काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिका सदस्यहरूलाई राजनीतिक प्रशिक्षण सञ्चालन गरेको छ । हिजो फाल्गुण ९ देखि सञ्चालन भएको राजनीतिक प्रशिक्षणको पाठ्यक्रम केन्द्रीय समितिबाट स्वीकृत गरेको थियो ।
नयाँ बन्दै गरेको संगठनलाई प्रशिक्षण गर्दै जाने योजनास्वरूप रास्वपाले केन्द्रदेखि प्रशिक्षण आरम्भ गरेको छ । यसअघि उपलब्ध विज्ञको आधारमा रास्वपाले प्रशिक्षण गर्दै आएको थियो । रास्वपाको स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थली काठमाडौंमा आयोजना भएको हो । पार्टी कार्यबाहक सभापति डोलप्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्त्वबारे प्रकाश पार्दै प्रशिक्षण सुरु गरेका थिए ।
प्रशिक्षणमा केन्द्रीय पार्टी पदाधिकारी, सदस्यहरू, सांसदहरूको उपस्थिति रहेको थियो । रास्वपाले यो प्रशिक्षणमा मूलतः ६ वटा मुख्य विषय प्रशिक्षणमा समेटेको छ ।
१. राजनीतिक प्रशिक्षण
२. शासन प्रणाली
३. समाज, सामाजिक न्याय र कानुन
४. अर्थराजनीति र भूराजनीति
५. सांगठनिक, जिम्मेवारी र लक्ष्य
६. प्रशासनिक व्यवस्था
प्रशिक्षणका ६ मुख्य शीर्षकहरूलाई १५ भागमा विभाजन गरी कुल ५६ वटा विषयहरूमा दुईदिने प्रशिक्षण सञ्चालन भएको छ । प्रशिक्षणमा कक्षागत प्रशिक्षण, व्यावहारिक अभ्यास र दस्ताबेज अध्ययनलाई विधिको रूपमा लिइएको छ । जसमा व्याख्यान, प्रस्तुति र समूह छलफल, घटना अध्ययन, भूमिका नाटक र सामूहिक कक्षा, सम्बन्धित पुस्तक, संविधान र पार्टी दस्ताबेजहरू अध्ययनजस्ता विधिहरू समावेश गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: