Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

लुम्बिनी प्रदेशभर ८४ हजार पशुमा कृत्रिम गर्भाधान

खबरडबली संवाददाता

प्युठान । प्युठान नगरपालिका –१ खैराका भोजबहादुर बस्नेतले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा गाई तथा भैसीपालन गर्दै आएका छन् । गाउँमै गाई फार्म सञ्चालन गरेका बस्नेतले गाईमा कृत्रिम गर्भाधान गराउने गरेको बताउँछन् । उनले सहज भएकाले गाईमा कृत्रिम गर्भाधान गर्ने गरेको बताए । 

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले कृत्रिम गर्भाधानका लागि आवश्यक पर्ने औषधीसहित प्राविधिकलाई कृत्रिम गर्भाधानसम्वन्धी तालिमका लागि सहयोग गर्ने गरेको छ । जसलेगर्दा जिल्लामा रहेका सबै स्थानीय तहमा कृत्रिम गर्भाधानका लागि किसानलाई सहज रुपमा सेवा प्रवाह हुने गरेको छ । खैराकै हिमाल पोख्रेलले पनि आफ्‌नो व्यावसायिक फार्ममा गाईभैसीको कृत्रिम गर्भाधान गराउने गरेका छन् । उनले नियमित रुपमा कृत्रिम गर्भाधान गराउने गरेको बताए । 

जिल्लामा पछिल्लो समय पशुहरुमा कृत्रिम गर्भाधान गराउने किसान उत्प्रेरित भएका छन् । पाँच वर्षदेखि विजुवार टारीमा गाई पाल्दै आएकी लक्ष्मी भण्डारीले कृत्रिम गर्भाधान विधिले व्यवसायमा सहयोग पुगेको बताइन । “यो विधि सजिलो रहेछ” उनले भनिन्, “दोहोरिने सम्भावना कम हुन्छ ।”

प्युठानमा यस वर्ष एक हजार पशुमा कृत्रिम गर्भाधान गर्ने लक्ष्य छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले यस चालु आर्थिक वर्षमा उक्त सङ्ख्यामा पशुहरुमा कृत्रिम गर्भाधान गर्ने लक्ष्य राखेको हो । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका पशु चिकित्सक गणेश पुनले गाई, भैसी र बाख्रामा कृत्रिम गर्भाधान गर्ने कार्यक्रम रहेको बताए । 

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका अनुसार जिल्लामा रहेका  व्यावसायिक गाई तथा भैसी फार्मले कृत्रिम गर्भाधानमा बढी जोड दिने गरेका छन् । कम खर्चिलो र सजिलो हुने भएकाले फार्ममा रहेका गाई तथा भैसीको कृत्रिम गर्भाधान गर्ने गरिएको छ । जिल्लामा पाँचवटा गाई फार्म र ११ वटा भैसी फार्म रहेका छन् । 

८४ हजार पशुमा कृत्रिमा गर्भाधान

आर्थिक वर्ष २०८०/८१ मा लुम्बिनी प्रदेशभर ८४ हजार ५९७ पशुमा कृत्रिम गर्भाधान गरिएको छ । ४३ हजार ४३६ गाई, ३९ हजार ९३४ भैसी र एक हजार २२७ बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ ।

रुपन्देहीमा ३१ हजार ७०६, नवलपरासीमा १७ हजार ९६, अर्घाखाँचीमा ६ हजार एक, पाल्पामा तीन हजार ४७३, कपिलवस्तुमा ६ हजार ३७६, बाँकेमा तीन हजार ७९ वटा पशुको कृत्रिम गर्भाधान गरिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्याङ्क छ ।

त्यसैगरी दाङमा चार हजार ३०, गुल्मीमा तीन हजार ८०, बर्दियामा आठ हजार २१२, रोल्पामा ५१९, प्यूठानमा ४९१ र रुकुममा ३४ वटा पशुको कृत्रिम गर्भाधान गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending