Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

शिक्षामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ: गृहमन्त्री लेखक

खबरडबली संवाददाता

कैलाली । गृहमन्त्री रमेश लेखकले संसदमा विचाराधीन अवस्थामा रहेको शिक्षा ऐन चाँडै बन्ने बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुदूरपश्चिम समितिको चौथो अधिवेसनको सोमबार धनगढीमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

गृहमन्त्री लेखकले शिक्षा ऐन आएपछि निजी, संस्थागत, आवासीय विद्यालयको सुरक्षा सरकारले गर्ने बताए । उनले भने, “तपाईहरुको लगानी खेर जान दिइन्न । लगानीलाई सुरक्षित गरिन्छ । तपाईहरु पनि राम्रो हुँदै जानुपर्छ । तपाईहरुले आफै सुधार गर्नु भएन भने हस्तक्षेप गर्नुपर्ने ठाउँमा सरकार पुग्छ ।”

नेपालको शिक्षा क्षेत्रमा निजी, आवासीय तथा संस्थागत विद्यालयको महत्वपूर्ण योगदान रहेको लेखकको भनाइ थियो । उनले सामुदायिक विद्यालयलाई राम्रो बनाउने र निःशुल्क शिक्षा दिने काम सरकारको रहेको उल्लेख गर्दै संस्थागत, निजी र आवासीय विद्यालयका कारण सामुदायिक विद्यालयको स्तर नघटेको बताए । 

उनले भने, “त्यसैले दुईटै किसिमको विद्यालयलाई जुधाउनुको कुनै औचित्य छैन । प्रतिस्पर्धा गराउने आवश्यकता पनि छैन ।” शिक्षामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै गृहमन्त्रीले यसको संरक्षण गर्ने कुरामा सरकार स्पष्ट रहेको बताए । 

उनले कमीकमजोरी सबै क्षेत्रमा रहेको उल्लेख गर्दै भएका विकृति विसंगतिलाई ठीक गर्नुपर्ने औंल्याए । “तपाईहरु आफू पनि अनुशासित हुनुपर्छ । सरकारले पनि तद्अनुरुप अनुगमन, विश्लेषण गर्नुपर्छ”, उनले भने, “तर मार्न पाइदैन । त्यसले राम्रो गर्दैन ।”

उनले निजी, आवासीय विद्यालयमा भएको लगानीले शिक्षाको गुणस्तर वृद्धि गरेको बताए । शिक्षाको गुणस्तर वृद्धिले हाम्रो जनशक्ति अन्तर्राष्ट्रिय जनशक्तिसँग प्रतिस्पर्धा गर्न तयार भएको लेखकको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending