Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

महरलाई खगेन्द्रको प्रश्न– बालेन मुर्दावाद भन्ने क्रान्तिकारीमा बा मुर्दावाद भन्न सक्ने दम राख्नुहुन्छ ?

खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आत्मदाह गरेका गणेश नेपालीलाई बचाउन आफूहरूले गृहमन्त्रीसँग समन्वय गरेर रातदिन प्रयास गरे पनि सफल हुन नसकेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले गणेश नेपालीको आत्मदाह घटनामा संलग्न दोषीमाथि कारबाहीका लागि सरकारले छानबिन प्रक्रिया अघि बढाएको भन्दै धन्यवाद दिए।

उनले भने, “यसमा यति धेरै राजनीतिक, धेरै जातीय रंग पोतियो। सदन र सडकमा पनि कहाँ गयो खगेन्द्र सुनार ? हिजो नेल लगाएर आएको खगेन्द्र सुनार कहाँ गयो भनेर खोजिएको पाएँ। यो जातीय रूपमा भएको घटना मात्र होइन, मेरो घरको मान्छे, मेरो थरको मान्छे मरेको पीडा पनि हो।”

सुनारले आठ वर्षअघि रुकुमको सोतीमा भएको घटनामा ६ जनाको हत्या हुँदा आफूलाई प्रश्न गर्नेहरू त्यतिबेला कहाँ थिए भन्दै प्रतिपक्षीमाथि प्रश्न गरे।

उनले बालेन शाहविरुद्ध नारा लगाउनेहरूले विगतका घटनामा पनि समान रूपमा आवाज उठाउन सकेका थिए कि थिएनन् भन्दै प्रश्न गरे।

“अहिले बालेनको मुर्दावाद भन्ने क्रान्तिकारी साथीहरू, तपाईँकै छेउमा बसेको मित्र गृहमन्त्री हुँदा ६ जना मान्छेको हत्या भएको थियो। अहिले बालेनको मुर्दावाद भन्ने कमरेडले त्यतिबेला बा मुर्दावाद भन्न सक्ने दम राख्नुहुन्छ ?” उनले प्रश्न गरे।

सांसद सुनारले गणेश नेपालीको परिवारको जिम्मा सरकारले लिनुपर्ने पनि बताए।

उनले आफू संघर्ष र विद्रोहको पृष्ठभूमिबाट आएको उल्लेख गर्दै भने, “हिजो नेल लगाएर आएको भनेर खोजिएको थियो। यहाँ छ खगेन्द्र सुनार। यो नेल लगाएर आएको खगेन्द्र सुनार हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको खगेन्द्र सुनार होइन।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मलाई ‘गोली हानेर मारिदिन्छु’ भन्दै धम्की आएको छ : ऐन महर

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...

प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...

करार कर्मचारी हटाउने तयारीको विरोधमा अर्थ मन्त्रालयको गेटमा धर्ना

काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...

महरलाई खगेन्द्रको प्रश्न– बालेन मुर्दावाद भन्ने क्रान्तिकारीमा बा मुर्दावाद भन्न सक्ने दम राख्नुहुन्छ ?

खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन

सरकारी विज्ञापनको एकद्वार प्रणाली खारेज गर्न सर्वोच्चको आदेश

काठमाडौं । सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वार प्रणालीको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ। मंगलबार सर्वोच्च अदालतका न्या...

प्रतिनिधिसभा बैठकमा पुगेका प्रधानमन्त्री बालेन र रवि लामिछाने २० मिनेटमै बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने केहीबेर बसेर बाह...

संसद् बैठकमा प्रधानमन्त्री शाह र रवि लामिछानेको प्रवेशलाई लिएर एमालेको आपत्ति, रुलिङको माग

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा प्रवेश गर्ने क्रम...

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका सञ्चालक पक्राउ

सर्लाही । सर्लाहीको धनकौलमा सञ्चालनमा रहेको अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र विनोद साह कलवार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्याल...

प्रधानमन्त्री शाह र रवी लामिछाने प्रतिनिधिसभा बैठकमा सहभागी

काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगै बैठ...

संवेदनशील क्षेत्रमा २६६ वटा सीसीटीभी क्यामरा जडान

कपिलबस्तु। जिल्लामा शान्ति सुरक्षा सुदृढ गर्न सीसीटीभी उद्घाटन तथा समसामयिक विषयमा स्थानीय तहसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरिएको छ । उक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending