Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

यस्ताे छ एकीकृत समाजवादीको १३ बुँदे आचारसंहिता (पूर्णपाठ)

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीले १३ बुँदे आचारसंहिता लागू गरेकाे छ । पार्टीका नेता कार्यकर्ताको आचरण र व्यवहार पार्टीले अँगालेको क्रान्तिकारी सिद्धान्तअनुरूप बनाउन भन्दै आचासंहिता बनाएर लागू गरेकाे हाे । 

शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव नेपालले १३ बुँदे आचारसंहिता पेस गरेका हुन् । आचारसंहितामा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार सरल हुनु हुनुपर्ने र उनीहरूको जीवनशैली सादा हुनुपर्ने उल्लेख छ ।

कम्युनिस्ट नैतिकताको मूल पक्ष व्यक्तिवादलाई विस्थापित गर्दै सामूहिकतावाद स्थापित गर्नु भएको आचारसंहितामा उल्लेख छ । जसअनुसार यसको अर्को पक्ष निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नु भएको आचारसंहितामा उल्लेख छ । 

महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्ने उल्लेखसहित आचारसंहितामा भनिएको छ, ‘हामीले व्यवहारमा कम्युनिस्ट नैतिकता प्रदर्शन गर्नुपर्दछ, गर्नेछौँ । परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ । कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन ।’

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को
आचार संहिता

१. उद्देश्य: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताको आचरण र व्यवहार पार्टीले अँगालेको क्रन्तिकारी सिद्धान्त अनुरुप बनाउन आचार संहितामार्फत निर्देश गर्नु उपयुक्त हुने भएकाले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को विधान २०८१ कोधारा १३७ ले दिएको अधिकार प्रयोग गरी यो आचार संहिता बनाएर जारी गरेको छ ।

२. प्रारम्भ: यो आचार संहिता नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीले
पारित गरेको दिनदेखि प्रारम्भ हुनेछ ।

३. पालनकर्ता: यस आचार संहिताका पालनकर्ता नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का
सबै नेता तथा कार्यकर्ताहरु हुन् ।

४. मार्गदर्शक सिद्धान्त: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को मार्गदर्शक सिद्धान्त-माक्र्सवाद–लेनिनवाद हो । माक्र्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्वदृष्टिकोण हो । यसले सबै किसिमका शोषण, दमन र उत्पीडन तथा विभेद र असमानताको विरोध गर्छ । श्रमजीवी वर्गको पक्षपोषण गर्छ, सार्वभौमसत्ता जनतामा रहन्छ भन्ने मान्दछ र सिद्धान्त अनुसार व्यवहार गर्नु पर्नेमा जोड दिन्छ ।

५. मूल्य मान्यता: कम्युनिष्ट पार्टीका मूलभूत मूल्य मान्यता हुन् श्रमको सम्मान गर्ने, श्रम शोषण नगर्ने, आफै पनि श्रम गर्ने, सबै किसिमका शोषण, दमन र अन्याय अत्यचारको विरोध गर्ने, सबै किसिमका विभेद र असमानताको विरोध गर्दै समानताको पक्षपोषण गर्ने र समाजको आर्थिक–सामाजि–सांस्कृतिक रुपान्तरण अर्थात् आमूल परिवर्तन गर्न निरन्तर लागिपर्ने । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सबै नेता तथा कार्यकर्ताले यिनै मूल्य मान्यतालाई अँगालेर व्यवहारमा उतार्न पहल गर्नु पर्दछ ।

६. आचारण: हामीले पार्टीको विधानमा नै उल्लेख गरेका छौँ कि पार्टीका नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्दछ र उनीहरुको खानपान, रहनसहन, बसउठ आदि सरल र सामान्य हनुपर्दछ । यो नै हाम्रो आचरणको मूल पक्ष हो । यसैलाई हामीले व्यवहारमा उतार्नु पर्दछ, उतार्न प्रतिबद्ध छौँ ।

७. नैतिकता: कम्युनिष्ट नैतिकताको मूल पक्ष व्यक्तिवादलाई विस्थापित गर्दै सामुहिकतावाद स्थापित गर्नु हो । यसको अर्को पक्ष निजी स्वार्थको परित्याग गरी सामुहिक हित राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नु हो । हामीले व्यवहारमा यही कम्युनिष्ट नैतिकता प्रदर्शन गर्नुपर्दछ, गर्नेछौँ । परपुरुष–परस्त्री शारिरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारिरिक सम्बन्ध राख्ने कार्य अनैतिक
मानिन्छ । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन । महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नु पर्दछ ।

८. व्यवहार: कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार सरल हुनु पर्दछ, र उनीहरुको जीवनशैली सादा हुनुपर्दछ भन्ने आम मान्यता रहेको छ । सादा जीवन उच्च विचार भन्ने सूत्र नै छ । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु एक आपसमा र जनतासँग शिष्ट, मर्यादित, सम्मानजनक र समानताको व्यवहार गर्ने हुनु पर्दछ । बोल्दा अश्लील र अपशव्दको प्रयोग गर्नु हुँदैन । कुनै वर्ग, जाति, समुदाय, लिब्ग, क्षेत्र, धर्म र संस्कृतिको मर्यादा तथा गरिमामा आँच पुग्ने गरी अभिव्यक्ति दिन या व्यवहार गर्नु हुँदैन । उनीहरु वर्गीय तथा जातीय भेदभाव नगर्ने, र छुवाछतजन्य व्यवहार नगर्ने हुनुपर्दछ । उनीहरुको आर्थिक जीवन र व्यवहार पारदर्शी हुनु पर्दछ । उनीहरुले अनैतिक कृयाकलाप गरी कुनै आर्जन गर्नु हुँदैन । उनीहरुको आर्थिक आचरण भ्रष्ट हुनु
हुँदैन । उनीहरु भ्रष्टाचारका विरुद्ध दृढतापूर्वक उभिनु पर्दछ ।

९. जिम्मेवारी बहन: जिम्मेवारी बहन गर्नु पार्टी जीवनको एउटा महत्वपूर्ण पक्ष हो । पार्टीले आफुलाई दिएको जिम्मेवारी बहन गर्नु पार्टीका हरेक सदस्यको परम कर्तव्य हो । आफुलाई प्राप्त जिम्मेवारी पूरा गर्न पार्टीका हरेक नेता तथा कार्यकर्ता दत्तचित्त भएर लाग्नु पर्दछ । जिम्मेवार बहन नगरेका खण्डमा कारबाही विषय बन्नेछ ।

१०. जवाफदेहीता: जवाफदेहीता पार्टी जीवनको अर्को महत्वपूर्ण पक्ष हो । पार्टीका प्रत्येक नेता तथा
कार्यकर्ता आफुले गरेको हरेक कामप्रति जवाफदेही वा उत्तरदायी हुनु पर्दछ । हरेकले आफुले गरेको कामको जिम्मेवारी लिनु पर्दछ । गैर जिम्मेवार हुनु हुँदैन, त्यसो गर्न मिल्दैन ।

११. अध्ययनशीलता: अध्ययाशीलता कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताको विशेष पहिचान हो । उनीहरु अध्ययनशील हुन्छन्र हुनुपर्दछ । कुनैपनि विषयमा राम्रोअध्ययन गरेर मात्र निर्णयमा पुग्ने गर्नु पर्दछ । अध्ययन नगरी वा राम्रोसँग नबुझी गरिएको निर्णय अपरिपक्व हुन सक्दछ । हामीले अध्ययन गर्नै पर्छ र कुरा राम्ररी बुझ्नै पर्छ । अध्ययन गर्न अल्छी गरेर राम्ररी नबुझी निर्णय गर्ने काम कदापि गर्नु हुदैन ।

१२. अनुशासनको पालना: पार्टी विधानको धारा ११९ मा उल्लेख भए बमोजिम अनुशासनको पालना गर्नु र अनुशासन उलब्घन भएको मानिने भनेर धारा १२० मा उल्लेख गरिएका काम नगर्नु पार्टीका हरेक नेता तथा कार्यकर्ताको कर्तव्य हो । एउटा सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीमा जनवाद र अनुशासनको सन्तुलन हुन्छ, हुन पर्दछ । त्यसैलाई हामी जनवादी केन्द्रीयता पनि भन्दछौँ । हेरक कुराको सीमा हुन्छ । जनवाद र अनुशासनको पनि सीमा हुन्छ । पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक पार्टीका हरेक विषयमा बोल्न र मत राख्न पाइन्छ तर पार्टी निर्णयका विरुद्ध आफ्नो पार्टी कमिटीभन्दा बाहिर गएर बोल्न र मत राख्न पाइदैन । आफ्नो मत वा धारणा भए पनि पार्टी निर्णयको अभज्ञा गर्न पाइदैन । पार्टी निर्णय लागू गर्नु पर्दछ । अरुका विचारको सम्मान गर्नु पर्दछ । यही हो जनवाद र अनुशासनको सन्तुलन वा सीमा । यस सीमाभित्र रहनु सबैको कर्तव्य हो, यसलाई नाघ्नु दण्डनीय हुन्छ ।

१३. आचार संहिताको पालना: आचार संहिताको पालना गर्नु पार्टीका सबै नेता तथा कार्यकर्ताको कर्तव्य हो । पार्टी विधानको धारा ११७ (२) मा आचार संहिताको पालना गर्नु पार्टीका सम्पूर्ण सदस्यको कर्तव्य हुनेछ भनी निर्देश गरिएकालेअचार संहिताको पालना भएन भने विधानको पनि पालना नभएको ठहर्नेछ र त्यो कार्बाहीको विषय बन्नेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE