बुटवल । नेपालका प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ ।
प्रथम सहिद लखन थापा मगरको १४८ औं स्मृति दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले प्रथम सहिद थापा मगरलाई सम्मानका लागि राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको हो ।
राष्ट्रिय विभूति घोषणा गरेर मगरको योगदानलाई सम्मान व्यक्त गर्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् । नेपाल मगर संघ केन्द्रीय समितिका सहअध्यक्ष दलबहादुर वीरकट्टा मगरले राज्यले प्रथम सहिद मात्रै घोषणा गर्ने तर उनको स्मृतिमा राज्यको तर्फबाट कुनै पनि सम्मानजनक कार्यहरु, गतिविधि तथा कार्यक्रमहरु पनि नगर्दा प्रथम सहिदको अपमान भएको बताए ।
उनले सहिद मगरको शालिक काठमाडौंमा रहेको सहिद गेटमा अनावरण गर्नुपर्ने, मध्यपहाडी लोकमार्गको नाम सहिद लखन थापाको नामबाट नामाकरण गरिनुपर्ने लगायतका संघले राखेका मागहरु राज्यले पूरा गर्नुपर्ने बताए । यसैगरी, बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले सहिदहरुले देखाएको बाटोमा हिँड्नु नै सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली र सम्मान हुने धारणा व्यक्त गरे ।
लखन थापामगर अक्षयकोष २०५६ रुपन्देही र नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज धनी आले, नेपाल मगर शिक्षक संघका केन्द्रीय महासचिव सूर्यविक्रम राना, संघकै लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष जनक थापामगर, संघका तिलोत्तमा नगर अध्यक्ष लीलमाया रानामगर लगायतले बोलेका थिए ।
कार्यक्रम संघका उपाध्यक्ष टेकबहादुर रेश्मी मगरको स्वागत तथा सचिव राधिका श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: