Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

देशका ५७ प्रतिशत नागरिकले शुद्ध खानेपानी पाउनेछन् : मन्त्री यादव

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । खानेपानी मन्त्री प्रदिप यादवले शुद्ध खानेपानीमा नागरिकको पहुँच वृद्धिमा सरकारले काम गरिरहेको बताए । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिकाको जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाई समितिको नवनिर्मित भवन तथा गुणस्तरीय खानेपानी प्रशोधन केन्द्रको उद्घाटन गर्दै मन्त्री यादवले एक वर्षभित्र ५७ प्रतिशत नागरिकले शुद्ध खानेपानीको सुविधा प्राप्त गर्ने बताए । 

मन्त्री यादवले खानेपानी आयोजना निर्माणमा नागरिकको लगानी सहभागिता खारेज गर्ने गरि सहलगानी बिना नै सरकारले पूर्ण लगानीमार्फत आयोजना पूर्ण गर्ने तयारी गरिरहेको बताए । "२७ प्रतिशत नागरिक मात्र शुद्ध खानेपानीको पहुँचमा छन्, अबको एक वर्षमा ५७ प्रतिशतले उक्त सुविधा प्राप्त गर्ने गरी सरकारले काम गरिरहेको छ," मन्त्री यादवले भने, "खानेपानी आयोजना निर्माणमा नागरिकको लगानी ३० प्रतिशत छ, उपभोक्ता समितिलाई कर तिर्नुपर्ने बाध्यता छ, यो सबै नागरिकको हितमा छैनन् । हामी यस्ता निर्देशिका खारेजीको तयारीमा छौँ ।"

खानेपानी आयोजना निर्माण र शुद्ध खानेपानीमा नागरिकको पहँच वृद्धि गर्न दातृ निकायको समन्वय र सहयोगमा तीब्र गतीमा काम भएको उनको जिकिर छ । ‘आगामी वर्षको बजेट र कार्यक्रम निर्माणमा देशभरका ४२ हजार अपभोक्ताको हित र आवश्यकता अनुरूप निर्माण हुने छ,’ मन्त्री यादवले भने, ‘यो सरकार नागरिकलाई सहुलियत दिन निर्माण भएको हो । उपभोक्ता समिति जसको आम्दानी छैन उसैलाई कर लिने परिपाटी हामी अन्त्य गर्दैछौँ ।’ लामो समयदेखि खानेपानी ऐन अलपत्र रहेकोमा गत साता खानेपानी नियमावली निर्माण गरी कार्यान्वयन गरिएको उनले बताए । 

जिल्ला सदरमुकाम चौतारा सहितका क्षेत्रमा खानेपानी सेवा वितरण गर्दै आएको जुगल थालखर्क होल्चे खानेपानी आयोजनाले प्रतिसेकेन्ड २५ लिटर पानी वितरण गर्नेगरी प्रशोधन केन्द्र, चार लाख लिटर क्षमताको दुई ट्याङ्की  र साँढे दुई तले कार्यालय भवन निर्माण सम्पन्न गरेको समितिका अध्यक्ष सुवास कर्माचार्यले जानकारि दिए । 

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपूर र जापानिज सहयोगी संस्था जाइकाले ९ करोड ७ लाख लागतमा संरचना निर्माण सम्पन्न गरेको हो । डब्लुएचओको गुणस्तरको खानेपानी वितरण गर्न सक्षम संरचना निर्माण भएको खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending