Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

नेपाली नयाँ वर्षमा लेकसाइडमा फेवा महोत्सव

खबरडबली संवाददाता

पाेखरा । पर्यटन राजधानी पोखरामा नेपाली नयाँ वर्ष धूमधामसँग मनाउने तयारी सुरु भएको छ । अङ्ग्रेजी नयाँ वर्ष भव्य रुपमा महोत्सव गरी मनाइँदै आएको पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा नयाँ वर्ष २०८२ लाई विशेष तवरले मनाउन लािगएको हो ।

नेपाली नयाँ वर्षमा २० औँ पटक आयोजना गर्न लागिएको फेवा नव वर्ष महोत्सवको तयारी तीव्र बनाइएको छ । होटल संघ पोखराले आगामी चैत ३० देखि वैशाख १ गतेसम्म लेकसाइडको करिब तीन किलोमिटरमा महोत्सव आयोजना गर्दै छ ।

महोत्सवलाई सफल बनाउन तयारी थालिएको र विभिन्न उपसमिति गठन गरिएको होटल संघ अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । “अङ्ग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई पनि मनाउँदै नेपाली कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य महोत्सव गर्दै छौँ,” उनले भने । 

ड्यामसाइडदेखि गैराको चौतारासम्मको सडकमै महोत्सव आयोजना हुनेछ । खानाका परिकार, नेपाली मौलिक कला र संस्कृति झल्कने नाच, पर्यटकीय स्टल र खेलकुद गतिविधि यसका आकर्षण हुनेछन् । महोत्सव अवधिभर पाहुनालाई संघले प्रदान गर्ने विशेष छुटको चाँडै घोषणा गरिने जनाइएको छ ।

महोत्त्सवलाई आयोजक समितिले उपसमितिका संयोजकको जिम्मेवारी बाँडफाँडसमेत गरिसकेको छ । महोत्सवको प्रचारप्रसारसहित आन्तरिक पर्यटकलाई पोखराको निम्तो दिनसंघले दुई दशक अघिदेखि ‘जाउँ है पोखरा’ अभियानसमेत सञ्चालन गर्दै आएको महोत्सवका सहसंयोजक गणेशराज पहारीले उल्लेख गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending