काठमाडौं । दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत आइतबार दुई खेल सम्पन्न भएका छन् । नेपाल एपिएफ स्कुल कीर्तिपुरमा भएका दुवै खेलमा आयोजिक नेपाल एपिएफ स्कुल, कीर्तिपुर र पुलिस स्कुल, साँगा विजयी भएका छन् ।
पहिलो खेलमा नेपाल पुलिस स्कुल साँगाले न्यु होराइजन एकेडेमी काठमाडौंलाई ८–० ले हराएको छ । खेलमा नेपाल पुलिस साँगा टिमका लागि मेस्सी वीरविक्रम शाह र सिवन पराजुलीले ३–३ गोल गरे । युकेश लामा र दिप्सन पाण्डेले १–१ गोल थपे । उक्त खेलमा शाह प्लेअर अफ द म्याच बने ।
दोस्रो खेलमा नेपाल एपीएफ स्कुल, कीर्तिपुरले राई स्कुल नक्साललाई ७–० गोल अन्तरले हराएको छ । राई स्कुलविरुद्ध एपिएफका विकास बोहोराले ४ गोल गरे । एपिएफ कीर्तिपुरका लागि थप २ गोल विनय खाम्चाले गर्दा अमन भगतले एक गोल थपे । उक्त खेलमा एपिएफ कीर्तिपुरका दिपेश गुरुङ प्लेयर अफ द म्याच बने ।
दुवै खेलका प्लेयर अफ द म्याच बनेका खेलाडीलाई एपिएफ स्कुल, कीर्तिपुरका प्रधानाचार्य युवराज पराजुली र सहायक प्रधानाचार्य राजकुमार प्याकुरेलले ट्रफी प्रदान गरे । प्रतियोगिता अन्तर्गत सोमबारदेखि क्वाटरफाइनलका दुई खेल हुँदैछन् ।
पहिलो क्वाटरफाइनलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेसन र ग्रिन भिलेज सेकेन्डरी स्कुल, कीर्तिपुर भिड्दैछन् भने दोस्रो खेलमा नेपाल एपिएफ स्कुल, कीर्तिपुर ‘बी’ र लेबोरेटरी माध्यमिक विद्यालय भिड्नेछन् । प्रतियोगितामा उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट एक र बाँकेको नेपाल एपिएफ कोहलपुरबाट एक गरेर १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको फाइनल फागुन ८ गते हुनेछ । प्रतियोगिताको विजयी टिमले ६० हजार रुपियाँ प्राप्त गर्नेछ । दोस्रोले २० हजार र तेस्रो टिमले १० हजार रुपियाँ प्राप्त गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: