ताप्लेजुङ । प्रहरीको नियन्त्रणमा रहेका नो केबलकार पक्षधरका तीन जना रिहा भएका छन् । सिदिङबा गाउँपालिका –५ का लक्ष्मण लिम्बू, तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू र प्रदिप मादेन बुधबार साँझ रिहा भएका हुन् ।
तीनै जनालाई ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए । उनका अनुसार मादेन १० हजार रुपियाँ र लिम्बुद्वय ५–५ हजार धरौटीमा छुटेका हुन् ।
पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक समेत रहेका मादेनलाई प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई अश्लिल शब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको कसुरमा र लिम्बुद्वयलाई छुरासहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।
लिम्बूद्वयलाई गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडाबाट र मादेनलाई गत माघ १५ गते सदरमुकामबाट प्रहरीले पक्राउ गरेका थिए । ‘नो केबलकार’ समूहले आफ्ना कार्यकर्तालाई बिनाशर्त रिहाई लगायतको माग राख्दै यातायात अनिश्चितकालीन बन्द गरेका थिए । आन्दोलनरत पक्ष र सरकारबिच मङ्गलवार राति भएको वार्तामा पक्राउ परेका आन्दोलनरत पक्षका कार्यकर्तालाई रिहाई गर्ने सहमति भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८१ - २०:५५
विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले कडा रोग लागेको विपन्न नागरिकहरूलाई उपचारकाे नाममा १३ करोड २८ लाख बढी रकम बाँड्ने तयारी गरेको छ । ...
चैत्र ८ गते, २०८१ - २०:४९
म्याग्दी । जिल्लाका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको ३३/११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन सञ्चालन भएको छ । पर्वतको जलजला ग...
चैत्र ८ गते, २०८१ - २०:४५
काठमाडौं । दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको घरबाट करिब १५ करोड रुपैयाँ नगद बरामद भएको छ । यो कुरा बाहिर आएपछि सर्वोच्च अदालतको कलेजियमले...
चैत्र ८ गते, २०८१ - २०:०५
वासिङ्टन । ह्वाइट हाउसले इरानमाथि दबाब बढाउँदा अमेरिकाले बिहीबार हुथी–सम्बद्ध जहाजहरूबाट ५० करोड डलर बराबरको इरानी तेल खरिद गर्ने चीनस्थित एक तेल प्रश...
चैत्र ८ गते, २०८१ - २०:०१
खार्तूम । सुडानको सेनाले राजधानी खार्तूमस्थित राष्ट्रपति भवनलाई अर्धसैनिक ‘र्यापिड सपोर्ट फोर्सेज’ले शुक्रबार पुनः कब्जामा लिएको जनाएको छ । सेनाका ...
चैत्र ८ गते, २०८१ - १९:५७
मुम्बई । एलन मस्कको सोसल मिडिया प्लेटफर्म एक्सले सोसल मिडिया सामग्री हटाउन अनुरोध गर्न नियन्त्रण आदेशको प्रयोग गरेकामा भारत सरकारविरुद्ध मुद्दा दायर ग...
चैत्र ८ गते, २०८१ - १९:५२
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पार्टी कमजोर हुँदा बेला–बेलामा लोकतन्त्र मासिँदै आएको बताएका छन्...
चैत्र ८ गते, २०८१ - १९:४५
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते काठमाडौंमा हुने विरोध सभामा ठुलो सङ्ख्यामा उपस्...
चैत्र ८ गते, २०८१ - १९:२३
मुम्बइ । यति लामो समयपछि सलमान खानलाई ठूलो पर्दामा देख्दा उनका फ्यानहरु निकै उत्साहित हुनेछन् । अभिनेताको बहुप्रतिक्षित फिल्म सिकन्दर यस वर्षको इदक...
चैत्र ८ गते, २०८१ - १९:१९
ठोरी । ठोरी गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जारी ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्तर्ग...
प्रतिकृया लेख्नुहोस्: