काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले खाद्यपदार्थमा विषादी औषधिको प्रयोगसम्बन्धीमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसद कृष्णप्रसाद पौडेलले आम नागरिकको जीवनसँग सम्बन्धित दैनिक उपभोग्य वस्तु तरकारी र फलफूलमा विषादी प्रयोग अत्यधिक भएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, “विषादी मिसिएको तरकारी र फलफूलले आम जनतालाई रोगी बनाउँदै लगेको छ, विषादीको अत्यधिक प्रयोगले उपभोक्ताको क्यान्सर, मुटु र मिर्गौलामा प्रत्यक्ष असर पार्ने गरेको कुरा तथ्याङ्कले प्रमाणित गरेको छ, त्यसैले खाद्य वस्तुमा मिसावट स्वीकार्य छैन ।”
खाद्य वस्तुमा मिसावट गर्नु संविधानको धारा, ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हक र धारा, ३६ मा उल्लिखित खाद्यसम्बन्धी मौलिक हकको समेत ठाडो उल्लङ्घन हुने उनको भनाइ छ । उनले त्यसबारेमा सम्बन्धित निकायले समयमै अनुगमन गर्नुपर्ने माग गरे ।
सांसद उदयबहादुर बोहराले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सल्यानको श्रीनगरमा आयोजना गरेको ‘दोस्रो सल्यान महोत्सव’ हुने क्रममा गत माघ २६ गते ११ बजे आगलागी हुँदा स्टलहरु जलेर करोडौँको क्षति भएको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गरी व्यापारीलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने माग गरे ।
सांसद गोमादेवी तिमिल्सिनाले पशुपति विकास कोषमा कार्यरत ३७ जना मजदुर विगत लामो समयदेखि आन्दोलित भएको भन्दै उनीहरूको माग सम्बोधनको निम्ति सरकारसँग माग गरिन् । उनले भनिन्, “गत पुस १ गतेदेखि ३७ जना मजदुरहरू आन्दोलित छन्, ती मजदुरका बारेमा के भइरहेको छ, त्यसको सम्बन्धित निकायले जानकारी दिनुपर्छ ।” उनले हेटौँडाको औद्योगिक क्षेत्रभित्र काम गर्ने क्रममा एकजना मजदुर विद्युत्का कारण घाइते भएको उल्लेख गर्दै घाइतेको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: