Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

रवि लामिछानेलाईअदालत उपस्थित गराईयो, थुनछेक बहस हुँदै

खबरडबली संवाददाता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले चितवन जिल्ला अदालत उपस्थित गराएको छ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन मुद्दाको थुनछेक बहसका लागि प्रहरीले बिहीबार लामिछानेलाई अदालत उपस्थित गराएको हो।

जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा हेर्दा हेदैको सूचिमा रहेको लामिछानेको ठगी सम्बन्धी मुद्दामा बिहीबार पनि थुनछेक बहस हुँदै भएको हो । 

थुनछेक बहस नसकिएका कारण बुधवार अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीको जिम्मा लगाएको थियो । उहाँलाई बिहीबार बिहानै १० बजे नै अदालतमा उपस्थित गराउन अदालतको निर्देशन भएकाले उहाँ उपस्थित भए लगत्तै बहस सुरु हुने अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले  जानकारी दिनुभयो । बुधवार  रोकिएकै अवस्थाबाट थुनछेक बहस सुरु हुने पनि बताइएको छ । 

 मुद्दामा सहकारी पीडितका तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेपछि हिजोको अदालतको कारबाही रोकिएको थियो । त्यसलाई निरन्तरता दिँदै सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ता सुनिता अधिकारी र अधिवक्ता शम्भू वर्तौलाले आज बहस गर्दै छन। 

त्यसपछि मात्रै रवि लामिछानेका तर्फका अधिवक्ताहरूले बहस गर्ने  कार्यक्रम छ । सो मुद्दामा लामिछानेका तर्फबाट बचाउ बहसकालागि वरिष्ठ अधिवक्ता सुनिलकुमार पन्तको नेतृत्वमा दश जना अधिवक्ताले आफ्नो नाम वकलातनामामा दर्ता गराउनु भएको छ । 

अधिवक्ता पन्त सहित अधिवक्ताहरू डा। एकनारायणदत्त कँडेल, अधिवक्ता चूडामणि सापकोटा, अधिवक्ता रामचन्द्र देवकोटा, अधिवक्ता सुवर्ण सापकोटा र अधिवक्ता सञ्जय गोले, अधिवक्ता गोपीलाल देवकोटा लगायतले वकालतनामा दर्ता गराएको अदालतका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।

जिल्ला सरकारी वकिलको कार्यालय  चितवनले रविका विरुद्ध मागलवर सङ्गठित अपराधको मुद्दा उन्मुक्ति दिदै ठगीमा मात्र मुद्दा दर्ता गराएको थियो । २०८१ असोज ८ गते चितवन जिल्ला अदालतमा साहारा चितवनको मुद्दा दर्ता भएको थियो । सोही मुद्दा विचराधिन भइरहेका बेला पूरक निवेदन दर्ता भए पछि लामिछाने सहितका ३२ जना विरुद्ध मुद्दा दर्ता गराएको थियो ।

लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ उपदफा १ र २ विपरीत कसुर गरेको अभियोग लगाइएको छ । दफा २४९ को उपदफा ३ ग बमोजिम कारबाही माग गरिएको छ । लामिछानेले भने बयानमा सबै इन्कारी गरेको छ न। 

साहारा चितवनबाट गोरखा मिडिया प्रालिमा  १० करोड ८० लाख १८ हजार १५१ रुपियाँ गएको देखिन्छ । यसमा सञ्चालक रहेका चार जनालाई दामासाही रूपमा ठगीमा बिगो भराइने गरी मुद्दा दर्ता गरिएको थियो । यसो हुँदा लामिछाने माथि २ करोड ७० लाख ४ हजार ५३५ रुपियाँ बरावरको बिगो दाबी हुन आउँछ । 

मुद्दामा गोरखा मिडियाका नाममा जम्मा भएको रकममा ८१४ वटा मार्फत लामिछानेले एकल खर्च गरेको पनि मुद्दामा उल्लेख छ । गोरखा मिडियाको थप ६ वटा चेक जीवी राइसँग मिलेर लामिछानेले खर्च गरेको पनि मुद्दामा जनाइएको छ ।   

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक, मिटरब्याज आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

मिडिया गेटमा पार्किङबारे रवि लामिछाने: पार्टीले विज्ञप्तिमार्फत यो गलत हो भनेर स्पष्ट भनिसकेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...

प्रतिनिधिसभामा ‘अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन र खारेज गर्ने विधेयक’ प्रस्तुत

वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री

नगर प्रहरीलाई मन्त्री लम्सालको आग्रह: मनोबल नघटाउनुहोस्, तपाईंहरूकै कारण धेरै एम्बुलेन्स समयमै अस्पताल पुगेका छन्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...

यातायात कार्यालयको अनलाइन प्रणाली सञ्चालनमा, देशभर सेवा पुन: सुरु

काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...

मलाई ‘गोली हानेर मारिदिन्छु’ भन्दै धम्की आएको छ : ऐन महर

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...

प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...

करार कर्मचारी हटाउने तयारीको विरोधमा अर्थ मन्त्रालयको गेटमा धर्ना

काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...

महरलाई खगेन्द्रको प्रश्न– बालेन मुर्दावाद भन्ने क्रान्तिकारीमा बा मुर्दावाद भन्न सक्ने दम राख्नुहुन्छ ?

खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending