Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

तनहुँमा विद्यार्थीलाई पन्यूले डामेको घटनाको छानविन गर्न समिति गठन

खबरडबली संवाददाता

तनहुँ । तनहुँमा विद्यार्थीलाई पन्यूले डामेको घटनाको छानविन गर्न उपसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । भिमाद नगरपालिकाकाले कार्यदल गठन गरेको हो । 

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव सन्तोष पौडेलको संयोजकत्वमा एक जना जनप्रतिनिधीसहित तीन सदस्यीय समिति गठन गरिएको भिमाद नगरपालिकाको उपप्रमुख शारदा खनालले जानकारी दिइन । भिमाद नपा–६ भिमाद बजारस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कार्यरत शिक्षिका ३४ वर्षीया सुष्मा श्रेष्ठले कक्षा ४ मा अध्ययनरत तीन बालकलाई पन्यूले डामेपछि सख्त घाइते भएका थिए । 

माघ २९ गते तातो पन्यूले डामेपछि तीनै जना घाइते भएका थिए । सो घटनाकी आरोपित शिक्षिका श्रेष्ठलाई प्रहरीले माघ ३० गते बिहान गिरफ्तार गरेर तनहुँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिइ अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । 

यस घटना प्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले विज्ञप्ति प्रकाशित गरि गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । इन्सेक गण्डकी प्रदेश कार्यालयले विज्ञप्ति प्रकाशित गरि उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो । नेपाल पक्ष राष्ट्र भएको वालअधिकार सम्बन्धी अन्तराष्ट्रिय महासन्धी १९८९ ले सबै सदस्य राष्ट्रहरुले वालवालिकाको सर्वोत्तम हितलाई उच्च प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिएको भन्दै इन्सेकले नेपालको संविधानको मौलिक हक अन्र्तगत धारा–३९ मा वालवालिकाको अधिकारलाई सम्वोधन गरिएको छ भने धारा ५१ को खण्ड (अ) को ५ ले राज्यले वालवालिकाको सर्वोत्तम हितलाई प्राथमिक रुपमा ध्यान दिने नीतिलाई राज्यको मुल नीतिको रुपमा आत्मसाथ गरेको जनाइएको छ ।

इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलद्वारा शनिबार जारी विज्ञप्तिमा वालवालिका सम्बन्धी ऐन २०७५ को दफा–७ को उपदफा–६ मा कुनैपनि वालवालिकाको शारिरिक तथा मानसिक स्वास्थ्यमा असर पर्ने कार्यबाट संरक्षण हुन पाउने अधिकारलाई सुनिश्चित गरेको छ साथै दफा–१६ को उपदफा–१ मा वालवालिकाको सर्वोत्तम हितलाई प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिएको जनाईएको छ । 

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुंदा नम्वर ६.३ को उद्धेश्य (३) को (ख)मा विद्यालयमा कुनैपनि वहानामा शारिरिक तथा मानसिक संजाय दिन नपाइने कुराको सुनिश्चितता गरिएको छ भने वालवालिका सम्बन्धी ऐन २०७५ को दफा–५७ ले वाल संरक्षणको व्यवस्था गरेको इन्सेकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

बाल अधिकारका नीम्ति राज्यले प्रतिवद्धता गरेका यति धेरै राष्ट्रिय र अन्तराष्ट्रिय कानुनी व्यवस्था र संवेदनशिलता हुँदाहुँदै मुलुकका विभिन्न स्थानमा पछिल्लो समय बाल अधिकार उल्लङ्घन विभिन्न घटनाहरु हुनु चिन्ताको विषय बन्न पुगेको भन्दै विज्ञप्तिमा वालअधिकार सम्बन्धी अन्तराष्ट्रिय प्रतिवद्धता, नेपालको संविधान र कानुनले व्यवस्था गरेको व्यवस्थाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न का साथै वालअधिकार उल्लङ्घनमा संलग्न दोषिहरु उपर निष्पक्ष र आवस्यक छानविन गरि कानुनी दायरामा ल्याउनका लागि सम्वद्ध सबै पक्षसँग जोडदार माग गरिएको छ ।

साथै विज्ञप्तिमा भविष्यमा वालअधिकार उल्लङ्घन सम्बन्धी कुनैपनि घटनाहरु नदोहोर्‍याउने र हरेक क्षेत्रलाई बालमैत्री बनाउने सुनिश्चिताका लागि समेत राज्यको ध्यानाकर्षण गराइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भ...

संसद् पुनर्स्थापनाको राजनीतिक चाल: स्थायित्वको आवरणमा अस्थिरताको निरन्तरतामा कांग्रेस-एमाले

काठमाडाैं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले खुला रूपमा अदालतसम्म जाने तयारीमा उत्रिनु वर्तमान नेपाली राजनीतिमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending