Ntc summer Offer
Khabar Dabali ५ चैत्र २०८१ बुधबार | 19th March, 2025 Wed
Investment bank

राेजगारीकाे लागि विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीनजना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । बेरोजगार युवा-युवतीलाई विदेशमा आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेत गुर्भाकोट नगरपालिका-२ का ३६ वर्षीय रमेशकुमार डिसी, रोल्पा गंगादेव गाउँपालिका-५४१ वर्षीय जैबहादुर वली र मकवानपुर थाहा नगरपालिका-२ का ३८ वर्षीय रविन कार्की रहेका छन् । 

उनीहरूलाई बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूले रकम लिएर लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाएर सम्पर्कविहीन भएपछि पीडितहरू उजुरी दिन आएका थिए ।

डिसीले सिंगापुर पठाइदिन्छु भनी एक जना पीडितबाट १० लाख रुपैयाँ, वलीले क्रोएसिया पठाइदिने भनी एक जनाबाट ६ लाख रुपैयाँ ठगी गरेको आचार्यले बताए । कार्कीले स्लोभाकिया पठाइदिने भन्दै एक जनाबाट १९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनीविरूद्ध वृत्त बौद्धमा बैंकिङ कसुर सम्बन्धी ११ लाख ५० हजार बिगोको दुई वटा मुद्दा विचाराधीन रहेका छन् ।

डिसी र वलीलाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ भने कार्कीलाई वृत्त बौद्ध पठाइएको छ । बौद्धको बैंकिङ कसुर मुद्दाको अनुसन्धान सकिएपछि कार्कीलाई प्रहरीले वैदेशिक रोजगार विभागमा उपस्थित गराउने भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगलागीबाट उदयपुरमा एक करोड २२ लाखको क्षति

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कल्याणचोकमा विद्युत सट भई आगलागी हुँदा एक करोड २२ लाख बराबरको क्षति भएको छ । मंगलबार दिउँसो चौदण्डीगढी नगरपाल...

कोरियावाट ८.७० अर्बको आयात हुदाँ नेपालवाट ३३.५० कराेडकाे मात्र निर्यात

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग कोरियाली लगानी मूल्याङ्कन टोलीले भेटघाट गरेको छ । भेटका क्रममा मन्त्री भण्डारीले न...

कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा कोशी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र थेचम्...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का एक घाइते

सर्लाही । आज हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । प्रदेश २–०३–०१८ प ३२०६ नम्बरको मोट...

१५५ जना विपन्नलाई निःशुल्क उपचार

काठमाडौं । लक्षित वर्ग निःशुल्क उपचार कार्यक्रममा काठमाडौँ महानगरपालिकाभित्र भएका अस्पतालहरुले १ वर्षमा २६ जनाको शल्यक्रियासहित १५५ जना विपन्न र वेवार...

कपिलवस्तुमा अवैध रूपमा नेपाल ल्याइएकाे विदेशी चुरोट बरामद

कपिलवस्तु । कपिलवस्तुमा अवैध रूपमा नेपाल ल्याउँदै गरेको विदेशी ब्राण्डका चुरोट बरामद भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, ...

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबिच वार्ता

भारत । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबिच मंगलबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।  भारतीय विदेश...

धनकुटामा चार क्याम्पस: तीनमा अनेरास्ववियु र एक नेविसंघ विजयी

धनकुटा । धनकुटामा रहेका जम्मा छ वटा क्याम्पसमध्ये चार वटा क्याम्पसमा विद्यार्थी संगठनले सर्वसम्मत रुपमा स्ववियुको नेतृत्व चयन गरेका छन् । मंगलबार सम्प...

बागलुङकाे गलकोट क्याम्पसकाे स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका साहनी विजयी

बागलुङ । गलकोट बहुमुखी क्याम्पस बागलुङको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका प्रभात साहनी निर्वाचित भएका छन् ।  साहनीले संयुक्त प्यानलकी रेनुका पर...

मकवानपुरगढीमा आगलागीबाट १० लाख बढीको क्षति

मकवानपुर । मकवानपुरको मकवानपुगढी गाउँपालिका वडा नम्बर २ बाँसपानीमा स्थानीयको घरमा लागेको आगोबाट झण्डै १० लाख रुपैयाँ बढीको धनमाल क्षति भएको छ । मकवानप...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy