Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

पर्वतमा आधारभूत अस्पताल सञ्चालन हुन सकेनन्

खबरडबली संवाददाता

पर्वत । पर्वत जिल्लाका विभिन्न पालिकाहरूमा दुई वर्षभित्र निर्माण सम्पन्न भई स्वास्थ्य सेवा प्रदान गर्ने भनिएका आधारभूत अस्पतालहरूको भौतिक संरचना निर्माणको काम नै पूरा हुन सकेको छैन । जिल्लाको सात पालिकामध्ये केही स्थानीय पालिकामा अस्पताल भवनको भौतिक संरचना निर्माणाधिन अवस्थामा छन् भने केहीमा निर्माण सम्झौता नै हुन सकेको छैन ।

कोभिड १९ को महामारीपछि स्वास्थ्य सेवालाई गाउँसम्म पुराउने भनी तत्कालीन केपी ओलीको सरकारले ३९६ वटै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको घोषणा गरी एकैपटक शिलान्यास गरेको थियो । सरकारले आर्थिक वर्ष ०७६⁄०७७ घोषणा गरेअनुसार अस्पताल निर्माणको कार्यक्रम पर्वतका सातवटै पालिकाहरूमा समेत छ । सरकारले दुई वर्ष भित्र आधारभूत अस्पताल सञ्चालन गरी स्वास्थ्य सेवा प्रदान गर्ने भनिए पनि पर्वतमा भने चार वर्ष बितिसक्दा समेत एउटै अस्पताल सञ्चालन हुन सकेको छैन ।

जिल्लाको मोदी गाउँपालिका वडा ५ स्थित बाजुङ पोखरेमा १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने भनी शिलान्यास गरेको ४ वर्ष बितिसक्दा समेत जग्गा प्राप्तिको प्रक्रिया पूरा हुन नसक्दा डिपिआर हुन नसकेको वडाध्यक्ष मनबहादुर अधिकारीको दुखेसो छ । सरकारले घोषणा गरे अनुसार आधारभूत अस्पताल बन्न ढिलाई हुने भएपछि जनताको स्वास्थ्य सेवाको माग अनुसार गाउँपालिका आफैले भवन भाडा लिई आधारभूत अस्पताल सञ्चालन गर्न थालेको छ । मोदी गाउँपालिकाका सूचना अधिकारी प्रविन पोख्रेलका अनुसार कार्यापालिकाको बैठकबाट निर्णय गरी आधारभूत अस्पताल सञ्चालनका लागि यस आर्थिक वर्ष ८० लाख रुपियाँ विनियोजन गरिएको छ । 

कुश्मा नगरपालिका वडा १२ को ठुलीपोखरीमा करिब ५ करोडको लागतमा १० शय्याको आधारभूत अस्पताल भवन हालसालै निर्माण सम्पन्न भनिए पनि साधन र स्रोतको अभावमा स्वास्थ्यसेवाको प्रवाह हुन नसकेको वडाध्यक्ष झलकप्रसाद रिमालको गुनासो छ । 

जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यका अनुसार वडा ३ मल्लाजमा करिब १० करोडको लागतमा निर्माणाधिन १० शय्याको आधारभूत अस्पतालको पक्की भवन अव निर्माणको अन्तिम चरणमा रहेको छ । फलेवास नगरपालिका वडा ६ देविस्थानमा १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि भनी ५ रोपनी भन्दा बढी जग्गाको व्यवस्था गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट १ करोड ७० लाख रुपैया प्राप्त भएपछि डिपिआर तयार भई निर्माण सम्झौता समेत भएको थियो । पालिकाका प्रशासकीय अधिकृत कृष्ण प्रसाद आचार्यका अनुसार निर्माण सम्झौता गरी काम गर्न लाग्दा प्राविधिकले भवन निर्माणका लागि जग्गा उपयुक्त छैन भनेपछि भवन निर्माणको काम अगाडि बढाउन सकिएको छैन । 

महाशीला गाउँपालिका वडा ५ को लुङ्खुदेउरालीमा १५शय्या बराबरको आधारभूत अस्पताल भवन निर्माण गर्न भनी ठेकेदारसँग १३ करोड ४१ लाखमा बोलपत्र भई २०७८ मा सम्झौता भएको थियो । गाउँपालिकाका सूचना अधिकारी नरबहादुर बरालका अनुसार भवन निर्माणको डिपिआर तयार भई निर्माण प्रक्रिया अगाडि बढाउदै गर्दा जमिन भासिन गएपछि पुनः म्याद थप गर्नु परेकोले भवन निर्माणको काम ढिला भएको छ । 

जिल्लाको दक्षिणी भेगमा अवस्थित पैयु गाउँपालिकाको वडा ४ हुवासमा १० करोडको लागतमा निर्माणाधिन १० शय्याको आधारभूत अस्पतालको भवन पटक पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । प्रशासकीय अधिकृत जीवन गैरैका अनुसार २०७८ बाट सम्झौता भई निर्माण थालिएको भवनको करिब ५० प्रतिशत काम मात्रै पूरा भएको छ ।

विहादी गाउँपालकामा आधारभूत अस्पताल निर्माण र सञ्चालनबारे कुनै काम हुन सकेको छैन । चार वर्षदेखि भौतिक संरचना निर्माणाधिन चरणमै रहेका आधारभूत अस्पताल कहिले निर्माण सम्पन्न भई स्वास्थ्य सेवा प्रदान गर्ने हुन् भन्ने कुराको अनुमान लगाउन कठिन भएको स्थानीयवासीको गुनासो छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending