काठमाडौं । घर भाडामा लिएर भरुवा बन्दुक बनाउने कारखाना सञ्चालन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाले शनिबार मकालु नगरपालिका-५ का २९ वर्षीय हेमराज विश्वकर्मालाई पक्राउ गरेको हो ।
संखुवासभा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार विश्वकर्मालाई खाँदबारी नगरपालिका-१ पाठकधाराबाट पक्राउ गरिएको हो । लामिछानेका अनुसार विश्वकर्मा मकालु नगरपालिका-५ खोत्ताकस्थित एक घरमा भाडामा बस्दै आएका थिए ।
‘सो घरमा उनले हातहतियार बनाउने गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय देहाङ्नाको टोली कोठा खानतलासी गर्न पुगेको थियो,’ प्रहरी निरीक्षक लामिछानेले भने, ‘प्रहरी टोली पुग्दा उनी कोठामा थिएनन्, प्रहरीले भागेको अवस्थामा पाठकधाराबाट पक्राउ गरेको हो ।’
प्रहरीले विश्वकर्माको कोठाबाट लोड भएको भरुवा बन्दुक एक थान बरामद गरेको छ । यस्तै, कोठाबाट भरुवा बन्दुकको नाल दुई थान बरामद गरिएको लामिछानेले बताए । विश्वकर्माको कोठाबाट प्रहरीले भरुवा बन्दुकमा प्रयोग हुने गोली, बारुदलगायत बरामद गरेको छ ।
यसैगरी, सोडाजस्तो देखिने पदार्थ दुई किलो, भरुवा बन्दुकमा लाग्ने घोडीजस्तो फलामको टुक्रा चार थान, बरुवा बन्दुकको साइडमा लाग्ने घोडीजस्तो फलामको टुक्रा एक थान, छर्राजस्तो देखिने सिसाको टुक्रा २५ थान बरामद गरिएको लामिछानेले बताए ।
यस्तै, भरुवा बन्दुकमा प्रयोग हुने ब्यारिङजस्तो पदार्थ ११७ थान, केप एक बट्टा, बारुद १०० ग्राम र सुवागजस्तो देखिने पदार्थ २०० ग्राम बरामद भएको लामिछानेले बताए । विश्वकर्माविरूद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम हात हतियार तथा खरखजना मुद्दामा पाँच दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: