Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

काङ्ग्रेस देशको राजनीतिमा जिम्मेवार छ: महामन्त्री थापा

खबरडबली संवाददाता

माेरङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वाधीनताको सम्बन्धमा कुनै सम्झौता नहुने बताएका छन् । 

कोशी प्रदेशको राजधानी विराटनगरमा शुक्रबार नेपाली काङ्ग्रेस सूचना तथा प्रचार विभागको आयोजनामा भएको ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’को उद्घाटन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले कांग्रेसले देशको महत्त्वपूर्ण निर्णयमा नेतृत्व गरेको इतिहास संस्मरण गर्दै काङ्ग्रेसलाई अब राष्ट्रिय पार्टी र मतले मात्र नहुने उल्लेख गरे । काङ्ग्रेस देशको राजनीतिमा जिम्मेवार हुनुपर्ने समय आएकोले सोही अनुसार सम्हाल्ने र मिलाउने भूमिकामा कांग्रेस रहनु पर्ने उनको भनाइ थियो ।

कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देम्बेले पार्टीलाई निश्चित दिशा दिन अभियानले सकारात्मक प्रभाव पर्ने बताए । केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले गरेका राम्रा कामको प्रचार र चुनौतीबारे छलफल गर्न सबै प्रदेशमा अभियान थालिएको बताए । केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेससँग युवाको लिगेसी कायमै रहेको बताए । 

अर्का केन्द्रीय सदस्य  भीम पराजुलीले पार्टीको आन्तरिक चुनाव र भातृ संस्थाको आवधिक चुनाव समयमै गर्नुपर्नेमा जोड दिए । सूचना तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा पूर्व मन्त्री तारामान गुरुङ लगायतले बोलेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending