काठमाडौँ । भदौ २३ र २४ गते संसद् भवन, नयाँ बानेश्वर क्षेत्रमा भएको ‘जेनजी’ युवा समूहको आन्दोलनका क्रममा भएको मानवीय क्षति तथा सुरक्षा संयन्त्रको भूमिकाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च राजनीतिक तथा सुरक्षा अधिकारीहरूविरुद्ध कारबाही सिफारिस गरेको छ।
आयोगले घटनाक्रमलाई गम्भीर प्रशासनिक तथा कमाण्ड असफलताको परिणाम ठहर गर्दै तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई समेत मुख्य जिम्मेवार मानेको छ। प्रतिवेदनमा चार घण्टासम्म गोली प्रहार हुँदा पनि प्रभावकारी नियन्त्रण पहल नभएको, समन्वय अभाव देखिएको र मानवअधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गरिएको छ।
आयोगले ओली, लेखक र खापुङसहित सम्बन्धित अधिकारीहरूलाई मुलुकी अपराध संहिता अन्तर्गत ‘लापरबाहीपूर्ण कार्य’ सम्बन्धी प्रावधानअनुसार कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ।
प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारी
आयोगले तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई समेत जिम्मेवार ठहर गरेको छ।
नेपाल प्रहरीका अधिकारी
कारबाही सिफारिसमा प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिबिक्रम शाह, प्रहरी नायव महानिरीक्षक ओमबहादुर राना, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर जबरा, प्रहरी उपरीक्षक ऋषिराम कँडेल तथा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की रहेका छन्। आयोगले विशेषतः हतियार सुरक्षा तथा जिम्मेवारी वहनमा कमजोरी देखिएको औँल्याएको छ।
सशस्त्र प्रहरी बल
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठ र उपरीक्षक जीवन केसीलाई अपरेशन व्यवस्थापन तथा समन्वयमा कमजोरी देखिएको निष्कर्षसहित कारबाही सिफारिस गरिएको छ।
राष्ट्रिय अनुसन्धान विभाग
सह–निर्देशक कृष्णप्रसाद खनाल र सह–अनुसन्धान निर्देशक रिबेन कुमार गच्छदारलाई समयमै सूचना विश्लेषण र जोखिम मूल्याङ्कन गर्न नसकेको भन्दै जिम्मेवार ठहर गरिएको छ।
नेपाली सेना
राष्ट्रपति भवन (शीतल निवास) सुरक्षा टोली प्रमुख सहायक रथी मनोज बैदवार, प्रधानमन्त्री निवास (बालुवाटार) सुरक्षा टोली प्रमुख प्रमुख सेनानी दिवाकर खड्का, सिंहदरबार सचिवालय सुरक्षा टोली प्रमुख प्रमुख सेनानी गणेश खड्का तथा संसद् भवन र बानेश्वर क्षेत्र सुरक्षा टोली प्रमुख सेनानी सन्तोष ढुङ्गेललाई पनि समन्वय तथा तयारीमा कमी देखिएको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ।
अन्य समूह
आयोगले ‘टीओबी ग्रुप’ नामबाट चिनिएका मोटरसाइकलमा आएका व्यक्तिहरूले भीड उक्साउने तथा शान्ति भङ्ग गर्ने गतिविधि गरेको निष्कर्ष निकाल्दै मुलुकी अपराध संहिता दफा ३५ अन्तर्गत थप छानबिन गर्न सिफारिस गरेको छ।
प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाइएको जनाइएको छ। घटनासम्बन्धी थप कानुनी प्रक्रिया र सम्भावित अभियोजनबारे निर्णय अब सरकार र सम्बन्धित न्यायिक निकायले गर्नेछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - २०:४०
नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...
चैत्र ११ गते, २०८२ - २०:३५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...
चैत्र ११ गते, २०८२ - २०:३०
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भ्रामक सूचना फैलाएको निष्कर्षसहित जाँचबुझ आयोगले पाँच जना सामाजिक सञ्जालमा सक्रिय व्यक्तिको नाम सार्वजनिक गरेको छ। ...
चैत्र ११ गते, २०८२ - १९:१७
काठमाडौँ । भदौ २३ र २४ गते संसद् भवन, नयाँ बानेश्वर क्षेत्रमा भएको ‘जेनजी’ युवा समूहको आन्दोलनका क्रममा भएको मानवीय क्षति तथा सुरक्षा संयन्त्रको भूमिक...
चैत्र ११ गते, २०८२ - १९:०७
सप्तरी । सप्तरी प्रहरीले भन्सार छलेर भारतबाट अवैध रुपमा ल्याइएका दुई वटा मोटरसाइकलसहित कपडा बरामद गरेको छ । जिल्लाको राजविराज नगरपालिका वडा २ स्थित र...
चैत्र ११ गते, २०८२ - १८:५७
सिरहा । गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा भएको एक हत्या घटनाका दोषी प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । खेत जोतिरहे...
चैत्र ११ गते, २०८२ - १८:५६
काठमाडौं । सुधन गुरुङले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे हामी नेपाल नामक गैरसरकारी संस्थाको डिस्कर्डबाट विध्वंश मच्चाउने छलफल नभएको बयान दिएका छन् ...
चैत्र १० गते, २०८२ - २०:५९
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...
चैत्र १० गते, २०८२ - २०:५७
सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...
चैत्र १० गते, २०८२ - २०:५४
महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...


प्रतिकृया लेख्नुहोस्: