सप्तरी । सप्तरीका किसानहरू पछिल्लो समय हिउँदे मकै खेतीतर्फ आकर्षित हुन थालेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । कृषि ज्ञान केन्द्र सप्तरीका कार्यालय प्रमुख किसुनदेव राउतका अनुसार यस वर्ष सप्तरीमा ५ हजार २ हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १ हजार १८२ हेक्टरले बढी हो ।
कार्यालय प्रमुख राउतका अनुसार गत वर्ष ३ हजार ९ सय हेक्टरमा मात्र हिउँदे मकै खेती गरिएको थियो, जसबाट २२ हजार ५ सय ९ मेट्रिक टन उत्पादन भएको थियो । उनले गत वर्ष मकै उत्पादन प्रतिहेक्टर ४ दशमलव ५ मेट्रिक टन रहेको जनाउँदै यस वर्ष भने क्रप कटिङ नभएकोले उत्पादनको यकिन तथ्याङ्क निकाल्न नसकिएको बताए ।
हिउँदे मकै खेतीलाई अझ प्रविधिमैत्री बनाएमा किसानहरूको आम्दानी थप वृद्धि गर्न सकिने जनाउँदै कृषि ज्ञान केन्द्र सप्तरीले किसानहरूले उचित समयमा सिँचाइ, मलखाद व्यवस्थापन तथा कीट नियन्त्रण गरेमा उत्पादन अझ राम्रो हुने जनाएको छ । जिल्लामा सबैभन्दा बढी सप्तकोशी, कञ्चनरुपा हनुमाननगर कालिनी, शम्भुनाथ, खडक, सुरुङ्गा, नगरपालिका र अग्नीसायर कृष्णासवरण, रुपनी, तिरहुत, महादेवा गाउँपालिकामा हिउँदे मकै खेती बढी भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख राउतका अनुसार विशेषगरी तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, विष्णुपुर, बलान विहुल गाउँपालिका र राजविराज, डाकनेश्वरी, बोदेबसाइन, नगरपालिकामा लगायतका गाउँहरूमा किसानहरूले पनि छिटफुट रूपमा हिउँदे मकै खेती गरिरहेका छन् ।
सप्तकोशी नगरपालिका–४ बलारदहका कृषक दिपेन्द्र यादवका अनुसार हरियो मकैको बजार मूल्य राम्रो पाइएको र सहजै बिक्री हुने भएकाले सप्तरीका किसानहरू व्यावसायिक रूपमा हिउँदे मकै खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
यस्तै स्थानीय कृषक रामकुमार चौधरीका अनुसार, सप्तरीमा हिउँदे मकै लगाउनेहरु बढ्दै गएका छन् । चौधरीका अनुसार हिउँदे मकै राम्ररी उत्पादन गर्न सके, बजारमा हरियो मकैको राम्रो मूल्य पाइने गरेको बताउँदै फागुन–चैतमा बिक्री गर्दा हामीले प्रतिकिलो राम्रो मूल्य पाउने गरेकोले किसानहरू हिउँदै मकै खेती तर्फ आक्रसित हुने गरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: