Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

इलाममा किसानका लागि खरिद गरिएको सामग्री गोदाममै थन्कियो

खबरडबली संवाददाता

इलाम । राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले इलामको चिया किसानलाई बितरण गर्ने उद्देश्यले खरिद गरिएको ६१ लाख बढी मूल्यको सुरक्षा सामग्री एक बर्षदेखि राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड चिया बिस्तार योजना फिक्कलको गोदाममा थन्किएको छ ।

राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड केन्द्रिय कार्यालयले उद्योग तथा बाणिज्य मन्त्रालय अन्तर्गत इआइएम कार्यक्रम अन्तर्गत निस्टेप परियोजनामार्फत बोर्डबाट ट्रेडमार्क पाएका इलामका तीन हजार नौसय किसानलाई बिवतरण गर्न खरिद गरिएको सुरक्षा सामग्री एक बर्षदेखि बितरण नगरी चिया बिस्तार योजनाको गोदाममै थन्किएको हो ।

बोर्डले बोलपत्र आह्वान गरी मिलन मल्टी इन्टरनेशनल सप्लायर्स काठमाडौं मार्फत एक बर्षअघि खरिद गरिएको तीन हजार नौसय थान रेनकोट, तीन हजार नौ सय थान गम्बुट र तीन हजार नौसय थान पञ्जाजस्ता सुरक्षा सामग्री नेपाल टी क्वालीटी फर्म द हिमालय ट्रेडमार्क पाएका २४ वटा उद्योग तथा सहकारीमा आवद्ध तीन हजार नौसय किसानलाई बिवरण गर्नेगरी खरिद गरिएको थियो ।

ठेक्का सम्झौता भएको मिलन मल्टी इन्टरनेशनल सप्लायर्स काठमाडौंले सुरुमा सामान स्पेसिफिकेशन (सम्झौता) अनुसारको नल्याएको भन्दै बोर्डले नापतौल तथा गुणस्तर बिभागबाट छानविन गरेको थियो । बिभागले २०८१ जेठ २४ गते परीक्षण गर्न नसकिने भनी पत्र पठाएको थियो । बोर्डले सम्झौताअनुसारको सामान नभएको भनेकै भरमा सप्लायर्स कम्पनीले पहिलो पटकको सामान फिर्ता गरी दोस्रो पटक सम्झौताअनुसारको सामान ल्याएको कम्पनीका सञ्चालक मिलन लम्सालले बताए । 

सप्लायर्सका सञ्चालक लम्सालले सम्झौता अनुसारकै सामान दिँदा पनि एक बर्षदेखि बोर्डले बिभिन्न बहाना बनाएर सामग्री बितरण नगरेको र सामान खरिदको भुक्तानी हालसम्म नदिएको जानकारी दिए । केन्द्रिय चिया सहकारी संघका महासचिव तथा निस्टेप परियोजना सामान खरिद प्राविधिक समितिका सदस्य रविन राईले टेक्निकल कुरा के नमिलेको आफुले थाहा नपाए पनि किसानका लागि खरिद गरिएको सामग्री किसानलाई बितरण गर्नुपर्ने बताए । उनले प्रक्रिया पुगाएर सामग्री बिवरण गर्नुपर्नेमा बोर्डले अलमल गर्दा किसानलाई समस्या भएको बताए । 

राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका निर्देशक तथा प्रवत्ता दिपक खनालले दोस्रो पटक खरिद भएको सामग्री कमसल भएका कारण वितरण हुन नसकेको बताए । उनले रेनकोट सम्झौताअनुसारकै भए पनि गम्बुट र पञ्जा सम्झौताभन्दा फरक पाइएका कारण सामान वितरण गर्न नसकिएको बताए । उनले भने, ‘केही महिनाअघि नै बोर्डले भुक्तानी दिन नसक्ने भनेर निर्णय गरेको छ ।’

२०८१ जेठ १३ गते चिया बिस्तार आयोजना फिक्कलले सप्लायर्सबाट सामान बुझेको देखिन्छ । सप्लायर्स कम्पनीले भुक्तानी नपाएपछि भुक्तानीका लागि बोर्डमा पत्राचार गरेको थियो । तर, बोर्डले  जवाफमा २०८१ असार ११ गते भुक्तानी गर्न नसक्ने भनेर कम्पनीलाई पत्र पठाएको बोर्डले जनाएको छ । 

कम्पनीले ६१ लाख ७८ हजार नौसय ६४ रुपियाँ भुक्तानी पाउनुपर्ने जनाएको छ । बोर्ड र सप्लायर्सबिच आर्थिक लेनदेन नमिलेका कारण सामग्री बितरण नगरी भुक्तानी समेत नदिएको चिया उद्योगीको भनाइ छ । भुक्तानी नपाए पनि सप्लायर्स कम्पनीका लम्सालले उच्च अदालत पाटनमा सम्झौता र बिलअनुसारको रकम भुक्तानी माग गर्दै मुद्दा दर्ता गराए । 

उच्च अदालत पाटनले २०८१ गते भदौमा उक्त मुद्दामा फैसला गर्दै अदालतको क्षेत्राधिकार बाहिरको भएको भन्दै निवेदकको रिट खारेज गरेको थियो । २०८० भदौ ३१ मा बोलपत्र बोर्डका तत्कालीन कार्यकारी निर्देशक डा. बिष्णुप्रसाद भट्टराईको संयोजकत्वमा रहेको समितिले सामान खरिदका लागि बोलपत्र आव्हान गरेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE