सल्यान । सल्यानमा लामो समयदेखि पानी नपर्दा हिउँदे बालीनाली सुक्न थालेका छन् । वर्षा नहुँदा हिउँदेबाली गहुँ, जौ, चना, मसुराेजस्ता बालीनाली बारीमै सुक्न थालेका छन् ।
वर्षातको समयदेखि हालसम्म पनि पानी नपर्दा बारीमा छरेको बिउ नै नआउने हो कि भन्ने चिन्ताले सताउन थालेको बनगाड कुपिण्डे नगरपालिका- २ का लक्ष्मण बुढाले बताए । उनले भने, ‘एक त पानी नपरेर बाली बारीमै हराइसक्यो अलि-अलि भएको पनि जंगली जनावरले सखाप पारिसके। यसपालि केले परिवार पाल्ने, गाह्रो हुने भयो ।’
पानी नपर्दा फुलेको तोरीमा दाना नलागेको अर्का किसान राजी बुढाले बताइन् । ‘केही सेपिलो जग्गातिर मात्रै हरियो गहुँ जौ देखिन्छ । अन्यत्र सबै स्थान सुक्खा छ,’ उनले भनिन । खेती लगाएदेखि वर्षा नभएकाले उत्पादनमा ह्रास आउने बुढाको भनाइ छ । हिउँदे बाली नभए वर्षे बालीको भरमा मात्र परिवार चलाउन गाह्रो हुने उनले बताइन ।
सिचाइँको सुविधा भएको खेतमा लगाएको गहुँ पनि पहिलेजस्तो फस्टाउन नसकी भुइँमै टाँसिएको कालिमाटी गाउँपालिका- ५ का भद्रबहादुर घर्तीले बताए । ‘खेत र पाखो गरी १० रोपनी जग्गामा गत वर्ष ६ मुरी गहुँ उत्पादन भएको थियो । यसपालि बिउ आउनेमा पनि शंका लाग्न थालेको छ ।’ उनले भने ।
वर्षा नभएकाले गाउँका धेरैजसो पुरुष परिवारको खर्च जुटाउन भारतका बिभिन्न ठाउँमा गइसकेका उनको भनाइ छ । जिल्लामा ३८ हजार ९२६ हेक्टर क्षेत्रफलमा हिउँदे बाली हुँदै आइरहेको छ । सल्यान खाद्यान्नमा आत्मनिर्भर जिल्ला हो । तर, लामो समयको खडेरीले केही समस्या थपिने देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: