काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘किमाथाङका अरूण जलविद्युत् आयोजना’ र ‘मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना’बारे वित्तीय लगानी आह्वानको आशयपत्र पेस गर्ने सम्बन्धमा एउटा मात्रै आवदेन परेका कारण स्थगित गर्नुपर्नेको स्पष्ट पारेका छन् ।
उक्त दुई आयोजना सम्बन्धमा प्रतिनिधिसभा, पूर्वाधार विकास समितिमा परेको उजुरीको सवालमा आज जवाफ दिँदै मन्त्री खढ्काले गलत नियतले सूचना प्रकान गरी रद्ध गरिएको नभइ एउटा मात्रै आवेदन परेका कारण रद्ध गर्नुपरेको बताए । सरकारको स्वामित्वको ‘विद्युत् उत्पादन कम्पनी’ ले मङ्सिर २३ गते ‘किमाथाङका अरूण जलविद्युत् आयोजना अर्धजलाशयुक्त चार सय ५४ मेगावाट’ र ‘मुगु कर्णाली जलासययुक्त जलविद्युत आयोजना एक हजार नौ सय दुई मेगावाट’ को लागि सार्वजनिक निजी साझेदारी ढाँचामा लगानीको आह्वान गरेको थियो ।
कम्पनीको प्रबन्धपत्र, २०७३ अनुसार जारी गरिएको आयोजना निर्माणका लागि लागनी साझेदारी गर्नेसम्बन्धी कार्यविधि २०८१ जलविद्युत् क्षेत्रका विज्ञहरूका अनुसार कम लागतको र व्यावसायिक रूपमा आकर्षक योजना सेटिङको आधारमा दिने गरी अगाडि बढाइएको भन्दै ललिन्द्र राईले समितिमा उजुरी गरेका थिए । कम्पनीले मुख्य सरोकारित पक्ष ‘नेपाल विद्युत् प्राधिकरण’, ‘कर्मचारी सञ्चयकोष’ र ‘नागरिक लगानी कोष’ सँग कुनै समन्वय नगरी सूचना प्रकाशन गरिएको भन्दै उजुरकर्ता राईले उजुरीको टुङ्गो नलागेसम्म वित्तीय लगानी आह्वानको आशयपत्र पेस गर्नेसम्बन्धी सूचनाको सम्पूर्ण कारबाही स्थगित गर्न माग गरेका थिए ।
जनताको गुनासो सम्बोधन गर्नका लागि नेपाल विद्युत् प्राधिकरणमा आफ्नो कार्यकक्षको व्यवस्था गर्नुपरेको उनको भनाइ छ । लागनी साझेदारी गर्नेसम्बन्धी कार्यविधि २०८१ लाई आवश्यक संशोधन गरी पुनः सूचना प्रकाशन गर्ने मन्त्री खड्काले जानकारी दिए । पूर्व ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले ‘अध्ययन र अनुसन्धान नगरी किमाथाङ्का अरूण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाबारे किन सूचना प्रकाशन गरियो र किन रद्ध गरियो भनी प्रश्न गरे ।
पूर्व ऊर्जामन्त्री गोर्कण विष्टले ‘अध्ययन र अनुसन्धान नगरी किमाथाङका अरूण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाबारे विद्युत् लगानीकर्तालाई जानकारी नदिइ किन सूचना प्रकाशन गरिएको ?’ भनी प्रश्न गरे । समितिका सदस्य प्रकाश ज्वाला, माधव सापकोटा, ठाकुर गैरे, प्रतिमा गौतम, सीता गुरूङ, सुशीला श्रेष्ठ, महेश बस्नेत, प्रेमबहादुर महर्जन, दयालबहादुर शाही, निसा डाँगी र उर्मिला माझीले विस्तृतरुपमा अध्ययन र अनुसन्धान गरेर त्योसँग जोडिएका ऐन/कानुनको आधारमा मात्रै ‘किमाथाङका अरुण जलविद्युत् आयोजना’ र ‘मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना’सम्बन्धी लगानीको आह्वान गर्न ऊर्जा मन्त्रालयलाई सुझाव दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: