उदयपुर । माघ १ गतेदेखि २० गतेसम्म सञ्चालन भएको मैनी मेला अर्थात् त्रिवेणी मेलास्थल त्रिवेणीधामको सरसफाइ गरिएको छ । उदयपुरको कटारी नगरपालिका–२ खोक्सामा रहेको त्रिवेणीधामको सरसफाइ गरिएको हो ।
माघेसंक्रान्तिदेखि २० गतेसम्म चलेको मेलाको कारण मेलास्थलमा भएको फोहोर सरसफाइ गरिएको हो । त्रिवेणी मेला व्यवस्थापनको ठेक्का लिएको चण्डिका सप्लायर्स कटारीको आयोजनमा कटारी नगरपालिका, कटारी अस्पताल, कटारी वडा नम्बर २, नेपाल प्रहरी, मेला व्यवस्थापन समिति त्रिवेणी स्पोर्टस् क्लब खोक्साको सहयोगमा शनिबार सरसफाइ गरिएको चण्डिका सप्लायर्स कटारीका प्रतिनिधि सन्तबहादुर तामाङले बताए ।
उनका अनुसार सरसफाइ कार्यक्रममा कटारी नगरपालिकाकी पूर्वउपमेयर भीमकुमारी राउत, जिल्ला समन्वय समिति उदयपुरका सदस्य विष्णु कटुवाल, इलाका प्रहरी कार्यालय कटारीका प्रहरीहरूलगायतले सहयोग गरेका थिए ।
मेलाको फोहोरका कारण कमला नदीमा दूषित पानी बग्ने र वातावरणमा असर पुग्ने भएकाले सरसफाइ गरिएको मेला व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनी चण्डिका सप्लायर्स कटारीको भनाइ छ ।
त्रिवेणी मेला पूर्वीनेपालकै सबैभन्दा लामो समय लाग्ने ऐतिहासिक सांस्कृतिक र सामाजिक महत्त्व बोकेकाे मेलाको रूपमा परिचित छ । यसपालिकाे मेलामा आयोजकका अनुसार ५० करोडको कारोबार भएको छ भने झन्डै २० लाखभन्दा बढी तीर्थालु तथा अवलोकनकर्ता त्रिवेणी मेला पुगेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: