जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ पुस्तालाई आधुनिक प्रविधिको प्रयोग गर्दै तथ्यमा आधारित जानकारी जनतासमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न आग्रह गरेका छन् ।
शनिबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा नेपाली कांग्रेस सूचना तथा प्रचार विभागद्वारा आयोजित ‘राष्ट्र निर्माणमा युवाको योगदान’ विषयक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री सिंहले प्रविधिको उचित उपयोगले समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताए । उनले युवालाई राष्ट्र निर्माणको अभियानमा अग्रसर भएर नयाँ सोच र प्रविधिमैत्री कार्यशैली अपनाउन प्रेरित गरे ।
उनले देशमा संकट पर्दा जहिले पनि कांग्रेसकै नेतृत्वमा समाधान भएको उल्लेख गर्दै पार्टीका मुद्दालाई जनता समक्ष स्पष्ट रुपमा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । केन्द्रीय सदस्य एवं अनुशासन विभागका अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले कांग्रेसको अस्तित्व समाप्त भए प्रजातन्त्र पनि संकटमा पर्ने दाबी गरे ।
कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले पार्टीले गरेका राम्रा कामको प्रचार तथा विद्यमान चुनौतीबारे छलफल गर्न देशभर अभियान थालिएको बताए ।
कार्यक्रमको उद्देश्य युवालाई राष्ट्र निर्माणमा संलग्न गराउने, तथ्यमा आधारित जानकारी प्रदान गर्ने र उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्ने रहेको आयोजकले जनाएको छ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य सजन ठाकुरको अध्यक्षतामा आयोजित सो कार्यक्रममा कांग्रेका सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य सञ्चार विभागका प्रमुख मिन विश्वकर्मा, केन्द्रीय सदस्य चन्द्रमोहन यादव, प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंह, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह, प्रदेशका स्थानीय जनप्रतिनिधि तथा युवा कार्यकर्ताको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: