काठमाडौं । ‘नो केबलकार’ अभियानकर्ताहरुले आफूहरुले पर्यावरण र आदिबासीको पहिचान जोगाउन माग राख्दा आफूहरुमाथि कुटपिट भएको गुनासो गरेका छन् ।
शुक्रबार यहाँ पत्रकार सम्मेलन गर्दै पहिचानवादी नेता तथा प्रतिनिधिहरुले आफूहरु संयमित रुपमा सांस्कृतिक पहिचान संरक्षण गर्ने अभियानमा रहेको बताए । शान्तिपूर्ण आन्दोलनमा सुरक्षाकर्मीले बल प्रयोग गर्नु दुःखद भएको भन्दै उनिहरुले वार्ताको माध्यमबाट समयमै समस्या समाधान गर्न आग्रह गरे ।
‘सांस्कृतिक पहिचान जोगाइदेऊ मात्र भनेका छौं, हाम्रो अरु केही स्वार्थ छैन’, पहिचानवादी नेताहरुले भने, “हाम्रो मागको सुनुवाई सरकारले सुनेन, त्यही भएर संघर्षको कार्यक्रम अघि बढेको हो, सरकारले समयमै निकास खोजोस् ।’
पत्रकार सम्मेलनमा अलङ्कार कुलुङले सुरक्षाकर्मीले पहिचान माग्नेहरुमाथि अनावश्यक बल प्रयोग गरेको र पत्रकारलाई समेत निसाना बनाएको गुनासो गरे । समाचार संकलन गर्न गएका पत्रकारमाथि कुटपिट हुनु दुःखद भएको भन्दै उनले पत्रकारलाई अभियानमा सहयोग गर्न आग्रह गरे ।
अर्का पहिचानवादी नेता यासेली योङहाङले पत्रकार र संघर्षरत पक्षमाथि गरिएको सुरक्षाकर्मीको बल प्रयोगले पञ्चायतकालीन घटनाको स्मरण गराएको बताए । पहिचानवादीहरु शालीन भएर पहिचान मागेको उनको भनाइ छ ।
अधिवक्ता विनोदमणि भट्टराईले मुकुम्लुङ क्षेत्रको पहिचान जोगाउन त्यहाँको स्थानीयहरु लागे पनि व्यापारीक समूहले पहिचान खोस्ने प्रयास गरेको आरोप लगाए । समाचार संकलन गर्न गएका पत्रकारमाथि समेत कुटपिट गर्नु झन दुःखद भएको उनको भनाइ छ ।
सो कार्यक्रममा कुश्लब केसी, नेत्र परियार, लवन न्यौपाने लगायतले पहिचानवादी पक्षसँग सरकारले संवेदनशील भएर वार्ता गरी समस्या समाधान गर्न सुझाव दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: