Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

राष्ट्रिय सङ्कट आउँदा सहकार्य गर्नुपर्छ: उपाध्यक्ष पोखरेल

खबरडबली संवाददाता

सर्लाही । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्र सङ्कटमा पर्दै गएपछि नेपाली कांग्रेससँग सहकार्य गर्नुपरेको बताएका छन् । 

सर्लाही सदरमुकाम मलङ्गवामा सोमबार एमालेको वडा केन्द्रित तीन महिने अभियान सम्वन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै पोखरेलले कांग्रेससँग सहमती र प्रतिस्पर्धाको दुवै पाटोलाई बुझ्नुपर्ने बताए । 

राष्ट्रिय सङ्कट आउँदा सहकार्य र सामान्य अवस्थामा कांग्रेससँग प्रतिस्पर्धा नै हुने पोखरेलको भनाइ छ । सरकार बन्न नै सङ्कट, विकास ठप्प र विदेशी हस्तक्षेप बढेपछि ती सङ्कट समाधान गर्न कांग्रेससँग सहकार्य गरिएको वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका अगुवा कार्यकर्तालाई प्रष्ट पारे । उनले २०८४ को निर्वाचनमा बहुमत ल्याएर राष्ट्र बनाउने र देशलाई स्थिरता दिने एमालेको योजना रहेको सुनाए । 

पोखरेलले माओवादीप्रति लक्षित गर्दै फेरि म्याजिक नम्बरमा देश गए बर्बाद हुने बताए । एमालेलाई जरो तहसम्म मजबुद बनाउन वडा केन्द्रित तीन महिने अभियान सञ्चालन गरिएको एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले उल्लेख गरे । 

कार्यक्रमलाई पार्टीको सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, पार्टीका नेता एवं पूर्व मन्त्रीद्वय लीलानाथ श्रेष्ठ र हरिप्रसाद उप्रेती, मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डललगायतले सम्बाेधन गर्दै अभियानलाई सफल बनाउन अगुवा नेता, कार्यकर्तालाई आग्रह गरे । 

जनताका गुनासा तथा समस्या सुन्ने, समाधानका लागि पहल गर्ने र साथसाथै पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरण गर्ने उद्देश्यसहित वडा केन्द्रीत तीन महिने अभियान सञ्चालन गर्न लागिएको एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE