Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

खाेटाङमा “प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव–२०८१” हुने

खबरडबली संवाददाता

खोटाङ । खोटाङको जिल्ला सदरमुकाम दिक्तेलमा आगामी फागुनमा मिनी महोत्सव हुने भएको छ । नमुना स्पोर्टस क्लब लफ्याङको आयोजनामा फागुन १ देखि १६ गतेसम्म “प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव–२०८१” हुन लागेको हो ।

दिक्तेलस्थित बेसक्याम जयपुरेडाँडामा १७ दिनसम्म चल्ने महोत्सवमा कृषिमेला प्रदर्शनीदेखि राष्ट्रिय कलाकारहरूको विशेष साङ्गीतिक प्रस्तुतिसम्मको कार्यक्रम रहेको आयोजकले जनाएको छ । मिनी महोत्सवमा स्थानीय स्तरको उत्पादनको स्टल राखिनेछ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै जिल्लालाई आर्थिक चलायमानसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक संस्थाका पूर्व अध्यक्ष काजिमान राईले बताए । 

महोत्सवमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शन हुनेछ । हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहनेछ । यस्तै लोक नृत्य प्रतियोगिता र खुला गायन प्रतियोगिता सञ्चालन हुनेछ । जिल्ला स्तरको कविता वाचन प्रतियोगिता पनि रहने छ । 

जिल्लामा खेलिँदै आएको हरेक खेलका उत्कृष्ट खेलाडीहरूलाई र एक उत्कृष्ट पत्रकारलाई सम्मानको कार्यक्रम पनि रहेको आयोजक संस्था नमुना स्पोट्र्स क्लबका अध्यक्ष विज्ञान राईले बताए । मनोरञ्जनका लागि रोटेपिङ, मिक्की माउस, स्कार्पियो, जम्पिङ, त्रीबोर्ड, हात्ती घोडा रेस, घडी चिट्ठा लगायतका खेलहरू हुनेछन । कार्यक्रम भरिमा करिब ५० हजार दर्शकको उपस्थिति रहने उद्देश्य राखिएको छ । 

साङ्गीतिक प्रस्तुतिका लागि चर्चित गायक शम्भु राई, राजेश पायल राई, एलिना चौहान, बबिना किराँती, मिलन नेवार, सुनिता थेगिम, समिक्षा अधिकारी, ज्योति मगरसँगै खोटाङ जिल्लामा जन्मिएका अन्य कलाकारहरूको उपस्थिति गराउने आयोजकको तयारी छ । हाल सञ्चालन भइरहेको भोइस अफ नेपालको प्रतियोगितामा भाग लिइरहेका खोटाङका सबै कलाकारलाई पनि ल्याउने तयारी आयोजकको रहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending