Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

काठमाडौं महानगरपालिका २६ द्वारा खेलाडीहरूलाई सम्मान

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. २६ को प्रतिनिधित्व गर्दै विभिन्न खेलका प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, अन्तर्राष्ट्रिय रेफ्री, वडाको पहिचान र प्रतिष्ठामा योगदान व्यक्तित्व, सांस्कृतिक प्रतियोगितामा विजय हासिल गर्ने व्यक्तिहरुलाई सम्मान प्रदान गरिएको छ ।

आज वडामा आयोजना गरिएको कार्यक्रममा वडाध्यक्ष एवम् सुशासन समितिका संयोजक ख्यामराज तिवारीले सम्मान प्रदान गरेका हुन् । यसरी सम्मानित हुनेमा सगरमाथा ओरोही पूर्णिमा श्रेष्ठ छिन् । उनलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरियो । कार्यक्रममा स्वर्ण पदक विजेतालाई नगद १५ हजार रुपैयाँसहित सम्मान, कास्य पदक विजेतालाई नगद ५ हजार रुपैयाँसहित सम्मान तथा खेलाडीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

वडाका खेलाडीहरूले प्रथम खुला कास्की भेट्रान्स पुरुष बास्केटबल प्रतियोगिता २०८१, ललितपुरमा आयोजना गरिएको वडा स्तरीय खुला टेवुलटेनिस प्रतियोगितालगायत खेलमा पदक प्राप्त गरेका छन् ।

त्यस क्रममा तेक्वान्दो खेलका अन्तरराष्ट्रिय निर्णायक रमिला खत्री र गौरव रजक, टेवुल टेनिस प्रशिक्षक सुरजध्वज केसी, तेक्वान्दो प्रशिक्षक नारायण पन्त, अनिल रजक, मिलन मगर, बास्केट बल प्रशिक्षक फणिन्द्रमान श्रेष्ठ र अञ्जिरमान प्रधानलाई खेल क्षेत्रको विकासमा योगदान दिए वापत सम्मान गरिएको थियो ।

यस्तै, खेल संयोजन तथा व्यवस्थापनमा वडाकातर्फबाट संयोजन गर्ने वडा सदस्य प्रवेश श्रेष्ठलाई पनि सम्मान प्रदान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्ष ख्यामराज तिवारीले, पदक जित्न अरू सबै अवसर छोडेर समर्पित खेलाडीको जीविकोपार्जनका लागि सरकारले ध्यान दिनु पर्ने बताउँदै वडाले त्यस कार्यको थालनी गरेको बताए ।

‘खेलमा भावना र प्रतिष्ठा दुवै जोडिएको हुन्छ । अन्तरराष्ट्रिय स्तरमा खेल्दा देशको पहिचान अभिवृद्धि हुन्छ । यसकारण खेलाडीहरुको प्रोत्साहनका लागि काम थालेका छौं,’ तिवारीले सन्तुलित विकासको प्रसङ्ग उठाउँदै भने, ‘पूर्वाधार विकाससँगै सामाजिक, आर्थिक, शैक्षिक, जनजीवन, जीविकोपार्जन, आरोग्य जीवनलगायत समाजका सबै अङ्गको सन्तुलित विकासमा हाम्रो जोड छ ।’

त्यस क्रममा पूर्व वडाध्यक्ष विश्वम्भरलाल प्रधानले भने, ‘राजा त्रिभुवनका पालामा नेपालको औपचारिक फुटवल प्रशिक्षण लैनचौरबाट भएको हो । यसकारण वडा नं. २६ खेल विकासको उर्वर भूमि हो ।’ उनले ४० वर्षअघिको कार्यक्रम स्मरण गर्दै भने, ‘म वडाध्यक्ष भएको समयमा यसैगरी खेलाडीहरुलाई सम्मान गरेको थिएँ । लामो समयपछि आज त्यस बेलाको कार्यक्रम जोडिएको छ । यो खुशीको कुरा हो ।’ वडा सदस्य एवं खेलकुद संयोजक प्रवेश श्रेष्ठले खेल विकासका योजना सुनाउँदै भने, ‘हामी तत्काल विभिन्न ५ वटा विधाका खेलका कार्यक्रम सञ्चालन गर्दैछौँ । हामीले सञ्चालन गर्ने खेलले युृवाहरुको सक्रियतालाई बढाउने, स्वच्छ समाज निर्माणमा योगदान हुने आशा गरेका छौँ ।’

तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय रेफ्री गौरव रजकले भने, ‘पदक लिनका लागि हामीले खेलबाहेक सबै अवसर छोडेका हुन्छौँ । यसरी अवसर छोडेर देशको प्रतिष्ठाका लागि खेल खेल्नेहरुलाई सरकारले सम्झना गर्दा हर्षविभोर हुने रहेछ । वडाले प्रदान गरेको सम्मानबाट यस्तै महसुस भइरहेको छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending