Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

अध्ययन संस्कृतिको विकासमा राज्यको सक्रिय सहभागिता हुनुपर्नेमा जोड

खबरडबली संवाददाता

काठमाडौं । पठन संस्कृतिको प्रवद्र्धन गर्न तथा पुस्तकालयको दिगो विकास र संरक्षणमा राज्यको सक्रिय सहभागिता हुनुपर्नेमा सरोकार भएकाहरुले जोड दिएका छन् । 

काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २१ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित समारोहमा सहभागीले पुस्तकालयको संरक्षण, व्यवस्थापन, अध्ययन संस्कृतिको प्रवद्र्धनमा राज्य तथा स्थानीय तह लाग्नुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले पुस्तकालय अध्ययनशील समाज निर्माणको आधार भएकाले यसको संरक्षण, व्यवस्थापन, प्रवद्र्धनमा महानगरले आवश्यक सहयोग गर्ने बताइन । उनले भनिन्, “पढ्ने बानी बसाल्न पुस्तकालयको महत्वपूर्ण भूमिका हुन्छ । अध्ययनशील समाज नै समृद्ध समाज हो । पुस्तकालयले सबैलाई पढ्ने वातावरण दिन सक्छ ।”

महानगरका साथै प्रत्येक वडा र विद्यालय तहबाट अध्ययन संस्कृतिको विकास गर्न सामुदायिक अध्ययन केन्द्रहरूको प्रवद्र्धनमा जोड दिइएको डङ्गोलले उल्लेख गरिन । उनका अनुसार महानगरले पुस्तकालय व्यवस्थापन तथा संरक्षणमा विशेष ध्यान दिँदै चालु आर्थिक वर्षमा एक करोड बजेट व्यवस्था गरेको छ । साथै सार्वजनिक पुस्तकालयको संरक्षणका लागि महानगर अभिभावकत्व ग्रहण गर्न तयार रहेको उनले बताइन । 

प्रतिनिधिसभाका सांसद सन्तोष परियारले पुस्तकालयलाई अध्ययन संस्कृतिको केन्द्रका रुपमा विकास गर्न राज्यको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिए । उनले भने, “देशको अवस्था बदल्न पुस्तकको पाना बदल्ने बानीको विकास आवश्यक छ । पठन संस्कृतिको प्रवद्र्धनका लागि पुस्तकालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको विकास र संरक्षणमा राज्य गम्भीर हुनुपर्छ ।”

समाजका संस्थापक अध्यक्ष तथा संरक्षक डा.नारायण खड्काले पुस्तकालय ज्ञान र सूचनाको केन्द्रमात्र नभई मुलुकको परिवर्तन, सभ्यता र इतिहासको वैभवसमेत भएको बताउँदै यसलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । समाजका अध्यक्ष डा.गोविन्द पोखरेलले पुस्तकालयको संरक्षण तथा व्यवस्थापनमा सबै सरोकार भएकाको सहकार्य अपरिहार्य रहेको बताउँदै पुस्तकालयलाई अध्ययन संस्कृतिको केन्द्रका रुपमा अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending