Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

देशकाे मुद्दामा कम्युनिस्टहरू एक हुन जरुरी छ: खनाल

खबरडबली संवाददाता

उदयपुर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कांग्रेस-एमाले गठबन्धनका कारण देश संकटमा फसेको आरोप लगाएका छन् । बुधबार समाजवादी प्रेस संगठन नेपाल उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन् ।

‘देशमा अहिले संसद्को पहिलो पार्टी नेपाली कांग्रेस र दोस्रो पार्टी नेकपा एमालेको गठबन्धन सरकार छ । सरकारले अहिले देशको लागि नयाँ नीति, कार्यक्रम केही पनि ल्याउन सकेको छैन,’ उनले भने, ‘देश अहिले राजनीतिक रूपले संकटग्रस्त छ । आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियताको रूपमा संकटग्रस्त छ । देश संकटको भुमरीमा फसिरहेको छ ।’ 

खनालले दुई ठुला पार्टी मिलेर सरकार बनाउने कुरा संसदीय व्यवस्थामा अनौठो भएको बताउँदै यसलाई आफूहरूले अपवित्र गठबन्धन भन्ने गरेको बताए । खनालले भने, ‘यो गठबन्धन सरकार देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने, समुन्नतिको मार्गमा लैजाने उद्देश्यले बनेको होइन । दुई ठुला दलकै पार्टी संकटमा परिरहेको वेला पार्टी जोगाउन बनेको गठबन्धन हो । अचानक मध्यरातमा एउटा व्यापारीको घरमा बसेर गरिएको सम्झौताअनुरूपमा यो सरकार बनेको हो । यो सरकार गठन हुँदा सातबुँदे सम्झौतामा हस्ताक्षर गर्‍यौँ भने । अहिलेसम्म त्यो सातबुँदे सम्झौताको कपी नेपाली जनताले देख्न पाएका छैनन् । उनीहरूले देखाउन सकेका छैनन् ।’

दुवै दलका नेताहरूको हस्ताक्षर भएको दुईदलीय गठबन्धनको सम्झौताको कपी नै देखाउन नसकेको सरकारले संसदमा दुईतिहाइ बहुमत छ भन्नुको कुनै अर्थ नभएको खनालको भनाइ छ । उनले भने, ‘अहिले गठबन्धन सरकार अध्यादेशमार्फत शासन गर्न खोज्दै छ । त्यसकाे के जरुरत छ ? दुईवटा पार्टीले एउटा विधेयक पनि ल्याउन नसक्ने के परिस्थिति बनेको छ यो देशमा ? कुन संकटको भुमरीमा छ देश ? जुन अध्यादेशहरू ल्याइएका छन् । ती अध्यादेश संसदबाट पास हुन्छन् भन्ने कुनै पनि ग्यारेन्टी छैन । पास हुनलाई दुईवटा सदनमा बहुमत चाहिन्छ । तर, त्यस्तो देखिँदैन । विधेयक फेल खाएपछि  फेरि पनि सरकारमै दुई दल बसिरहन मिल्छ कि मिल्दैन ?’

खनालले संविधान मिच्ने यिनै दुई पार्टी अहिले संविधान संशोधन भनेर कराइरहेको बताए । उनले भने, ‘किन संविधान संशोधन गर्नुपर्‍यो ? भएकै संविधान कार्यान्वयन भएको छैन । यो संविधान लागू गर्न अझै तीन दर्जन ऐन–कानुनहरू बनाउनुपर्छ ।  ऐन–कानुन नै बनेका छैनन् । अनि केको संविधान संशोधन ?’

नेता खनालले नेपालका कम्युनिस्ट पार्टीहरू कुर्सी र इगोका कारण फुट्ने गरेको बताए । उनले भने, ‘नेपालमा अहिले पनि कम्युनिस्टहरू नै बहुमतको नजिक छन्, तैपनि इगोको कारण फुटे । देशको हितमा अहिलेसम्म वामपन्थीहरू एक हुन सकेका छैनन् । अब एक हुने वेला आएको छ । कम्युनिस्टहरुले देशको मुद्दा छाडेको कारण फुट भएको हो । अब देशकाे मुद्दामा कम्युनिस्टहरू एक हुन जरुरी छ ।’

खनालले आफू नेकपा एमालेमा जाने कुनै सम्भावना नरहेको पनि जिकिर गरे । खनालले मतिभ्रष्ट भएकाहरुले एमालेमा फर्किँदैछ भनेर कुप्रचार गरेका दाबी गरे । उनले भने, ‘मति भ्रष्ट भएकाहरुले म एमालेमा फर्किँदैछ भनेर कुप्रचार गरेका हुन् । म आफ्नो विचार, नीति र सिद्धान्तमा प्रस्ट छु ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

राष्ट्रपतिबाट चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान ...

माेरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

मोरङ । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् ।  जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगा...

अमेरिकाकाे मध्यावधिमा रिपब्लिकनले हार्न सक्ने ट्रम्पको सङ्केत

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ ब...

कर्णाली नेकपा संसदीय दल नेता चयनमा पार्टी केन्द्रकाे चासो

सुर्खेत । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन् । शनिबार सुर्खेतमा...

उम्मेदवार सिफारिसपछि सिराहा कांग्रेसमा विवाद

सिराहा । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूको नामावलीमा जिल...

सुडानमा संयुक्त राष्ट्रसङ्घको शिविरमा आक्रमण, ६ बङ्गलादेशी शान्ति सेनाको मृत्यु, ८ घाइते

ढाका । सुडानको अबियेई क्षेत्रमा रहेको संयुक्त राष्ट्रसङ्घको आधार शिविरमा भएको आक्रमणमा बङ्गलादेशी सेनाका ६ जना शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइ...

जापानका किशोरकिशोरीमा चिकित्सकको सल्लाहबिना औषधि प्रयोग बढ्दै

टोकियो । जापानका हाईस्कुल विद्यार्थीमध्ये करिब १० प्रतिशतले चिकित्सकको सल्लाहविना सेवन हुने औषधि पछिल्लो वर्षमा बारम्बार प्रयोग गरेको बताएका छन् । ...

गाजामा हमासका हतियार प्रमुखलाई मारेको इजरायलको दाबी

जेरुसलेम । इजरायलले गाजा पट्टीमा शनिबार भएको आक्रमणमा हमासको सैन्य शाखाको हतियार उत्पादन प्रमुखको हत्या गरेको बताएको छ। गाजा शहरको दक्षिणपश्चिममा र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending