प्युठान । प्युठान नगरपालिका –१ खैराका भोजबहादुर बस्नेतले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा गाई तथा भैसीपालन गर्दै आएका छन् । गाउँमै गाई फार्म सञ्चालन गरेका बस्नेतले गाईमा कृत्रिम गर्भाधान गराउने गरेको बताउँछन् । उनले सहज भएकाले गाईमा कृत्रिम गर्भाधान गर्ने गरेको बताए ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले कृत्रिम गर्भाधानका लागि आवश्यक पर्ने औषधीसहित प्राविधिकलाई कृत्रिम गर्भाधानसम्वन्धी तालिमका लागि सहयोग गर्ने गरेको छ । जसलेगर्दा जिल्लामा रहेका सबै स्थानीय तहमा कृत्रिम गर्भाधानका लागि किसानलाई सहज रुपमा सेवा प्रवाह हुने गरेको छ । खैराकै हिमाल पोख्रेलले पनि आफ्नो व्यावसायिक फार्ममा गाईभैसीको कृत्रिम गर्भाधान गराउने गरेका छन् । उनले नियमित रुपमा कृत्रिम गर्भाधान गराउने गरेको बताए ।
जिल्लामा पछिल्लो समय पशुहरुमा कृत्रिम गर्भाधान गराउने किसान उत्प्रेरित भएका छन् । पाँच वर्षदेखि विजुवार टारीमा गाई पाल्दै आएकी लक्ष्मी भण्डारीले कृत्रिम गर्भाधान विधिले व्यवसायमा सहयोग पुगेको बताइन । “यो विधि सजिलो रहेछ” उनले भनिन्, “दोहोरिने सम्भावना कम हुन्छ ।”
प्युठानमा यस वर्ष एक हजार पशुमा कृत्रिम गर्भाधान गर्ने लक्ष्य छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले यस चालु आर्थिक वर्षमा उक्त सङ्ख्यामा पशुहरुमा कृत्रिम गर्भाधान गर्ने लक्ष्य राखेको हो । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका पशु चिकित्सक गणेश पुनले गाई, भैसी र बाख्रामा कृत्रिम गर्भाधान गर्ने कार्यक्रम रहेको बताए ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका अनुसार जिल्लामा रहेका व्यावसायिक गाई तथा भैसी फार्मले कृत्रिम गर्भाधानमा बढी जोड दिने गरेका छन् । कम खर्चिलो र सजिलो हुने भएकाले फार्ममा रहेका गाई तथा भैसीको कृत्रिम गर्भाधान गर्ने गरिएको छ । जिल्लामा पाँचवटा गाई फार्म र ११ वटा भैसी फार्म रहेका छन् ।
८४ हजार पशुमा कृत्रिमा गर्भाधान
आर्थिक वर्ष २०८०/८१ मा लुम्बिनी प्रदेशभर ८४ हजार ५९७ पशुमा कृत्रिम गर्भाधान गरिएको छ । ४३ हजार ४३६ गाई, ३९ हजार ९३४ भैसी र एक हजार २२७ बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ ।
रुपन्देहीमा ३१ हजार ७०६, नवलपरासीमा १७ हजार ९६, अर्घाखाँचीमा ६ हजार एक, पाल्पामा तीन हजार ४७३, कपिलवस्तुमा ६ हजार ३७६, बाँकेमा तीन हजार ७९ वटा पशुको कृत्रिम गर्भाधान गरिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्याङ्क छ ।
त्यसैगरी दाङमा चार हजार ३०, गुल्मीमा तीन हजार ८०, बर्दियामा आठ हजार २१२, रोल्पामा ५१९, प्यूठानमा ४९१ र रुकुममा ३४ वटा पशुको कृत्रिम गर्भाधान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: