Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

पाथीभरामा निर्माण हुन लागेकाे केबलकारकाेविरुद्ध आन्दोलनरत पक्षसँग गृहमन्त्री लेखकले भोलि वार्ता गर्ने

खबरडबली संवाददाता

काठमाडाैं । पुर्वी ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माण विवादमा आन्दोलनरत पक्ष र गृहमन्त्री रमेश लेखकबीच वार्ता हुने भएको छ । सोमबार साँझ ६ बजे मन्त्रालयमा मन्त्री लेखक र आन्दोलनरत पक्षबीच छलफल हुने नेकपा एमालेका सांसद योगेश भट्टराईले जानकारी दिएका छन् ।

सांसद भट्टराईले आइतबार आन्दोलनरत पक्षसँग संवाद गरेको पनि बताएका छन् । ‘आज बिहान १० बजेदेखि अपरान्ह १२ बजेसम्म निर्माणाधीन पाथीभरा केवलकारका बारेमा आन्दोलनरत पक्षका प्रतिनिधि मित्रहरूसँग सौहाद्रपूर्ण संवाद गरियो । उहाँहरूका कुरा सुने । मेरा कुरा भनें,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । भट्टराईले वार्ता समितिसँग निरन्तर छलफल गरेर वार्तामार्फत नै समस्याको समाधान गर्न अनुरोध गरेका छन् ।

‘उहाँहरूले माननीय गृहमन्त्री ज्यू समक्ष भेटेर आफ्ना कुरा राख्न चाहनु भएको र त्यसको समन्वयका लागि मलाई अनुरोध गर्नु भए अनुरूप मैले गृह मन्त्री ज्यूलाई अनुरोध गरे,’ उनले लेखेका छन्, ‘माननीय गृहमन्त्री ज्यूले भोलि माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिनु भएको जानकारी गराउँदछु ।’ आन्दोलनरत पक्ष र सरकारका प्रतिनिधिबीच आज तय भएको वार्ता भाँडिएको थियो ।

आन्दोलनरत पक्षले राजनीतिक विवाद भएकाले आफूहरु मन्त्रीस्तरीय या उच्च राजनीतिक संयन्त्रसँग मात्रै वार्ता बस्ने भन्दै छलफलबाट हिँडेका थिए । उनीहरुले आज साँझसम्मको समय दिएर मन्त्रीस्तरीय या उच्च राजनीतिक वार्ता टोली नबनाए भोलिदेखि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेका थिए । आन्दोलनरत पक्ष र सरकारबीच माघ २५ गते आज विस्तृत बैठक बस्नेसहित ६ बुँदे सहमति भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन । अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रति...

भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु

नयाँदिल्ली । उत्तरपूर्वी भारतमा एउटा यात्रु वहाक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुदाँ सात वटा हात्तीको घटना स्थलमै मृत्यु भएको अधिकारीहरूले शन...

नेपालगञ्जका सात वडा कार्यालय भवनविहीन

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका सातवटा वडा कार्यालयहरू अझै पनि आफ्नै भवन नहुँदा भाडाको घरबाट सेवा प्रवाह गर्न बाध्य छन्। उपमहानगरका वडा नम्बर ४, ५,...

मुस्ताङमा नेपाल र चीनकाे संयुक्त सुरक्षा गस्ती

मुस्ताङ । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी कोरला सीमा क्षेत्रमा शुक्रबार संयुक्त सुरक्षा गस्ती गरिएको छ । हिउ...

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी । राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह सन्तोषजनक देखिए पनि जनशक्ति अभाव, बजेट न्यूनता र प्रविधिगत समस्याक...

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा गरिएको पछिल्लो गणनामा घडियाल गोहीको सङ्ख्यामा वृद्धि भएको पाइएको छ। निकुञ्ज कार्यालयल...

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका ताल...

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र जनसेवाका लागि राजनीति गर्नुपर्ने बताएका छन् । उज्यालो नेपाल पार्टी चितवनको ...

फागुन २१ को चुनाव राजनीतिक निकासको प्रस्थानबिन्दु हो : स्वर्णिम वाग्ले

म्याग्दी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले देशको वर्तमान राजनीतिक अन्योल अन्त्य गर्न आगामी फागुन २१ गतेका लागि तय ग...

देशभर ७४ वटा मतदान स्थल थपिए

काठमाडौं । निर्वाचन आयोगले ७४ वटा मतदान स्थल थपेको छ । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले ७४ वटा म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending