Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

पर्वतमा आधारभूत अस्पताल सञ्चालन हुन सकेनन्

खबरडबली संवाददाता

पर्वत । पर्वत जिल्लाका विभिन्न पालिकाहरूमा दुई वर्षभित्र निर्माण सम्पन्न भई स्वास्थ्य सेवा प्रदान गर्ने भनिएका आधारभूत अस्पतालहरूको भौतिक संरचना निर्माणको काम नै पूरा हुन सकेको छैन । जिल्लाको सात पालिकामध्ये केही स्थानीय पालिकामा अस्पताल भवनको भौतिक संरचना निर्माणाधिन अवस्थामा छन् भने केहीमा निर्माण सम्झौता नै हुन सकेको छैन ।

कोभिड १९ को महामारीपछि स्वास्थ्य सेवालाई गाउँसम्म पुराउने भनी तत्कालीन केपी ओलीको सरकारले ३९६ वटै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको घोषणा गरी एकैपटक शिलान्यास गरेको थियो । सरकारले आर्थिक वर्ष ०७६⁄०७७ घोषणा गरेअनुसार अस्पताल निर्माणको कार्यक्रम पर्वतका सातवटै पालिकाहरूमा समेत छ । सरकारले दुई वर्ष भित्र आधारभूत अस्पताल सञ्चालन गरी स्वास्थ्य सेवा प्रदान गर्ने भनिए पनि पर्वतमा भने चार वर्ष बितिसक्दा समेत एउटै अस्पताल सञ्चालन हुन सकेको छैन ।

जिल्लाको मोदी गाउँपालिका वडा ५ स्थित बाजुङ पोखरेमा १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने भनी शिलान्यास गरेको ४ वर्ष बितिसक्दा समेत जग्गा प्राप्तिको प्रक्रिया पूरा हुन नसक्दा डिपिआर हुन नसकेको वडाध्यक्ष मनबहादुर अधिकारीको दुखेसो छ । सरकारले घोषणा गरे अनुसार आधारभूत अस्पताल बन्न ढिलाई हुने भएपछि जनताको स्वास्थ्य सेवाको माग अनुसार गाउँपालिका आफैले भवन भाडा लिई आधारभूत अस्पताल सञ्चालन गर्न थालेको छ । मोदी गाउँपालिकाका सूचना अधिकारी प्रविन पोख्रेलका अनुसार कार्यापालिकाको बैठकबाट निर्णय गरी आधारभूत अस्पताल सञ्चालनका लागि यस आर्थिक वर्ष ८० लाख रुपियाँ विनियोजन गरिएको छ । 

कुश्मा नगरपालिका वडा १२ को ठुलीपोखरीमा करिब ५ करोडको लागतमा १० शय्याको आधारभूत अस्पताल भवन हालसालै निर्माण सम्पन्न भनिए पनि साधन र स्रोतको अभावमा स्वास्थ्यसेवाको प्रवाह हुन नसकेको वडाध्यक्ष झलकप्रसाद रिमालको गुनासो छ । 

जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार वडा ३ मल्लाजमा करिब १० करोडको लागतमा निर्माणाधिन १० शय्याको आधारभूत अस्पतालको पक्की भवन अव निर्माणको अन्तिम चरणमा रहेको छ । फलेवास नगरपालिका वडा ६ देविस्थानमा १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि भनी ५ रोपनी भन्दा बढी जग्गाको व्यवस्था गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट १ करोड ७० लाख रुपैया प्राप्त भएपछि डिपिआर तयार भई निर्माण सम्झौता समेत भएको थियो । पालिकाका प्रशासकीय अधिकृत कृष्ण प्रसाद आचार्यका अनुसार निर्माण सम्झौता गरी काम गर्न लाग्दा प्राविधिकले भवन निर्माणका लागि जग्गा उपयुक्त छैन भनेपछि भवन निर्माणको काम अगाडि बढाउन सकिएको छैन । 

महाशीला गाउँपालिका वडा ५ को लुङ्खुदेउरालीमा १५शय्या बराबरको आधारभूत अस्पताल भवन निर्माण गर्न भनी ठेकेदारसँग १३ करोड ४१ लाखमा बोलपत्र भई २०७८ मा सम्झौता भएको थियो । गाउँपालिकाका सूचना अधिकारी नरबहादुर बरालका अनुसार भवन निर्माणको डिपिआर तयार भई निर्माण प्रक्रिया अगाडि बढाउदै गर्दा जमिन भासिन गएपछि पुनः म्याद थप गर्नु परेकोले भवन निर्माणको काम ढिला भएको छ । 

जिल्लाको दक्षिणी भेगमा अवस्थित पैयु गाउँपालिकाको वडा ४ हुवासमा १० करोडको लागतमा निर्माणाधिन १० शय्याको आधारभूत अस्पतालको भवन पटक पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । प्रशासकीय अधिकृत जीवन गैरैका अनुसार २०७८ बाट सम्झौता भई निर्माण थालिएको भवनको करिब ५० प्रतिशत काम मात्रै पूरा भएको छ ।

विहादी गाउँपालकामा आधारभूत अस्पताल निर्माण र सञ्चालनबारे कुनै काम हुन सकेको छैन । चार वर्षदेखि भौतिक संरचना निर्माणाधिन चरणमै रहेका आधारभूत अस्पताल कहिले निर्माण सम्पन्न भई स्वास्थ्य सेवा प्रदान गर्ने हुन् भन्ने कुराको अनुमान लगाउन कठिन भएको स्थानीयवासीको गुनासो छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE