कैलाली । गृहमन्त्री रमेश लेखकले संसदमा विचाराधीन अवस्थामा रहेको शिक्षा ऐन चाँडै बन्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुदूरपश्चिम समितिको चौथो अधिवेसनको सोमबार धनगढीमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले शिक्षा ऐन आएपछि निजी, संस्थागत, आवासीय विद्यालयको सुरक्षा सरकारले गर्ने बताए । उनले भने, “तपाईहरुको लगानी खेर जान दिइन्न । लगानीलाई सुरक्षित गरिन्छ । तपाईहरु पनि राम्रो हुँदै जानुपर्छ । तपाईहरुले आफै सुधार गर्नु भएन भने हस्तक्षेप गर्नुपर्ने ठाउँमा सरकार पुग्छ ।”
नेपालको शिक्षा क्षेत्रमा निजी, आवासीय तथा संस्थागत विद्यालयको महत्वपूर्ण योगदान रहेको लेखकको भनाइ थियो । उनले सामुदायिक विद्यालयलाई राम्रो बनाउने र निःशुल्क शिक्षा दिने काम सरकारको रहेको उल्लेख गर्दै संस्थागत, निजी र आवासीय विद्यालयका कारण सामुदायिक विद्यालयको स्तर नघटेको बताए ।
उनले भने, “त्यसैले दुईटै किसिमको विद्यालयलाई जुधाउनुको कुनै औचित्य छैन । प्रतिस्पर्धा गराउने आवश्यकता पनि छैन ।” शिक्षामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै गृहमन्त्रीले यसको संरक्षण गर्ने कुरामा सरकार स्पष्ट रहेको बताए ।
उनले कमीकमजोरी सबै क्षेत्रमा रहेको उल्लेख गर्दै भएका विकृति विसंगतिलाई ठीक गर्नुपर्ने औंल्याए । “तपाईहरु आफू पनि अनुशासित हुनुपर्छ । सरकारले पनि तद्अनुरुप अनुगमन, विश्लेषण गर्नुपर्छ”, उनले भने, “तर मार्न पाइदैन । त्यसले राम्रो गर्दैन ।”
उनले निजी, आवासीय विद्यालयमा भएको लगानीले शिक्षाको गुणस्तर वृद्धि गरेको बताए । शिक्षाको गुणस्तर वृद्धिले हाम्रो जनशक्ति अन्तर्राष्ट्रिय जनशक्तिसँग प्रतिस्पर्धा गर्न तयार भएको लेखकको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: