Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

अध्ययन संस्कृतिको विकासमा राज्यको सक्रिय सहभागिता हुनुपर्नेमा जोड

खबरडबली संवाददाता

काठमाडौं । पठन संस्कृतिको प्रवद्र्धन गर्न तथा पुस्तकालयको दिगो विकास र संरक्षणमा राज्यको सक्रिय सहभागिता हुनुपर्नेमा सरोकार भएकाहरुले जोड दिएका छन् । 

काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २१ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित समारोहमा सहभागीले पुस्तकालयको संरक्षण, व्यवस्थापन, अध्ययन संस्कृतिको प्रवद्र्धनमा राज्य तथा स्थानीय तह लाग्नुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले पुस्तकालय अध्ययनशील समाज निर्माणको आधार भएकाले यसको संरक्षण, व्यवस्थापन, प्रवद्र्धनमा महानगरले आवश्यक सहयोग गर्ने बताइन । उनले भनिन्, “पढ्ने बानी बसाल्न पुस्तकालयको महत्वपूर्ण भूमिका हुन्छ । अध्ययनशील समाज नै समृद्ध समाज हो । पुस्तकालयले सबैलाई पढ्ने वातावरण दिन सक्छ ।”

महानगरका साथै प्रत्येक वडा र विद्यालय तहबाट अध्ययन संस्कृतिको विकास गर्न सामुदायिक अध्ययन केन्द्रहरूको प्रवद्र्धनमा जोड दिइएको डङ्गोलले उल्लेख गरिन । उनका अनुसार महानगरले पुस्तकालय व्यवस्थापन तथा संरक्षणमा विशेष ध्यान दिँदै चालु आर्थिक वर्षमा एक करोड बजेट व्यवस्था गरेको छ । साथै सार्वजनिक पुस्तकालयको संरक्षणका लागि महानगर अभिभावकत्व ग्रहण गर्न तयार रहेको उनले बताइन । 

प्रतिनिधिसभाका सांसद सन्तोष परियारले पुस्तकालयलाई अध्ययन संस्कृतिको केन्द्रका रुपमा विकास गर्न राज्यको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिए । उनले भने, “देशको अवस्था बदल्न पुस्तकको पाना बदल्ने बानीको विकास आवश्यक छ । पठन संस्कृतिको प्रवद्र्धनका लागि पुस्तकालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको विकास र संरक्षणमा राज्य गम्भीर हुनुपर्छ ।”

समाजका संस्थापक अध्यक्ष तथा संरक्षक डा.नारायण खड्काले पुस्तकालय ज्ञान र सूचनाको केन्द्रमात्र नभई मुलुकको परिवर्तन, सभ्यता र इतिहासको वैभवसमेत भएको बताउँदै यसलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । समाजका अध्यक्ष डा.गोविन्द पोखरेलले पुस्तकालयको संरक्षण तथा व्यवस्थापनमा सबै सरोकार भएकाको सहकार्य अपरिहार्य रहेको बताउँदै पुस्तकालयलाई अध्ययन संस्कृतिको केन्द्रका रुपमा अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE