सल्यान । सल्यानमा लामो समयदेखि पानी नपर्दा हिउँदे बालीनाली सुक्न थालेका छन् । वर्षा नहुँदा हिउँदेबाली गहुँ, जौ, चना, मसुराेजस्ता बालीनाली बारीमै सुक्न थालेका छन् ।
वर्षातको समयदेखि हालसम्म पनि पानी नपर्दा बारीमा छरेको बिउ नै नआउने हो कि भन्ने चिन्ताले सताउन थालेको बनगाड कुपिण्डे नगरपालिका- २ का लक्ष्मण बुढाले बताए । उनले भने, ‘एक त पानी नपरेर बाली बारीमै हराइसक्यो अलि-अलि भएको पनि जंगली जनावरले सखाप पारिसके। यसपालि केले परिवार पाल्ने, गाह्रो हुने भयो ।’
पानी नपर्दा फुलेको तोरीमा दाना नलागेको अर्का किसान राजी बुढाले बताइन् । ‘केही सेपिलो जग्गातिर मात्रै हरियो गहुँ जौ देखिन्छ । अन्यत्र सबै स्थान सुक्खा छ,’ उनले भनिन । खेती लगाएदेखि वर्षा नभएकाले उत्पादनमा ह्रास आउने बुढाको भनाइ छ । हिउँदे बाली नभए वर्षे बालीको भरमा मात्र परिवार चलाउन गाह्रो हुने उनले बताइन ।
सिचाइँको सुविधा भएको खेतमा लगाएको गहुँ पनि पहिलेजस्तो फस्टाउन नसकी भुइँमै टाँसिएको कालिमाटी गाउँपालिका- ५ का भद्रबहादुर घर्तीले बताए । ‘खेत र पाखो गरी १० रोपनी जग्गामा गत वर्ष ६ मुरी गहुँ उत्पादन भएको थियो । यसपालि बिउ आउनेमा पनि शंका लाग्न थालेको छ ।’ उनले भने ।
वर्षा नभएकाले गाउँका धेरैजसो पुरुष परिवारको खर्च जुटाउन भारतका बिभिन्न ठाउँमा गइसकेका उनको भनाइ छ । जिल्लामा ३८ हजार ९२६ हेक्टर क्षेत्रफलमा हिउँदे बाली हुँदै आइरहेको छ । सल्यान खाद्यान्नमा आत्मनिर्भर जिल्ला हो । तर, लामो समयको खडेरीले केही समस्या थपिने देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: