गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले कृषकलाई अनुदानमा मकैको बीउ वितरण गर्ने भएको छ ।
यस गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत मकैको बीउ वितरण कार्यक्रम अन्तर्गत पचास प्रतिशत अनुदानमा उन्नत मकैको बीउ वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत पन्थीका अनुसार गाउँपालिकाले अनुदानमा मकैको बीउ वितरण गर्नका लागि उन्नत मकैको बीउ माग सम्बन्धि १५ दिने सूचना जारी गरेको छ । सात वटै वडाका कृषकलाई मकैको बीउ वितरण गरिने हुँदा आवश्यक पर्ने मकैको बीउको परिमाण उल्लेख गरी इच्छुक कृषक, कृषक समूह, सहकारी र फर्महरुलाई सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न आग्रह गरिएको उनले बताए ।
निवेदनसँगै व्यक्तिको हकमा नागरिकताको प्रमाणपत्र प्रतिलिपि, कृषि फार्म, समूह र सहकारीको हकमा दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा समूह र सहकारीको हकमा मकैको बीउ माग गर्ने सम्बन्धिको निर्णयको प्रतिलिपि समावेश गराउनुपर्ने गाउँपालिकाले जनाएको छ । कृषकको मागको आधारमा उन्नत देउती र मनकामना–३ जातको मकैको बीउ वितरण गरिने बताइएको छ ।
कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित तथा आत्मनिर्भर बनाउनुका साथै मकैको उत्पादनमा वृद्धि ल्याउन र स्थानीय उन्नत जातलाई प्रोत्साहन गर्ने उदेश्यले उन्नत मकैको बीउ वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: