त्री ओली र सरकारले एकीकृत समाजवादीमाथि आक्रमण गर्ने प्रवृत्तिबारे बैठकमा छलफल भइरहेको बताएका हुन् ।
उनले पार्टीलाई सुदृढ र सबल बनाएर लैजाने बारेमा केन्द्रीय कमिटीमा एकमत रहेको बताए । उनले भने, ‘नेकपा एमाले अथवा यो सरकार यो ढंगले लागिरहेको छ भनेर केपी ओलीको नकारात्मक प्रवृत्तिप्रति आक्रमण गर्ने त्यो चिज त हाम्रो बैठकमा चलिनै रहेको छ । किनकि यो देशमा सबै नकारात्मकताको मूल जरो नै उहाँ नै हुनुहुन्छ र उहाँले नै यो सब बिगार्नुभएको छ भन्ने कुरामा हामी प्रस्ट नै छौँ । तर सबैको सामूहिक चेतना के छ भने जसले जस्तोसुकै प्रहार गरेपनि पार्टीलाई सबल र सुदृढीकरण गरेर हामी अघि बढ्नुपर्छ भन्ने कुरामा हाम्रो एकमत देखिन्छ ।’
खतिवडाले बैठकमा नेतृत्व र केन्द्रीय सदस्यहरूले खेल्नुपर्ने भूमिकाका बारेमा केन्द्रीकृत भएको बताए । पार्टीलाई जनतासँग जोडेर जनसंघर्षको माध्यमबाट सबल बनाउने प्रस्ताव बैठकमा गरिएको उनको भनाइ छ । उनले भने, ‘केन्द्रीय कमिटीको यो दोस्रो बैठकमा केन्द्रीय कमिटीका सदस्यहरू पार्टीलाई कसरी सुदृढ र सबल बनाउनका लागि कस्ता योजना कार्यान्वयन गरेर जानुपर्छ नेतृत्व र केन्द्रीय सदस्यहरूले खेल्ने भूमिका भन्ने विषयमै सबैभन्दा बढी केन्द्रीकृत हुनुहुन्छ । हामीले विभिन्न प्रकारका एजेन्डाहरू दिएका छौँ । पार्टीलाई जनसङ्घर्षका माध्यमबाट, आन्दोलनका माध्यमबाट जनताका जनजीविका, देशभक्तिका विषयहरू उठाएर जनतासँग जोडेर पार्टी निर्माण गर्ने प्रस्ताव अघि सारेका छौँ । जसलाई हामीले संघर्षबाट पार्टी निर्माण गरिन्छ भन्न प्रस्तावका साथ अगाडि बढाएका छौँ । यसै गरी पार्टीका विभिन्न नियम, नियमावलीहरू, निर्देशिकाहरू, आचार संहिता प्रस्ताव गरेका छौँ । यी सबै विषयमा छलफल गरिसकेपछि आगामी कार्ययोजनाको रूपमा केही प्रस्तावहरू गर्नेछौँ, कार्ययोजना पारित गर्नेछौँ र बैठक समाप्त हुनेछ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: