काठमाडौं । घर भाडामा लिएर भरुवा बन्दुक बनाउने कारखाना सञ्चालन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाले शनिबार मकालु नगरपालिका-५ का २९ वर्षीय हेमराज विश्वकर्मालाई पक्राउ गरेको हो ।
संखुवासभा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार विश्वकर्मालाई खाँदबारी नगरपालिका-१ पाठकधाराबाट पक्राउ गरिएको हो । लामिछानेका अनुसार विश्वकर्मा मकालु नगरपालिका-५ खोत्ताकस्थित एक घरमा भाडामा बस्दै आएका थिए ।
‘सो घरमा उनले हातहतियार बनाउने गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय देहाङ्नाको टोली कोठा खानतलासी गर्न पुगेको थियो,’ प्रहरी निरीक्षक लामिछानेले भने, ‘प्रहरी टोली पुग्दा उनी कोठामा थिएनन्, प्रहरीले भागेको अवस्थामा पाठकधाराबाट पक्राउ गरेको हो ।’
प्रहरीले विश्वकर्माको कोठाबाट लोड भएको भरुवा बन्दुक एक थान बरामद गरेको छ । यस्तै, कोठाबाट भरुवा बन्दुकको नाल दुई थान बरामद गरिएको लामिछानेले बताए । विश्वकर्माको कोठाबाट प्रहरीले भरुवा बन्दुकमा प्रयोग हुने गोली, बारुदलगायत बरामद गरेको छ ।
यसैगरी, सोडाजस्तो देखिने पदार्थ दुई किलो, भरुवा बन्दुकमा लाग्ने घोडीजस्तो फलामको टुक्रा चार थान, बरुवा बन्दुकको साइडमा लाग्ने घोडीजस्तो फलामको टुक्रा एक थान, छर्राजस्तो देखिने सिसाको टुक्रा २५ थान बरामद गरिएको लामिछानेले बताए ।
यस्तै, भरुवा बन्दुकमा प्रयोग हुने ब्यारिङजस्तो पदार्थ ११७ थान, केप एक बट्टा, बारुद १०० ग्राम र सुवागजस्तो देखिने पदार्थ २०० ग्राम बरामद भएको लामिछानेले बताए । विश्वकर्माविरूद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम हात हतियार तथा खरखजना मुद्दामा पाँच दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: