काठमाडौं । गायिकाको पहिचान बनाएकी बबिता बानियाँ (जेरी)ले कथा वाचन गर्ने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मङ्गलबार सुरु भएको छ ।
यद्पि उनले कथा वाचन गर्न लागेको विषयमा सरोकारवालाले पक्ष विपक्षमा टीकाटिप्पणी गरिरहेका छन् । यस विषयमा जेरीले लोकदोहोरी क्षेत्रमा संघर्ष गरेर आफू चिनिन पनि सफल भएको र अहिले फरक क्षेत्रमा आएकाले आम मानिसमा चासो र बहस हुनु स्वाभाविक भएको बताइन् ।
‘मैले संगीत क्षेत्रमा संघर्ष गरेर पहिचान पनि पाएको हुनाले पनि अहिले गर्न लागेको नयाँ काममा धेरैले चासो र चिन्ता गर्नुभएको रुपमा बुझेको छु’, उनले भनिन्, ‘यो खास कर्कमाण्ड भन्दा पनि श्रीमतभागवको अध्ययन गरेर मैले एउटा बाचिकाका रुपमा संगीतसहितको प्रवचन गर्न लागेको हो ।’ उनले आफूले कुनै अनुष्ठान गर्न नलागेको उनले बताइन् । ‘किनभने सहभागी महायज्ञमा अनुष्ठानमा चाहिँ वैदिक ब्राह्मणहरू छन् । वाचन र संगीतमय कथा प्रवचनको पाटो मेरो हो,’ उनले भनिन् ।
उनले आफ्नो विरोध गर्नेहरूले कमजोरी औँल्याइएको भन्दै त्यसलाई सुधारेर अघि बढ्ने र कार्यक्रम सफल बनाएकै छाड्ने बताइन् । राजधानीको नागार्जुन नगरपालिका–१ रानीवनस्थित महादेव मन्दिर परिसरमा जेरीको वाचन हुने महायज्ञ मंगलबारदेखि सुरु भएको हो । पहिलो दिन कलश यात्राका साथै औपचारिक कार्यक्रम भएको जेरीले बताइन् । कथा बाचनको संगीतमय प्रवचन बुधबारदेखि सुरु भएको जेरीले बताएकी छिन् । ‘यो अवधिभर वाचन मैलेमात्र गर्छु । बेलाबेला अतिथि गुरुहरु पनि आउनुहुन्छ’, उनले भनिन् । जेरीले आफूलाई कथा बाचकको रुपमा योगमाया सखीको रुपमा चिनाउन खोजेकी छन् । वैदिक सनातन धर्मको सम्वद्र्धन तथा नागभुषण महादेव मन्दिर परिसरको सर्वाङ्गीण भौतिक विकासका लागि महायज्ञ गरिएको आयोजकको भनाइ छ ।
श्री नागभूषण मन्दिर संरक्षण तथा सामुदायिक संस्था तथा श्रीमद्भागवत सेवा कुञ्ज नेपाल आयोजक रहेको उक्त सप्ताह माघ ३० गतेसम्म जारी रहने सांस्कृतिक संयोजक बालचन्द्र बरालले जानकारी दिए । महायज्ञमा ५ हजारदेखि माथिका दाताहरूको नाम, २५ हजार भन्दा माथिका दाताहरूको सम्पत्तिको नाम र ५० हजारभन्दा माथिका दाताहरूको तीन पुस्तेको नामसहित मन्दिरमा अभिलेखीकरण गरिने आयोजकको भनाइ छ ।
जोरीले करिब डेढ दशकको दोहोरी गायक यात्राका क्रममा निकै चर्चा कमाएकी थिइन् । अहिले भने उनी अध्यात्मतिर ढल्किएकी हुन् । भागवतको दशकसम्म स्वअध्ययन र डेढ वर्ष नेपाल र भारतमा समेत अध्ययन गरेपछि आफू पहिलो पटक कथावाचनमा जुटेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: