बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसँग सैन्य खर्च कटौती विषयमा वार्ता गर्न चाहेको टिप्पणी गरेपछि बेइजिङले शुक्रबार अमेरिकाले यस कार्यमा नेतृत्व लिनुपर्ने बताएको छ ।
विश्वव्यापी शान्ति निर्माताका रूपमा आफ्नो दोस्रो कार्यकालमा आफूलाई प्रस्तुत गरेका ट्रम्पले आफ्ना समकक्षी भ्लादिमिर पुटिन र सी जिनपिङसँग ‘परिस्थिति शान्त हुँदा’ शिखर सम्मेलन गर्न चाहेको बताए । “म भन्न चाहन्छु, हाम्रो सैन्य बजेट आधा कटौती गरौँ”, उनले बिहीबार ओभल कार्यालयमा पत्रकारहरूलाई भने ।
शुक्रबार यो प्रस्तावबारे सोधिएको प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयले अमेरिकासँग विश्वको सबैभन्दा ठुलो सैन्य बजेट रहेको बताएको छ । “संयुक्त राज्य अमेरिकाले ‘अमेरिका फस्र्ट’ का लागि आह्वान गरेदेखि उनीहरूले सैन्य खर्च कटौतीको उदाहरण स्थापित गर्न नेतृत्व लिनुपर्छ”, विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित समाचार ब्रिफिङमा भने, “चीनको सैन्य बजेट खुला र पारदर्शी छ । यो अमेरिका र अन्य प्रमुख सैन्य शक्तिहरूको सन्दर्भमा उचित र उपयुक्त छ, चीनको सीमित रक्षा खर्च राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकासका हितहरू सुरक्षित गर्न र विश्व शान्ति रक्षा गर्न पूर्णतया आवश्यक छ ।
ट्रम्पले बिहीबार तीन शक्तिलाई आफ्नो आणविक हतियारको भण्डार कटौती गर्न पनि आह्वान गरे तर गुओले वासिङ्टन र मस्कोसँग सबैभन्दा धेरै आणविक हतियार भएका देशका रूपमा ‘आणविक निःशस्त्रीकरणको विशेष र प्राथमिक जिम्मेवारी’ रहेको बताए । “चीन सधैँ आफ्नो आणविक शक्तिलाई राष्ट्रिय सुरक्षाका लागि आवश्यक न्यूनतम स्तरमा कायम राख्छ र कुनै पनि देशसँग हतियार दौडमा संलग्न हुँदैन”, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: