चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले चितवन जिल्ला अदालत उपस्थित गराएको छ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन मुद्दाको थुनछेक बहसका लागि प्रहरीले बिहीबार लामिछानेलाई अदालत उपस्थित गराएको हो।
जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा हेर्दा हेदैको सूचिमा रहेको लामिछानेको ठगी सम्बन्धी मुद्दामा बिहीबार पनि थुनछेक बहस हुँदै भएको हो ।
थुनछेक बहस नसकिएका कारण बुधवार अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीको जिम्मा लगाएको थियो । उहाँलाई बिहीबार बिहानै १० बजे नै अदालतमा उपस्थित गराउन अदालतको निर्देशन भएकाले उहाँ उपस्थित भए लगत्तै बहस सुरु हुने अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो । बुधवार रोकिएकै अवस्थाबाट थुनछेक बहस सुरु हुने पनि बताइएको छ ।
मुद्दामा सहकारी पीडितका तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेपछि हिजोको अदालतको कारबाही रोकिएको थियो । त्यसलाई निरन्तरता दिँदै सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ता सुनिता अधिकारी र अधिवक्ता शम्भू वर्तौलाले आज बहस गर्दै छन।
त्यसपछि मात्रै रवि लामिछानेका तर्फका अधिवक्ताहरूले बहस गर्ने कार्यक्रम छ । सो मुद्दामा लामिछानेका तर्फबाट बचाउ बहसकालागि वरिष्ठ अधिवक्ता सुनिलकुमार पन्तको नेतृत्वमा दश जना अधिवक्ताले आफ्नो नाम वकलातनामामा दर्ता गराउनु भएको छ ।
अधिवक्ता पन्त सहित अधिवक्ताहरू डा। एकनारायणदत्त कँडेल, अधिवक्ता चूडामणि सापकोटा, अधिवक्ता रामचन्द्र देवकोटा, अधिवक्ता सुवर्ण सापकोटा र अधिवक्ता सञ्जय गोले, अधिवक्ता गोपीलाल देवकोटा लगायतले वकालतनामा दर्ता गराएको अदालतका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनले रविका विरुद्ध मागलवर सङ्गठित अपराधको मुद्दा उन्मुक्ति दिदै ठगीमा मात्र मुद्दा दर्ता गराएको थियो । २०८१ असोज ८ गते चितवन जिल्ला अदालतमा साहारा चितवनको मुद्दा दर्ता भएको थियो । सोही मुद्दा विचराधिन भइरहेका बेला पूरक निवेदन दर्ता भए पछि लामिछाने सहितका ३२ जना विरुद्ध मुद्दा दर्ता गराएको थियो ।
लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ उपदफा १ र २ विपरीत कसुर गरेको अभियोग लगाइएको छ । दफा २४९ को उपदफा ३ ग बमोजिम कारबाही माग गरिएको छ । लामिछानेले भने बयानमा सबै इन्कारी गरेको छ न।
साहारा चितवनबाट गोरखा मिडिया प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ रुपियाँ गएको देखिन्छ । यसमा सञ्चालक रहेका चार जनालाई दामासाही रूपमा ठगीमा बिगो भराइने गरी मुद्दा दर्ता गरिएको थियो । यसो हुँदा लामिछाने माथि २ करोड ७० लाख ४ हजार ५३५ रुपियाँ बरावरको बिगो दाबी हुन आउँछ ।
मुद्दामा गोरखा मिडियाका नाममा जम्मा भएको रकममा ८१४ वटा मार्फत लामिछानेले एकल खर्च गरेको पनि मुद्दामा उल्लेख छ । गोरखा मिडियाको थप ६ वटा चेक जीवी राइसँग मिलेर लामिछानेले खर्च गरेको पनि मुद्दामा जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: