Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

इलाममा किसानका लागि खरिद गरिएको सामग्री गोदाममै थन्कियो

खबरडबली संवाददाता

इलाम । राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले इलामको चिया किसानलाई बितरण गर्ने उद्देश्यले खरिद गरिएको ६१ लाख बढी मूल्यको सुरक्षा सामग्री एक बर्षदेखि राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड चिया बिस्तार योजना फिक्कलको गोदाममा थन्किएको छ ।

राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड केन्द्रिय कार्यालयले उद्योग तथा बाणिज्य मन्त्रालय अन्तर्गत इआइएम कार्यक्रम अन्तर्गत निस्टेप परियोजनामार्फत बोर्डबाट ट्रेडमार्क पाएका इलामका तीन हजार नौसय किसानलाई बिवतरण गर्न खरिद गरिएको सुरक्षा सामग्री एक बर्षदेखि बितरण नगरी चिया बिस्तार योजनाको गोदाममै थन्किएको हो ।

बोर्डले बोलपत्र आह्वान गरी मिलन मल्टी इन्टरनेशनल सप्लायर्स काठमाडौं मार्फत एक बर्षअघि खरिद गरिएको तीन हजार नौसय थान रेनकोट, तीन हजार नौ सय थान गम्बुट र तीन हजार नौसय थान पञ्जाजस्ता सुरक्षा सामग्री नेपाल टी क्वालीटी फर्म द हिमालय ट्रेडमार्क पाएका २४ वटा उद्योग तथा सहकारीमा आवद्ध तीन हजार नौसय किसानलाई बिवरण गर्नेगरी खरिद गरिएको थियो ।

ठेक्का सम्झौता भएको मिलन मल्टी इन्टरनेशनल सप्लायर्स काठमाडौंले सुरुमा सामान स्पेसिफिकेशन (सम्झौता) अनुसारको नल्याएको भन्दै बोर्डले नापतौल तथा गुणस्तर बिभागबाट छानविन गरेको थियो । बिभागले २०८१ जेठ २४ गते परीक्षण गर्न नसकिने भनी पत्र पठाएको थियो । बोर्डले सम्झौताअनुसारको सामान नभएको भनेकै भरमा सप्लायर्स कम्पनीले पहिलो पटकको सामान फिर्ता गरी दोस्रो पटक सम्झौताअनुसारको सामान ल्याएको कम्पनीका सञ्चालक मिलन लम्सालले बताए । 

सप्लायर्सका सञ्चालक लम्सालले सम्झौता अनुसारकै सामान दिँदा पनि एक बर्षदेखि बोर्डले बिभिन्न बहाना बनाएर सामग्री बितरण नगरेको र सामान खरिदको भुक्तानी हालसम्म नदिएको जानकारी दिए । केन्द्रिय चिया सहकारी संघका महासचिव तथा निस्टेप परियोजना सामान खरिद प्राविधिक समितिका सदस्य रविन राईले टेक्निकल कुरा के नमिलेको आफुले थाहा नपाए पनि किसानका लागि खरिद गरिएको सामग्री किसानलाई बितरण गर्नुपर्ने बताए । उनले प्रक्रिया पुगाएर सामग्री बिवरण गर्नुपर्नेमा बोर्डले अलमल गर्दा किसानलाई समस्या भएको बताए । 

राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका निर्देशक तथा प्रवत्ता दिपक खनालले दोस्रो पटक खरिद भएको सामग्री कमसल भएका कारण वितरण हुन नसकेको बताए । उनले रेनकोट सम्झौताअनुसारकै भए पनि गम्बुट र पञ्जा सम्झौताभन्दा फरक पाइएका कारण सामान वितरण गर्न नसकिएको बताए । उनले भने, ‘केही महिनाअघि नै बोर्डले भुक्तानी दिन नसक्ने भनेर निर्णय गरेको छ ।’

२०८१ जेठ १३ गते चिया बिस्तार आयोजना फिक्कलले सप्लायर्सबाट सामान बुझेको देखिन्छ । सप्लायर्स कम्पनीले भुक्तानी नपाएपछि भुक्तानीका लागि बोर्डमा पत्राचार गरेको थियो । तर, बोर्डले  जवाफमा २०८१ असार ११ गते भुक्तानी गर्न नसक्ने भनेर कम्पनीलाई पत्र पठाएको बोर्डले जनाएको छ । 

कम्पनीले ६१ लाख ७८ हजार नौसय ६४ रुपियाँ भुक्तानी पाउनुपर्ने जनाएको छ । बोर्ड र सप्लायर्सबिच आर्थिक लेनदेन नमिलेका कारण सामग्री बितरण नगरी भुक्तानी समेत नदिएको चिया उद्योगीको भनाइ छ । भुक्तानी नपाए पनि सप्लायर्स कम्पनीका लम्सालले उच्च अदालत पाटनमा सम्झौता र बिलअनुसारको रकम भुक्तानी माग गर्दै मुद्दा दर्ता गराए । 

उच्च अदालत पाटनले २०८१ गते भदौमा उक्त मुद्दामा फैसला गर्दै अदालतको क्षेत्राधिकार बाहिरको भएको भन्दै निवेदकको रिट खारेज गरेको थियो । २०८० भदौ ३१ मा बोलपत्र बोर्डका तत्कालीन कार्यकारी निर्देशक डा. बिष्णुप्रसाद भट्टराईको संयोजकत्वमा रहेको समितिले सामान खरिदका लागि बोलपत्र आव्हान गरेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना

बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता । सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्...

सन् २०२६ मा विश्वव्यापी आणविक हतियार नियन्त्रण सङ्कटमा

पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...

रूसद्वारा ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ इन्जिन परीक्षण सफल

मस्को । रूसले आफ्नो पाँचौँ पुस्ताको ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ विमान इन्जिन ‘प्रोडक्ट १७७’ को सफल परीक्षण उडान सम्पन्न गरेको छ, जसको जानकारी राज्य स्...

नाइजेरियामा अपहरण गरिएका १३० विद्यार्थी र कर्मचारी मुक्त

अबुजा । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइत...

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तमा दुई अलग–अलग खुफिया आधारित सुरक्षात्मक अपरेशनमा नौ आतङ्कवादी मारिएका पाकिस्तान सेनाले आइ...

नजिब रजाकलाई नजरबन्द अस्वीकार, जेलमै बाँकी सजाय

क्वालालम्पुर । मलेसियाको उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी सजायको बाँकी अवधि जेल बाहिर नजरबन्दमा बिताउन दिने माग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending