सर्लाही । शिलान्यास भएको १२ वर्षपछि सर्लाहीको दक्षिण–पूर्वी ग्रामीण भेगमा पर्ने हरिपूर्वामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएको छ ।
हरिपूर्वा नगरपालिका–२, मा निर्माण गरिएको अस्पतालको शुक्रबार नगरप्रमुख विनोदकुमार साह तेली, उपप्रमुख सुमित्रादेवी ग्वारनी र सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले संयुक्तरूपमा उद्घाटन गरेका हुन् । २०६९ साल मङ्सिर २ गते तत्कालिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री राजेन्द्र महतोले अस्पताल भवनको शिलान्यास गरेका थिए ।
भवन निर्माणको काम दस वर्ष लगाएर २०७९ सम्पन्न गरी सहरी विकास तथा भवन कार्यालयले हरिपूर्वा नगरपालिकालाई हस्तान्तरण गरेको थियो । हरिपूर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह तेलीले नगरपालिकालाई अस्पताल भवन हस्तान्तरण भएपश्चात गत वर्षदेखि नै सेवा सञ्चालनमा ल्याउने गरी बजेट विनियोजन गरिए पनि बेलैमा नगरसभा हुन नसक्दा यो वर्षलाई सारिएको बताए ।
यो वर्ष असारमै बजेट पारित भएकाले आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद, चिकित्सक र अन्य स्वास्थ्यकर्मी नियुक्त गरी नगर अस्पताल सञ्चालनमा ल्याइएको नगरप्रमुख साहले बताए । अस्पताल सञ्चालनका लागि दुई जना एमबिबिएस चिकित्सक, एक जना रेडियोग्राफर, आँखासम्बन्धी रोगको उपचार गर्ने एक जना स्वास्थ्यकर्मी र तीन जना सिनियर अहेब नियुक्त गरिसकिएको हरिपूर्वा नगरपालिकाको स्वस्थ्य शाखाका संयोजक रामएकवाल रायले बताए ।
पाँच जना जग्गादाताले प्रदान गरेको १० कट्ठा जग्गामा अस्पताल भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । नगरपालिकाले अस्पताल उद्घाटन समारोहमा शुक्रबार जग्गादातालाई कदर–पत्रसहित सम्मान गरेको छ । जग्गादाता विनोद साहले वर्षौको प्रतीक्षापछि आफूहरूले प्रदान गरेको जग्गामा अस्पताल सञ्चालन हुँदा अत्यन्त खुसी लागेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: