काठमाडौं । ‘नो केबलकार’ अभियानकर्ताहरुले आफूहरुले पर्यावरण र आदिबासीको पहिचान जोगाउन माग राख्दा आफूहरुमाथि कुटपिट भएको गुनासो गरेका छन् ।
शुक्रबार यहाँ पत्रकार सम्मेलन गर्दै पहिचानवादी नेता तथा प्रतिनिधिहरुले आफूहरु संयमित रुपमा सांस्कृतिक पहिचान संरक्षण गर्ने अभियानमा रहेको बताए । शान्तिपूर्ण आन्दोलनमा सुरक्षाकर्मीले बल प्रयोग गर्नु दुःखद भएको भन्दै उनिहरुले वार्ताको माध्यमबाट समयमै समस्या समाधान गर्न आग्रह गरे ।
‘सांस्कृतिक पहिचान जोगाइदेऊ मात्र भनेका छौं, हाम्रो अरु केही स्वार्थ छैन’, पहिचानवादी नेताहरुले भने, “हाम्रो मागको सुनुवाई सरकारले सुनेन, त्यही भएर संघर्षको कार्यक्रम अघि बढेको हो, सरकारले समयमै निकास खोजोस् ।’
पत्रकार सम्मेलनमा अलङ्कार कुलुङले सुरक्षाकर्मीले पहिचान माग्नेहरुमाथि अनावश्यक बल प्रयोग गरेको र पत्रकारलाई समेत निसाना बनाएको गुनासो गरे । समाचार संकलन गर्न गएका पत्रकारमाथि कुटपिट हुनु दुःखद भएको भन्दै उनले पत्रकारलाई अभियानमा सहयोग गर्न आग्रह गरे ।
अर्का पहिचानवादी नेता यासेली योङहाङले पत्रकार र संघर्षरत पक्षमाथि गरिएको सुरक्षाकर्मीको बल प्रयोगले पञ्चायतकालीन घटनाको स्मरण गराएको बताए । पहिचानवादीहरु शालीन भएर पहिचान मागेको उनको भनाइ छ ।
अधिवक्ता विनोदमणि भट्टराईले मुकुम्लुङ क्षेत्रको पहिचान जोगाउन त्यहाँको स्थानीयहरु लागे पनि व्यापारीक समूहले पहिचान खोस्ने प्रयास गरेको आरोप लगाए । समाचार संकलन गर्न गएका पत्रकारमाथि समेत कुटपिट गर्नु झन दुःखद भएको उनको भनाइ छ ।
सो कार्यक्रममा कुश्लब केसी, नेत्र परियार, लवन न्यौपाने लगायतले पहिचानवादी पक्षसँग सरकारले संवेदनशील भएर वार्ता गरी समस्या समाधान गर्न सुझाव दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: