खोटाङ । खोटाङको जिल्ला सदरमुकाम दिक्तेलमा आगामी फागुनमा मिनी महोत्सव हुने भएको छ । नमुना स्पोर्टस क्लब लफ्याङको आयोजनामा फागुन १ देखि १६ गतेसम्म “प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव–२०८१” हुन लागेको हो ।
दिक्तेलस्थित बेसक्याम जयपुरेडाँडामा १७ दिनसम्म चल्ने महोत्सवमा कृषिमेला प्रदर्शनीदेखि राष्ट्रिय कलाकारहरूको विशेष साङ्गीतिक प्रस्तुतिसम्मको कार्यक्रम रहेको आयोजकले जनाएको छ । मिनी महोत्सवमा स्थानीय स्तरको उत्पादनको स्टल राखिनेछ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै जिल्लालाई आर्थिक चलायमानसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक संस्थाका पूर्व अध्यक्ष काजिमान राईले बताए ।
महोत्सवमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शन हुनेछ । हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहनेछ । यस्तै लोक नृत्य प्रतियोगिता र खुला गायन प्रतियोगिता सञ्चालन हुनेछ । जिल्ला स्तरको कविता वाचन प्रतियोगिता पनि रहने छ ।
जिल्लामा खेलिँदै आएको हरेक खेलका उत्कृष्ट खेलाडीहरूलाई र एक उत्कृष्ट पत्रकारलाई सम्मानको कार्यक्रम पनि रहेको आयोजक संस्था नमुना स्पोट्र्स क्लबका अध्यक्ष विज्ञान राईले बताए । मनोरञ्जनका लागि रोटेपिङ, मिक्की माउस, स्कार्पियो, जम्पिङ, त्रीबोर्ड, हात्ती घोडा रेस, घडी चिट्ठा लगायतका खेलहरू हुनेछन । कार्यक्रम भरिमा करिब ५० हजार दर्शकको उपस्थिति रहने उद्देश्य राखिएको छ ।
साङ्गीतिक प्रस्तुतिका लागि चर्चित गायक शम्भु राई, राजेश पायल राई, एलिना चौहान, बबिना किराँती, मिलन नेवार, सुनिता थेगिम, समिक्षा अधिकारी, ज्योति मगरसँगै खोटाङ जिल्लामा जन्मिएका अन्य कलाकारहरूको उपस्थिति गराउने आयोजकको तयारी छ । हाल सञ्चालन भइरहेको भोइस अफ नेपालको प्रतियोगितामा भाग लिइरहेका खोटाङका सबै कलाकारलाई पनि ल्याउने तयारी आयोजकको रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: