उदयपुर । माघ १ गतेदेखि २० गतेसम्म सञ्चालन भएको मैनी मेला अर्थात् त्रिवेणी मेलास्थल त्रिवेणीधामको सरसफाइ गरिएको छ । उदयपुरको कटारी नगरपालिका–२ खोक्सामा रहेको त्रिवेणीधामको सरसफाइ गरिएको हो ।
माघेसंक्रान्तिदेखि २० गतेसम्म चलेको मेलाको कारण मेलास्थलमा भएको फोहोर सरसफाइ गरिएको हो । त्रिवेणी मेला व्यवस्थापनको ठेक्का लिएको चण्डिका सप्लायर्स कटारीको आयोजनमा कटारी नगरपालिका, कटारी अस्पताल, कटारी वडा नम्बर २, नेपाल प्रहरी, मेला व्यवस्थापन समिति त्रिवेणी स्पोर्टस् क्लब खोक्साको सहयोगमा शनिबार सरसफाइ गरिएको चण्डिका सप्लायर्स कटारीका प्रतिनिधि सन्तबहादुर तामाङले बताए ।
उनका अनुसार सरसफाइ कार्यक्रममा कटारी नगरपालिकाकी पूर्वउपमेयर भीमकुमारी राउत, जिल्ला समन्वय समिति उदयपुरका सदस्य विष्णु कटुवाल, इलाका प्रहरी कार्यालय कटारीका प्रहरीहरूलगायतले सहयोग गरेका थिए ।
मेलाको फोहोरका कारण कमला नदीमा दूषित पानी बग्ने र वातावरणमा असर पुग्ने भएकाले सरसफाइ गरिएको मेला व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनी चण्डिका सप्लायर्स कटारीको भनाइ छ ।
त्रिवेणी मेला पूर्वीनेपालकै सबैभन्दा लामो समय लाग्ने ऐतिहासिक सांस्कृतिक र सामाजिक महत्त्व बोकेकाे मेलाको रूपमा परिचित छ । यसपालिकाे मेलामा आयोजकका अनुसार ५० करोडको कारोबार भएको छ भने झन्डै २० लाखभन्दा बढी तीर्थालु तथा अवलोकनकर्ता त्रिवेणी मेला पुगेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: