काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको दाबी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले उहाँ प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम आफ्नो पार्टीले गरेको भन्दै यसबारे हेक्का राख्न चुनौती दिए ।
उनले आफ्नै पहलमा नेकपा (माओवादी केन्द्र) सँग छलफल गरी अन्य राजनीतिक दलहरूलाई बोलाएर पारित गर्न नदिन पहल गरिएको बताए । अध्यक्ष नेपालले भने, ‘केपी ओलीको यो अध्यादेश अहिले यत्तिकै थन्किएको छ । झुन्डिएको छ । यो कसको कारणले हो ? हाम्रो कारणले हो । यो हेक्का होस् सबैलाई । हामीले पहल गर्यौँ सबैलाई, हामी एक्लै लड्न त सम्भव छैन । हामी र माओवादी पार्टीले पहल गर्यौँ । दुवैले सल्लाह गर्यौँ । प्रचण्डजीले तपाईंले भूमिका खेल्नुस् भन्नुभयो । किनभने मान्छेको पनि बोली बिक्दछ । त्यसपछि बैठकहरू बोलाइयो । बोलाएर साझा वक्तव्य निकाल्यौँ । पत्रकार सम्मेलन गरेर अध्यादेशहरूको बारेमा चुनौती दिँदै यदि यसलाई रोक्ने काम गरेनौ भने संसद्को विशेष अधिवेशन बोलाउन बाध्य हुनेछौँ भनेर भित्रभित्रै हस्ताक्षर गर्ने काम गरेका थियौँ । कति कुरा प्रचार गरिँदैन ।’
अध्यक्ष नेपालले नेकपा एमाले केपी बाको पार्टी भएको जिकिर गरे । एमालेले कम्युनिस्ट पार्टीको चरित्र गुमाएको आरोप लगाउँदै पार्टीको रूपमा नचलेको पनि बताए । उनले एमालेका कार्यकर्तालाई कम्युनिस्ट पार्टीकाे चरित्र निर्माण गर्न आग्रह गरे ।
उनले संसद् अधिवेशन बोलाउन ढिलाइ भइसक्दा पनि नबोलाउने र हतार हतार अध्यादेश ल्याउने कामबाटै सरकार बिचौलियाको प्रभावमा परेको दाबी गरे ।
सरकारले हालै दर्ता गराएको सामाजिक सञ्जाल नियमन विधेयकमा पनि गलत नियत रहेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले विधेयक पारित भए अनलाइन सञ्चारमाध्यमहरूले कसेको आलोचना गरेर समाचार लेख्नसमेत नपाउने दाबी गरे । आलोचना गरेर समाचार लेखे त्यस्ता सञ्चारमाध्यमलाई आर्थिक जरिवाना र जेलसम्मको दण्ड दिने नियत सरकारको रहेको उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: