Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

नेपाली नयाँ वर्षमा लेकसाइडमा फेवा महोत्सव

खबरडबली संवाददाता

पाेखरा । पर्यटन राजधानी पोखरामा नेपाली नयाँ वर्ष धूमधामसँग मनाउने तयारी सुरु भएको छ । अङ्ग्रेजी नयाँ वर्ष भव्य रुपमा महोत्सव गरी मनाइँदै आएको पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा नयाँ वर्ष २०८२ लाई विशेष तवरले मनाउन लािगएको हो ।

नेपाली नयाँ वर्षमा २० औँ पटक आयोजना गर्न लागिएको फेवा नव वर्ष महोत्सवको तयारी तीव्र बनाइएको छ । होटल संघ पोखराले आगामी चैत ३० देखि वैशाख १ गतेसम्म लेकसाइडको करिब तीन किलोमिटरमा महोत्सव आयोजना गर्दै छ ।

महोत्सवलाई सफल बनाउन तयारी थालिएको र विभिन्न उपसमिति गठन गरिएको होटल संघ अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । “अङ्ग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई पनि मनाउँदै नेपाली कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य महोत्सव गर्दै छौँ,” उनले भने । 

ड्यामसाइडदेखि गैराको चौतारासम्मको सडकमै महोत्सव आयोजना हुनेछ । खानाका परिकार, नेपाली मौलिक कला र संस्कृति झल्कने नाच, पर्यटकीय स्टल र खेलकुद गतिविधि यसका आकर्षण हुनेछन् । महोत्सव अवधिभर पाहुनालाई संघले प्रदान गर्ने विशेष छुटको चाँडै घोषणा गरिने जनाइएको छ ।

महोत्त्सवलाई आयोजक समितिले उपसमितिका संयोजकको जिम्मेवारी बाँडफाँडसमेत गरिसकेको छ । महोत्सवको प्रचारप्रसारसहित आन्तरिक पर्यटकलाई पोखराको निम्तो दिनसंघले दुई दशक अघिदेखि ‘जाउँ है पोखरा’ अभियानसमेत सञ्चालन गर्दै आएको महोत्सवका सहसंयोजक गणेशराज पहारीले उल्लेख गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending