Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

‘एउटा मात्रै आवदेन परेकाले सूचना स्थगित गरियो’

खबरडबली संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘किमाथाङका अरूण जलविद्युत् आयोजना’ र ‘मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना’बारे वित्तीय लगानी आह्वानको आशयपत्र पेस गर्ने सम्बन्धमा एउटा मात्रै आवदेन परेका कारण स्थगित गर्नुपर्नेको स्पष्ट पारेका छन् ।

उक्त दुई आयोजना सम्बन्धमा प्रतिनिधिसभा, पूर्वाधार विकास समितिमा परेको उजुरीको सवालमा आज जवाफ दिँदै मन्त्री खढ्काले गलत नियतले सूचना प्रकान गरी रद्ध गरिएको नभइ एउटा मात्रै आवेदन परेका कारण रद्ध गर्नुपरेको बताए । सरकारको स्वामित्वको ‘विद्युत् उत्पादन कम्पनी’ ले मङ्सिर २३ गते ‘किमाथाङका अरूण जलविद्युत् आयोजना अर्धजलाशयुक्त चार सय ५४ मेगावाट’ र ‘मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजना एक हजार नौ सय दुई मेगावाट’ को लागि सार्वजनिक निजी साझेदारी ढाँचामा लगानीको आह्वान गरेको थियो ।

कम्पनीको प्रबन्धपत्र, २०७३ अनुसार जारी गरिएको आयोजना निर्माणका लागि लागनी साझेदारी गर्नेसम्बन्धी कार्यविधि २०८१ जलविद्युत् क्षेत्रका विज्ञहरूका अनुसार कम लागतको र व्यावसायिक रूपमा आकर्षक योजना सेटिङको आधारमा दिने गरी अगाडि बढाइएको भन्दै ललिन्द्र राईले समितिमा उजुरी गरेका थिए । कम्पनीले मुख्य सरोकारित पक्ष ‘नेपाल विद्युत् प्राधिकरण’, ‘कर्मचारी सञ्चयकोष’ र ‘नागरिक लगानी कोष’ सँग कुनै समन्वय नगरी सूचना प्रकाशन गरिएको भन्दै उजुरकर्ता राईले उजुरीको टुङ्गो नलागेसम्म वित्तीय लगानी आह्वानको आशयपत्र पेस गर्नेसम्बन्धी सूचनाको सम्पूर्ण कारबाही स्थगित गर्न माग गरेका थिए । 

जनताको गुनासो सम्बोधन गर्नका लागि नेपाल विद्युत् प्राधिकरणमा आफ्नो कार्यकक्षको व्यवस्था गर्नुपरेको उनको भनाइ छ । लागनी साझेदारी गर्नेसम्बन्धी कार्यविधि २०८१ लाई आवश्यक संशोधन गरी पुनः सूचना प्रकाशन गर्ने मन्त्री खड्काले जानकारी दिए । पूर्व ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले ‘अध्ययन र अनुसन्धान नगरी किमाथाङ्का अरूण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाबारे किन सूचना प्रकाशन गरियो र  किन रद्ध गरियो भनी प्रश्न गरे । 

पूर्व ऊर्जामन्त्री गोर्कण विष्टले ‘अध्ययन र अनुसन्धान नगरी किमाथाङका अरूण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाबारे विद्युत् लगानीकर्तालाई जानकारी नदिइ किन सूचना प्रकाशन गरिएको ?’ भनी प्रश्न गरे । समितिका सदस्य प्रकाश ज्वाला, माधव सापकोटा, ठाकुर गैरे, प्रतिमा गौतम, सीता गुरूङ, सुशीला श्रेष्ठ, महेश बस्नेत, प्रेमबहादुर महर्जन, दयालबहादुर शाही, निसा डाँगी र उर्मिला माझीले विस्तृतरुपमा अध्ययन र अनुसन्धान गरेर त्योसँग जोडिएका ऐन/कानुनको आधारमा मात्रै ‘किमाथाङका अरुण जलविद्युत् आयोजना’ र ‘मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना’सम्बन्धी लगानीको आह्वान गर्न ऊर्जा मन्त्रालयलाई सुझाव दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending