Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

ट्रम्प प्रशासनले युएसएडका अधिकांश पद कटौती गर्ने योजना बनाएको अधिकारीको भनाइ

खबरडबली संवाददाता

वासिङ्टन । ट्रम्प प्रशासनले बिहीबार संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी, युएसएड) को विघटन गर्ने क्रममा हजारौँ कर्मचारीमध्ये तीन सयभन्दा कम कर्मचारी मात्र राख्ने गरी विश्वभरका अमेरिकी सहायता परियोजनाहरूका लागि कर्मचारी सङ्ख्या उल्लेखनीय रूपमा घटाउने योजना प्रस्तुत गरेको छ ।

बिहीबार साँझ सङ्घीय श्रमिक सङ्घहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कङ्ग्रेसको कानुनमा निहित एजेन्सी बन्द गर्ने अधिकार नभएको तर्क गर्दै सङ्घीय अदालतमा विघटन कार्य रोक्न माग गर्दै मुद्दा दायर गरेका छन् । युएसएडका दुई वर्तमान कर्मचारी र एक पूर्व वरिष्ठ युएसएड अधिकारीले बिहीबार एजेन्सीका बाँकी वरिष्ठ अधिकारीहरूलाई प्रस्तुत गरिएको प्रशासनको योजनाबारे एसोसिएटेड प्रेसलाई जानकारी दिए । युएसएडका कर्मचारीहरूलाई उनीहरूको एजेन्सी बाहिरका कसैसँग कुरा गर्न प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको आदेशका कारण उनीहरूले नाम न छाप्ने सर्तमा बोलेका थिए ।

योजना अनुसार हाल आठ हजार प्रत्यक्ष नियुक्ति र ठेकेदारहरूमध्ये तीन सयभन्दा कम कर्मचारीलाई काममा राखिनेछ । उनीहरूले विदेशमा स्थानीय रूपमा नियुक्त गरिएका पाँच हजार अन्तर्राष्ट्रिय कर्मचारीको अज्ञात सङ्ख्यासँग मिलेर प्रशासनले हाललाई जारी राख्ने भनेका केही जीवन रक्षक कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।

तीन सय कर्मचारीमा कटौती स्थायी वा अस्थायी हुने तत्काल स्पष्ट भएको छैन । यसले ट्रम्प प्रशासनले पुनः सुरु गर्न चाहेका सहायता र विकास कार्यक्रमहरूको समीक्षापछि थप कर्मचारीलाई फर्काउन सक्ने सम्भावना छ । प्रशासनले यस हप्ताको सुरुमा विदेशमा तैनाथ लगभग सबै युएसएड कर्मचारीलाई शुक्रबारदेखि ३० दिनभित्र अमेरिका फर्कन निर्देशन दिएको छ । सरकारले उनीहरूको यात्रा र सरुवा खर्च बेहोर्नेछ । विशेष कठिनाई छुट नपाएका कर्मचारीहरूले लामो समय बस्न रोजेमा आफ्नै खर्च बेहोर्नुपर्ने हुनसक्ने कुरा बिहीबार साँझ युएसएडको वेबसाइटमा प्रकाशित सूचनामा उल्लेख छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार डोमिनिकन गणतन्त्रको भ्रमणका क्रममा अमेरिकी सरकारले विदेशी सहायता प्रदान गर्न जारी राख्ने बताए । “तर यो विदेशी सहायता हाम्रो राष्ट्रिय हितसँग मेल खाने र अर्थपूर्ण हुनेछ”, उनले पत्रकारहरूलाई भने । 

ट्रम्प प्रशासन र बजेट कटौती गर्ने सरकारी दक्षता विभाग सञ्चालन गरिरहेका अर्बपति सहयोगी एलन मस्कले सङ्घीय सरकार र यसका धेरै कार्यक्रमको अभूतपूर्व चुनौतीमा अहिलेसम्म युएसएडलाई सबैभन्दा बढी लक्षित गरेका छन् ।ट्रम्पको जनवरी २० को शपथग्रहणयता व्यापक वित्तीय रोकले विश्वभरका एजेन्सीका अधिकांश कार्यक्रमहरू बन्द गरेको छ र लगभग सबै कर्मचारीलाई प्रशासनिक बिदा वा अवकाशमा राखिएको छ । मस्क र ट्रम्पले युएसएडलाई स्वतन्त्र एजेन्सीका रूपमा हटाउने र जीवित कार्यक्रमहरूलाई विदेश विभागअन्तर्गत सार्ने कुरा गरेका गरेका छन् । 

डेमोक्रेटिक सांसदहरू र अन्यले कांग्रेसको स्वीकृति बिना यो कदम गैरकानूनी भएको बताएका छन् । अमेरिकन फरेन सर्भिस एसोसिएसन र अमेरिकन फेडेरेसन अफ गभर्नमेन्ट एम्प्लाइजले आफ्नो मुद्दामा यही तर्क दिएका थिए । मुद्दामा वासिङ्टनको सङ्घीय अदालतलाई युएसएडका भवनहरू पुनः खोल्न, कर्मचारीहरूलाई काममा फर्काउन र वित्तीय सहायता पुनस्र्थापना गर्न बाध्य पार्न माग गरिएको छ ।

सरकारी अधिकारीहरूले ‘अमेरिकी कामदारहरू, विश्वभरका लाखौँ मानिसहरूको जीवन र अमेरिकी राष्ट्रिय हितसँग सम्बन्धित उनीहरूका कार्यहरूको विनाशकारी परिणामलाई स्वीकार गर्न असफल भए’, मुद्दामा भनिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE