ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबुलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबिच झडप हुँदा तेह्र जना घाइते भएका छन् । बिहीबार केबुलकार निर्माणस्थलमा भएको झडपमा प्रहरीसहित १३ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार केबुलकारको विरोध गर्दै आएको पक्ष र प्रहरीबिच झडप हुँदा ११ जना प्रहरी, एकजना आन्दोलनकर्मी र एकजना सर्वसाधारण अर्थात सवारी चालक घाइते भएका छन् । प्रहरीतर्फ घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी रहेका छन् ।
नो केबुलकार समूहले पूर्वघोषित कार्यक्रमअनुसार बिहीबार पाथीभरा क्षेत्रमा पदयात्रासँगै केबुलकारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा आन्दोलनरत पक्ष केबुलकार निर्माणस्थलतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । आन्दोलनरत पक्षको प्रदर्शनलाई नियन्त्रण्मा लिन प्रहरीले सात राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।
नो केबुलकार समूहको प्रदर्शन असमान्य हुने स्थिति बनेपछि अश्रुग्यास प्रहार गर्नुपरेको प्रमुख नेत्रप्रसाद शर्माको भनाइ छ । आन्दोलनरत पक्षले केबुलकारविरुद्ध चर्को नाराबाजीसहित प्रदर्शन गर्दै निर्माणस्थलमै कोणसभा गरेका छन् । यता झडपमा परी घाइते भएकाहरुलाई एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
यस्तै पदयात्रा सुरु गर्नुपूर्व पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा आयोजित कोणसभालाई पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले सम्बोधन गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै उनिहरुले केबुलकार निर्माण गर्न नहुने भनाइ राखे ।
यता पदयात्रामा सहभागी हुन जसपा नेपालका नेता तथा पूर्वमन्त्री रकम चेम्जोङ, पूर्वमन्त्री गोपाल किराँतीलगायतका नेता सहभागी बनेका छन् । केबुलकारको विरोध गर्दै आएको नो केबुलकार पक्षले मङ्गलबारदेखि बिहीबार तीन दिनसम्म घोषित कार्यक्रमअनुसार पाथीभरा क्षेत्रमा केबुलकारविरुद्ध पदयात्रा गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: