Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घ आन्दोलित

खबरडबली संवाददाता

कपिलवस्तु । विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्न माग गर्दै नेपाल शिक्षक महासङ्घ चरणबद्ध आन्दोलन सुरु गरेको छ  । महासङ्घले २०७५, २०७८ र २०८० मा सरकारसँग भएको सहमति कार्यान्वायन नभएको भन्दै आफ्ना विभिन्न मागसहितको ज्ञापनपत्र शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुमा बुझाएको हो । 

मुलुकमा सङ्घीय शासन व्यवस्था लागु भएको एक दशक बित्न लाग्दा समेत नयाँ शिक्षा ऐन आउन नसक्नु दुखद भएको शिक्षकहरू बताउँछन् । नेपाल शिक्षक महासङ्घ कपिलवस्तुका अध्यक्ष गोविन्द पोखरेलले विगतमा शिक्षकहरूको आन्दोलनपछि सरकारसँग भएका सहमति अझैसम्म सम्बोधन नभएका कारण शिक्षकहरूका माग समेटेर तत्कालै शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले एकाइ ज्ञापन पत्र बुझाएको बताए । 

अहिले पनि २०२८ सालमा जारी भएकै ऐन कार्यान्वयनमा रहेका कारण विद्यालय शिक्षामा देखिएका समस्याहरू समाधान हुन नसकेको उनले स्पष्ट पारे । उनले भने, ‘‘मुलुक तीन तहको सङ्घीय संरचनामा गई सक्दा समेत पुरानै ऐनबाट काम गर्नुपर्दा विद्यालय शिक्षामा धेरै समस्याहरू देखिएका छन् ।’’ नयाँ ऐन जारी गर्न सरकारसँग बारम्बार माग गरे पनि कुनै सुनुवाइ नभएपछि शिक्षकहरू आन्दोलित हुनु परेको उनको भनाइ छ ।

महासङ्घका अनुसार स्थायी, राहत, शिक्षण–सिकाइ अनुदान, अस्थायी, करार, प्राविधिक शिक्षा, विशेष शिक्षा, तथा संस्थागत विद्यालयका शिक्षक र विद्यालय कर्मचारीहरूको पेसागत माग सम्बोधन हुनुपर्नेमा सरकार अलमलमा परेको छ । साथै विद्यालय शिक्षा ऐन संसदीय प्रक्रियामा रहेको बेला सरकारले निवृत्तिभरण सम्बन्धी अध्यादेश ल्याएर शिक्षकको भावना विपरीत कदम चालेको महासङ्घको आरोप छ ।

महासङ्घका पदाधिकारीहरूले शिक्षक, विद्यालय कर्मचारीको तलबमा सुधार, ग्रेड मिलान, शिक्षक अस्पताल, शिक्षकको मर्यादाक्रम, तथा शिक्षक–मैत्री विद्यालय शिक्षा ऐन जारी गरिनुपर्ने माग अघि सारेको छ । उनीहरूले माग सम्बोधन नभए अवरोधात्मक आन्दोलन, बहिष्कार र काठमाडौं केन्द्रित सडक प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् ।

ज्ञापनपत्र बुझ्दै शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका प्रमुख लोकनाथ मरासिनीले सबैको माग सम्बोधन हुने गरी शिक्षा ऐन आउन जरुरी रहेको बताए । महासङ्घले बुझाएको माग पत्रलाई जस्ताको त्यस्तै शिक्षा मन्त्रालयमा बुझाउने उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE