Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

पानी परेपछि रसुवाका किसान हर्षित

खबरडबली संवाददाता

रसुवा । यस वर्षको हिउँदमा वर्षा नभएपछि चिन्तित हिमाली जिल्ला रसुवाका किसान अहिले खुसी देखिएका छन् । गत असोज १२ गतेपछि करिब पाँच महिना वर्षा नहुँदा आलु, गहुँलगायतका बालीनाली ओइलिएर सखाप भएको अवस्थामा परेको पानीका कारण स्थानीय कृषक खुसी भएका हुन् । 

यार्सा दोक्लाङका किसान रामकाजी तामाङ जमिनमा चिसोपनको अभावले ओइलाउन थालेका बारीका गहुँका बोट यही मङ्गलबारको वर्षासँगै जागाराम हुन थालेकामा हर्षित देखिन्छन् । उनले भने, “खेतीपाती गरी जीविका चलाइरहको जिल्लाका म जस्तै किसान अहिलेको वर्षापछि खुसी छौँ, ढिलै भए पनि धन्न पानी पर्‍यो, बालीनालीले जीवन पाए, धेरै थोरै उब्जाउ होला नै, अब भने बाँच्ने भइयो ।”

वर्षाका कारण हिउँदे बालीको जरामा चिसोपन बस्नाका साथै आलु रोप्न पाइने भएको छ । उत्तरी रसुवामा वर्षे आलु र मकै तथा दक्षिणी भेकको प्रमुख बाली  मकै लगाउने समय नजिकिँदै गर्दा आएको वर्षालाई आफूहरूले अमृतका रुपमा लिएको स्थानीय किसानको भनाइ छ । यसै गरी, जमिनमा चिसोपन बढेपछि चौपायाको चरण क्षेत्रमा हरियाली छाउने तथा वनजङ्गलमा लागेको डढेलोका कारण त्राहीमाम बनेको जनजीवनलाई राहत पुग्ने भएकाले स्थानीय किसानसहित जिल्लावासीमा उत्साह छाएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउँछन् । 

जिल्लाको लेकदेखि बेंसीसम्म पूरै भागमा पानी परेको र विशेषगरी गाउँले किसान खुसी भएको भन्ने जानकारी मातहतका कार्यालयहरुबाट प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । स्थानीय बासिन्दाका अनुसार हिउँदको अन्त्यतिर भएको यो वर्षासँगै उच्च भागमा हिमपात भई जिल्लाको गोसाइँकुण्ड, लाङटाङ, नाकथली, गतलाङलगायतका क्षेत्रमा अहिले हिउँ परिरहेको छ । 

गोसाइँकुण्ड धार्मिकमार्गअन्तर्गत ढिम्सादेखि माथि चन्दनबारी चोलाङपाटी, लौरीविनायक, गणेशगौँडालगायतका स्थानमा हिउँ परेका कारण साहसिक पदयात्रामा जाने यात्रुलाई थप रोमाञ्चित बनाउने र हिउँमा खेली आनन्दित बनाउने स्थानीय होटल व्यवसायीले जनाएका छन् । यस किसिमको अवसरको सदुपयोग गरी आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन सम्बद्ध पक्षसँग पर्यटन व्यवसायीले अनुरोध गरेका छन् । 

गत वर्ष पनि फागुनको पहिलो साता यसै समयमा हिउँ परेको जानकारी दिँदै वातावरण तथा प्रकृति संरक्षणसँग सम्बन्धित सङ्घसंस्थाहरूले हिउँदको अन्त्यतिर वर्षा हुँदाको प्रभाव कृषि व्यवसायका अतिरिक्त हाम्रो हिमालमा प्रत्यक्ष परेको भनी चिन्ता व्यक्त गरेका छन् । वातावरण परिवर्तनको प्रभावका कारण जिल्लाको उत्तरतर्फ अवस्थित हाम्रा हिमालका हिमरेखा बर्सेनि माथितिर सर्दै गइरहेकामा चिन्ता र चासो व्यक्त गरिएको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE