Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि बेलायती राजदूतको भेट

खबरडबली संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि बेलायतका राजदूत रोब फेनबिच शिष्टाचार भेटवार्ता भएको छ । 

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रद्वारा आयोजित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रममा सहभागी हुने क्रममा आज भएको भेटमा उनिहरू बिचमा दुई देशबिचको ऊर्जा क्षेत्रका विविध विषयमा छलफल भएको थियो । 

भेटमा ऊर्जामन्त्री खड्काले २०९ वर्ष पुरानो सम्बन्ध रहेको बेलायतले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा युकेएडमार्फत पुर्‍याउँदै आएको योगदानको उच्च कदर गरे । उनले बेलायतले नेपाललाई ऊर्जा क्षेत्र सहायता कार्यक्रम, राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रम, भूकम्पपछिको पुनः स्थापना तथा पुनर्निर्माण सहयोगप्रति आभार व्यक्त गरे । 

भेटमा मन्त्री खड्काले नेपाल सरकारले हालै पारित गरेको ऊर्जा विकास मार्गचित्र, २०८१ ले राखेको विद्युत् उत्पादनको लक्ष्यलाई पूरा गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए । उनले नेपालका लागि बेलायती राजदूतावासमार्फत सहयोग हुँदै आएको केन्द्रीय नवीकरणीय ऊर्जा कार्यक्रमलाई दुई वर्ष थप गर्न अनुरोध गरे । उनले नेपालमा नवीकरणीय ऊर्जा र स्वच्छ ऊर्जा सङ्क्रमणको यात्रामा बेलायतको निरन्तर साझेदारीप्रति आभार व्यक्त गर्दै भविष्यमा दुई पक्षीय सहकार्य अझै बलियो हुने आशा व्यक्त गरे । 

भेटमा नेपालका लागि बेलायती राजदूत रोबले हालैका केही दिनमा नेपालले ऊर्जा क्षेत्रको विकासमा चालेका कदमहरु सराहनीय रहेको बताए । उनले नेपालले जलविद्युत् तथा नवीकरणीय ऊर्जाका अन्य स्रोतहरूलाई सन्तुलनमा राखेर भई रहेको कार्यले नेपाल मात्र नभई भारतलाई समेत स्वच्छ ऊर्जा उपलब्धतामा महत्त्वपूर्ण सघाउ पुगेको बताए । उनले आगामी दिनमा बेलायत सरकारले ऊर्जाका अन्य क्षेत्रमा सघाउन लगानी समितिसँग छलफल भइरहेको जानकारी गराए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE